कांग्रेस महाधिवेशन : कांग्रेसलाई अब छैन मिति सार्ने छुट


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


काठमाडौं – निर्वाचन आयोगको निर्णयअनुसार भदौ ९ गते देशकै सबैभन्दा ठूलो राजनीतिक दल नेकपा एमाले विभाजन भयो। माधवकुमार नेपाल पक्षहरूको विद्रोहपछि एमालेले विभाजन भोग्नु पर्‍यो।

विभाजनको दिशामा अगाडि बढिरहँदै गर्दा एमालेले पार्टीको महाधिवेशन गर्ने निर्णय गर्‍यो। महाधिवेशनअन्तर्गत नै तल्लो तहको अधिवेशन गर्ने कार्यतालिका उसले सार्वजनिक गरेको थियो।

छोटो समयमै कार्यतालिका निर्धारण गरेअनुसार एमालेको तल्लो तहका अधिवेशनहरू धमाधम भइरहेको छ। देशभरका सबै वडामा अधिवेशन सकिसकेको एमालेले मंगलबार पालिका तहको अधिवेशन सम्पन्न गरेको छ।

तर, झन्डै दुई वर्षदेखि महाधिवेशनको तयारी गरिरहेको देशकै सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी दाबी गर्ने कांग्रेस अझै महाधिवेशनबारे अलमलमा छ।

पटक–पटक कार्यतालिका सार्वजनिक गरेर कार्यान्वयन गर्न नसक्दा पार्टी पदाधिकारीहरूको वैधानिकतामाथि नै कांग्रेसका कतिपय नेताहरूले प्रश्न उठाउन थालेका छन्।

कांग्रेसमा महाधिवेशनको मिति तोकिने र सार्ने श्रृंखला पछिल्लो डेढ वर्षदेखि जारी छ। साउन ३० गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले मंसिर ९–१३ सम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गर्‍यो। महाधिवेशन कार्यतालिकाको त्यो संशोधन चौथौंपटक थियो।

अन्तिमपटक भनेर कांग्रेसले बिहीबार फेरि महाधिवेशनको कार्यतालिका परिवर्तन गरेको छ। परिमार्जित कार्यतालिकाअनुसार अब कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म हुने भनिएको छ।

अहिलेसम्म सप्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँके गरी १३ जिल्लामा वडा अधिवेशन सुरूसमेत हुनसकेको छैन।

रसुवा र रौतहटको क्रियाशील विवाद नटुंगिदा केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको परिमार्जित कार्यतालिकामा यी दुई जिल्लाको नाम समावेश गरेको छैन।

वडा अधिवेशन हुन बाँकी १३ जिल्लामध्ये ११ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन र कात्तिक ३० गते पालिका अधिवेशन गर्ने कार्यतालिका छ। यस्तै मंसिर ३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय र एक निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन हुनेछ। मंसिर १० गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला अधिवेशन हुनेछ।

मिति सार्न अब छैन छुट

पार्टी विधानअनुसार कांग्रेस महाधिवेशन प्रत्येक चार वर्षमा हुनुपर्ने प्रावधान छ। कांग्रेसको अहिलेको कार्यसमितिले २०७६ फागुनमै चार वर्ष पूरा गरिसकेको छ। चार वर्षमा अधिवेशन गर्न नसकिए एक वर्ष थप्न सकिने व्यवस्था विधानमा छ। पार्टी विधान र संविधानले दिएको ६ महिनाको सुविधा उपयोग गर्दै कांग्रेसले साढे पाँच वर्षको अवधि भदौ २३ मा काटिसकेको छ।

पार्टीको वैधानिकतामाथि नै प्रश्न उठ्ने अवस्था आएपछि संवैधानिक समयसीमाभित्रै कांग्रेसले वडा अधिवेशन सुरू गर्‍यो। तर, याे तीन महिनाको अवधिमा कांग्रेसले सबै जिल्लामा वडा अधिवेशनसमेत गर्न सकेको छैन।

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत क्रियाशील विवादका कारण महाधिवेशन कार्यतालिकामा असर परेको बताउँछन्।

‘क्रियाशील विवाद टुंगाउन नसक्दा महाधिवेशनमाथि असर परेको छ,’ उनले भने,‘अब छठपछि महाधिवेशन प्रक्रियाले गति लिन्छ। समयभित्रै सक्नुपर्ने थियो। तर, ढिलाइ भयो।’

पार्टी वैधानिक संकटमा फस्न लाग्दा पनि महाधिवेशन गराउन नेतृत्वले चासो देखाउन नसक्नु चिन्ताको विषय रहेको संस्थापनइतरका एक केन्द्रीय सदस्यले बताए।

