फेरि सर्‍यो कांग्रेस महाधिवेशन, कात्तिक २७ देखि तल्लो तहका अधिवेशन


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


काठमाडौं – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन फेरि सरेको छ। पूर्वनिर्धारित कार्यतालिकाहरू प्रभावित हुँदै गएपछि केन्द्रीय महाधिवेशनको मिति सरेको हो।

बुधबार साँझ बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले तल्लो तहदेखि केन्द्रीय महाधिवेशनको कार्यतालिका परिवर्तन गर्ने निर्णय गरेको संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।

परिवर्तित कार्यतालिकाअनुसार अब केन्द्रीय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुने भएको छ। यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले मंसिर ९ देखि १३ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो।

यससँगै छैठौंपटक कांग्रेस महाधिवेशनको मिति परिवर्तन भएको हो।

निर्वाचन समितिको बैठकले तल्लो तहको अधिवेशनहरू छठपछि सुरू गर्ने गरी कार्यतालिका तयार पारेको छ।

‘बाँकी रहेका जिल्लाहरूमा तिहारअघि वडा अधिवेशन गर्ने सोच बनाएका थियौं। तर, त्यसो हुनसकेन,’ संयोजक यादवले भने,‘अब कात्तिक २७ देखि वडा अधिवेशन सुरू हुनेभयो। कात्तिक २७ बाट तल्लो तहको अधिवेशन सुरू गरेर मंसिर २९ गते केन्द्रीय महाधिवेशन सकिन्छ।’

कात्तिक १२ गते प्रदेश अधिवेशन गर्ने निर्णय गरेको कांग्रेसले प्रदेश २ का ८ सहित १३ जिल्लामा वडा अधिवेशनसमेत गर्न सकेको छैन। विवाद समाधान हुन नसकेपछि रौतहट र रसुवाको क्रियाशील सदस्यतासमेत सार्वजनिक गर्न सकेको छैन।

निर्वाचन समितिले बाँकी रहेका दुई जिल्लाको पनि क्रियाशील सदस्यता सूची शीघ्र उपलब्ध गराउन नेतृत्वलाई आग्रह गरेको छ।

निर्वाचन समितिका संयोजक यादवले दुई जिल्लाका क्रियाशील सदस्यता आफूहरूले समयमा नपाए कात्तिक २७ गतेदेखि सुरू हुने भनिएको अधिवेशनहरू प्रभावित हुनसक्ने बताए।

‘बाँकी रहेका दुई जिल्लाका क्रियाशील सदस्यता चाँडै उपलब्ध गराउन हामीले नेतृत्वलाई भनेका छौं,’ उनले भने,‘समयमै उपलब्ध नभए फेरि पनि कार्यतालिका प्रभावित हुनसक्ने नेतृत्वलाई प्रष्ट पारिसकेका छौं।’

महाधिवेशनको कार्यतालिका परिवर्तन भए पनि बिहीबार सार्वजनिक गरिने उनले बताए। ‘कार्यतालिका परिवर्तन गर्ने मोटामोटी निर्णय भइसकेको छ। एकजना सदस्य अनुपस्थित हुनुहुन्थ्यो। त्यसैले भोलि सार्वजनिक गर्ने कुरा भएको छ,’ उनले भने।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नुवाकोटमा स्टार अस्पतालको ५० बेडको ‘स्टार नुवाकोट’ सञ्चालनमा

ललितपुर सानेपास्थित स्टार अस्पतालले नुवाकोटमा ‘स्टार नुवाकोट अस्पताल’ सञ्चालनमा ल्याएको छ। उपत्यकाबाहिर बसोबास गर्ने नागरिकलाई पनि विशेषज्ञ सेवामा पहुँच विस्तार

फाइल तस्बिर।
महाधिवेशनपछि देउवा निवर्तमान सभापति : मीनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता एवं रक्षामन्त्री मीनेन्द्र रिजालले १४ औं महाधिवेशनपछि शेरबहादुर देउवा निवर्तमान सभापति बन्ने बताएका छन्। वर्तमान कार्यसमितिको अन्तिम

मीन विश्वकर्माद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आसन्न महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमहामन्त्री

कांग्रेसका ब्यानरले ढपक्कै ढाक्यो भृकुटीमण्डप (तस्बिरसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुन लागेको हो। उद्घाटनका लागि