न्यायालय विवादबारे पूर्वन्यायाधीश भन्छन्- दलहरुले राज्य सञ्चालनमा सुशासन कायम नगर्दाकाे समस्या


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीले अहिले न्यायालयमा देखिएको समस्याको समाधान आपसी समझदारीमा हल गरिनुपर्ने बताएका छन्। आफूले तत्काल समस्या समाधान भएर जनताले न्याय पाउन सकुन् भन्ने शुभेच्छा राखेको उनको भनाइ छ।

रिपोर्टर्स क्लबको साक्षात्कारमा बुधबार भण्डारीले भोलिसम्म समाधान निस्किन सक्ने पनि आशा व्यक्त गरे । उनले भने, ‘न्यायाधीशहरुले बेञ्च बहिस्कार गरेको होइन । उहाँहरु छलफलमा हुनुहुन्छ । बेञ्च बहिस्कार गर्ने वा नगर्ने, के गर्दा उपयुक्त हुन्छ भन्ने कुरा उहाँहरुले सोच्ने हो । भोलिसम्म सोलुसन निस्कियोस।’ देशमा जब राजनीतिक रुपमा अस्थिरता आउँछ त्यसको असर सम्पूर्ण अंगमा पर्ने उनको भनाइ छ । दलहरुले राज्य सञ्चालनमा सुशासन कायम गरिदिएको भए यस्तो समस्या नआउने उनले सुनाए।

उनले प्रधानन्यायाधीश मुक्त हुने कुरा संविधानको धारा १३१ ले मात्रै गरेको पनि स्मरण गराए। प्रधान्यायाधीश हट्ने योबाहेक अरु प्रावधान नभएको उनको भनाइ छ ‘यसलाई हामीले कतैपनि तलमाथि गर्नुहुँदैन। त्यसो गरिए यसको मार जनतामा पर्छ । अदालत भनेको गाँजरको मुरली होइन । सबैले संरक्षण गर्नुपर्छ । यो सबैको आस्थाको केन्द्र हो । अन्याय भएको बेला जनता जाने निकाय भनेको नै अदालत हो । हाम्रा केही संवैधानिक प्रावधानहरु छन्, तीनलाई पालना गर्नुपर्छ । न्याय दिनेहरु पनि कानूनबमोजिम चल्नुपर्छ,’ उनले भने ।

कुनै पनि देशको प्रजातन्त्र कति राम्रोसँग सञ्चालित छ भन्ने कुरा त्यो देशको अदालतको स्वतन्त्रता र निष्पक्षतामा मापन हुने उनको भनाइ छ । उनले अदालत संस्था भएकोले संस्थालाई बचाउनुपर्ने बताए।

भण्डारीले प्रधानन्यायाधीश जबरामाथि लगाएको चार्ज ठिक हो भने त्यो जबराले सोच्ने कुरा भएको र माग गरेको कुरा बेठिक हो भने अरुहरुले सोच्ने कुरा भएको बताए। उनले भने, ‘उहाँले राजीनामा दिनुहुन्छ वा हुँदैन भनेर मैले भन्न मिल्दैन। महाभियोगको प्रश्न त संसदको कुरा हो । सांसदहरुले प्रस्ताव ल्याउनुभयो भने हुने कुरा हो । प्रस्ताव गएन भने महाभियोग भनेर मात्रै केही हुँदैन् । जे गर्दा पनि विधि र प्रक्रियाअनुसार जानुपर्छ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस महाधिवेशन : शेखरले मागे पौडेलको साथ

नेपाली कांग्रेसको संस्थापइतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहयोग मागेका छन्। बिहीबार पौडेल निवास पुगेर कोइरालाले उनीसँग

सभापतिको दौडबाट कुनै पनि हालतमा पछि हट्दिनँ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन्। काठमाडौंको बानेश्वरमा नेता कृष्णप्रसाद भट्टराईको

साझा उम्मेदवार तय गर्न कांग्रेस संस्थापनइतर समूहमा रस्साकस्सी

नेपाली कांग्रेस संस्थापनइतरका नेताहरू आसन्न महाधिवेशनमा सभापतिका साझा उम्मेदवार दिने कसरतमा बिहीबार पनि जुटेका छन्। इतर समूहका केन्द्रीय सदस्यसहितका नेताहरू

भारतीय जनरल रावत सवार हेलिकप्टर दुर्घटनाका यी प्रत्यक्षदर्शी

उनले भने, 'मेरो नाम कृष्णस्वामी हो। म नान्जप्पा साइथीराममा बस्छु। म घरका लागि काठ लिन निस्केको थिएँ। पाइप फुटेकोले घरमा