मुख्यमन्त्रीमा पाण्डेको दाबी पेश, भोलि सपथग्रहण


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले दाबी पेश गरेका छन्। नेकपा(एकीकृत समाजवादी) का संसदीय दलका नेता पाण्डेले ५९ सांसदको समर्थनसहित मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन्।

गठबन्धनमा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका १ गरी ५९ सांसद छन्। र, सरकार बनाउन यो प्रष्ट बहुमत हो।

१०९ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन शाक्यलाई कम्तिमा ५५ सांसदको समर्थन चाहिएकोमा सत्तारुढ एमालेसँग जम्मा ४१ सांसदमात्रै भएपछि विश्वासको प्रस्तावको सामना नगरी उनले राजीनामा दिएकी हुन्।

बागमती प्रदेशसभामा नेमकिपा २, राप्रपा २ र विवेकशील साझाका ३ सांसद छन्।

पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसहितका सांसदहरूको समर्थनमा दाबी पेश गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार अपराह्न ३ बजेसम्म सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए।

एमाले विभाजनपछि अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि बागमतीमा नयाँ सरकार गठनको बाटो खुलेको हो। शाक्यले धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएकी थिइन्।

बिहीबार सपथग्रहण

सरकार गठनका लागि दाबी पेश भए पनि सपथग्रहण बिहीबार अपराह्न ३ बजेपछिमात्रै हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ। ‘भोलि ३ बजेसम्म सरकार गठनका लागि दाबी पेश गर्न समय दिइएको छ। त्यसपछिमात्रै सपथग्रहण हुन्छ,’ प्रदेश प्रमुख कार्यालयका सहसचिव कृष्ण आचार्यले भने।

नेपाली कांग्रेसका प्रमुख सचेतक छिरिङ दोर्जे लामाले बिहीबार छोटो आकारको मन्त्रिपरिषद गठन गरिने जानकारी दिए। उनकाअनुसार मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिपरिषद गठन गर्ने तयारी भएको हो।

पहिलो चरणमा मुख्यमन्त्रीसहित सबै पार्टीबाट १ / १ जना गरी चार सदस्यीय मन्त्रिपरिषद गठन हुने उनले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
फाइल तस्बिर।
महाधिवेशनपछि देउवा निवर्तमान सभापति : मीनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता एवं रक्षामन्त्री मीनेन्द्र रिजालले १४ औं महाधिवेशनपछि शेरबहादुर देउवा निवर्तमान सभापति बन्ने बताएका छन्। वर्तमान कार्यसमितिको अन्तिम

मीन विश्वकर्माद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आसन्न महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमहामन्त्री

कांग्रेसका ब्यानरले ढपक्कै ढाक्यो भृकुटीमण्डप (तस्बिरसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुन लागेको हो। उद्घाटनका लागि

कांग्रेस महाधिवेशन : शेखरले मागे पौडेलको साथ

नेपाली कांग्रेसको संस्थापइतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहयोग मागेका छन्। बिहीबार पौडेल निवास पुगेर कोइरालाले उनीसँग