‘पार्टी विधान र संविधानले दिएको सुविधा उपयोग भइसकेको छ। चार वर्षमा हुनुपर्ने महाधिवेशन डेढ वर्ष बढि भइसक्दा पनि हुने हो कि होइन निश्चित देखिँदैन,’ ती केन्द्रीय सदस्यले भने,‘पार्टी वैधानिक संकटमा फस्दैछ। तर, सभापतिज्यूको त्यसतर्फ चासो कमै देखिन्छ।’

मंसिरमा महाधिवेशन हुँदैन भनेर बाहिर चलाइएको हल्लामा सत्यता नरहेको सहमहामन्त्री महतको बताउँछन्।

निर्वाचन आयोगले चैत पहिलो साता स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्रीसमेत रहेको कांग्रेस सभापति देउवालाई प्रस्ताव गरेको छ। यसका साथै फागुन २१ बाट राष्ट्रियसभाका २० सांसदको पदावधि सकिँदैछ।

पदावधि सकिने राष्ट्रियसभा २० सांसदका लागि माघ पहिलो साता निर्वाचन गर्न आयोगले सरकारलाई सुझाव दिएको छ।

आसन्न तीनवटा निर्वाचनमा सहभागी हुन कांग्रेसलाई मंसिरभित्र जसरी पनि महाधिवेशन गर्नुपर्ने बाध्यता छ। चुनावअघि निर्वाचन आयोगमा दल दर्ता गर्नुपर्ने भएकोले महाधिवेशनको मिति सार्ने छुट अब कांग्रेससँग छैन।

संविधानको धारा २७१ अनुसार चुनावमा भाग लिन चाहने दलहरू आयोगमा दर्ता हुनुपर्ने हुन्छ। र, त्यसका लागि पाँच वर्षभित्र दलहरूले महाधिवेशन गरेको हुनुपर्दछ। कांग्रेस नेता नैनसिंह महर पनि महाधिवेशनको मिति सार्दा राष्ट्रियसभा निर्वाचनअघि दल दर्ता गर्दा पार्टीमाथि वैधानिक प्रश्न उठ्ने बताउँछन्।

‘संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्था नजरअन्दाज गरेर महाधिवेशनको मिति सारेर राष्ट्रियसभा निर्वाचनअघि दल दर्ता गर्दा पार्टीको वैधानिकतामाथि प्रश्न उठ्ने स्वभाविक छ,’ उनी भन्छन्,‘त्यसैले पूर्वनिर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्नुको विकल्प छैन।’

फागुन २१ गते रिक्त हुनलागेका २० जना राष्ट्रियसभा सांसदको स्थानका लागि माघमा निर्वाचन गर्न आयोगलाई सरकारसमक्ष सिफारिस गरेको छ। आयोगको सिफारिसअनुसार माघमा निर्वाचन हुने हो भने आयोगले मंसिरमै त्यसका लागि सूचना निकाल्नुपर्ने हुन्छ।

त्यसैगरी आयोगले प्रदेशसभाका १८ र प्रतिनिधिसभाका ४ सिटमा उपनिर्वाचन गर्न पनि सरकारलाई ध्यानाकर्षण गराइसकेको छ। सरकारले चैतभित्र उपनिर्वाचन गर्नुपर्ने छ। र, त्यसका लागि आयोगले कम्तिमा ७० दिनअघि पुसमा सूचना निकाल्नुपर्ने हुन्छ।

निर्वाचन आयोगले चैतको अन्तिम साता वा वैशाखको पहिलो साता स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएको छ। त्यसका लागि आयोगले ७० देखि ९० दिनभित्र सूचना निकाल्नुपर्ने हुन्छ। र, त्यसका लागि तीन महिनाअघि महाधिवेशन सम्पन्न गरिसकेको दलले मात्रै निर्वाचनमा भाग लिन पाउँछ।

त्यसैले राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनमा भाग लिन पनि मंसिरभित्र महाधिवेशन गर्नुपर्ने बाध्यता कांग्रेससँग छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मीन विश्वकर्माद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आसन्न महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमहामन्त्री

कांग्रेसका ब्यानरले ढपक्कै ढाक्यो भृकुटीमण्डप (तस्बिरसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुन लागेको हो। उद्घाटनका लागि

कांग्रेस महाधिवेशन : शेखरले मागे पौडेलको साथ

नेपाली कांग्रेसको संस्थापइतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहयोग मागेका छन्। बिहीबार पौडेल निवास पुगेर कोइरालाले उनीसँग

सभापतिको दौडबाट कुनै पनि हालतमा पछि हट्दिनँ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन्। काठमाडौंको बानेश्वरमा नेता कृष्णप्रसाद भट्टराईको