अबदेखि चिकित्सकको लाइसेन्स परीक्षामा सीप परीक्षण हुने, यस्तो छ कार्यविधि


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


काठमाडाैं – नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षामा अबदेखि लिखित परीक्षापछि प्रयोगात्मक (सीप परीक्षण) परीक्षा समेत लिने भएको छ।

काउन्सिलले एमबीबीएस र बिडिएसपछि लिइने लाइसेन्स परीक्षामा लिखितसँगै प्रयोगात्मक (सीप परीक्षण) परीक्षा पनि लिने व्यवस्था गरेको हो।

काउन्सिलले बुधबार पत्रकार सम्मेलन गर्दै २ वर्षभित्र गरेको काम समेत सार्वजानिक गरेको छ। प्रयोगात्मक परीक्षाका लागि काउन्सिलले कार्यविधि समेत बनाइसकेको छ।

काउन्सिलका रजिष्ट्रार डा‌. कृष्ण अधिकारीका अनुसार अबदेखि एमबीबीएसपछि लिइने लाइसेन्स परीक्षामा लिखित पास भएपछि र उत्तीर्ण भएकाले पुन: प्रयोगात्मक परीक्षा दिनुपर्ने हुन्छ।

‘एमबीबीएस र बिडिएसले जानुपर्ने न्युनतम सीपको लिष्ट तयार पारेका छौं। प्रयोगात्मक अभ्यासमा ६० वटा विधा राखिने छ। त्यसमध्ये विद्यार्थीले १० वटा विषयमा प्राक्टिकल गनुपर्ने हुन्छ। यो प्राक्टिकलमा ८० प्रतिशत ल्याउने मात्रै उत्तीर्ण हुन्छ,’ डा. अधिकारीले भने।

काउन्सिलको ऐनमै चिकित्सकको नाम दर्ता (लाइसेन्स) परीक्षा लिखित, मौखिक र प्रयोगात्मक हुन सक्छ भन्ने उल्लेख गरिएको छ। काउन्सिलले अहिलेसम्म लिखित परीक्षामात्रै लिँदै आएको छ।

काउन्सिलको प्रयोगात्मक अभ्यासका लागि नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानसँग सम्झौता गर्न लागेको छ। ‘काउन्सिलबाट लाइसेन्स प्राप्त चिकित्सक सीपयुक्त हुनेछ। जनतालाई सेवा गुणस्तरीय दिनका लागि प्रयोगात्मक परीक्षाको व्यवस्था गर्न लागेको हौं,’ डा. अधिकारीले भने।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
फाइल तस्बिर।
महाधिवेशनपछि देउवा निवर्तमान सभापति : मीनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता एवं रक्षामन्त्री मीनेन्द्र रिजालले १४ औं महाधिवेशनपछि शेरबहादुर देउवा निवर्तमान सभापति बन्ने बताएका छन्। वर्तमान कार्यसमितिको अन्तिम

मीन विश्वकर्माद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आसन्न महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमहामन्त्री

कांग्रेसका ब्यानरले ढपक्कै ढाक्यो भृकुटीमण्डप (तस्बिरसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुन लागेको हो। उद्घाटनका लागि

कांग्रेस महाधिवेशन : शेखरले मागे पौडेलको साथ

नेपाली कांग्रेसको संस्थापइतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहयोग मागेका छन्। बिहीबार पौडेल निवास पुगेर कोइरालाले उनीसँग