‘खान पाएनौं’ भन्नेलाई काठमाडौं महानगरले हप्तामा दुई दिन ‘काम’ दिने


Dhairyakant Dutta
हेर्नुछ अब राणा साहेबको हविगत!

सर्वोच्च अदालतमा विश्वनाथ उपाध्याय देखि हाल बहालवाल बाहेक २१ जना

Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको


काठमाडौं महानगरपालिकाले कोरोना महामारीबाट सिर्जित समस्याका कारण रोेजगारी गुमाएका अनौपचारिक क्षेत्रका श्रमिकलाई रोजगारी दिने भएको छ।

‘जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७’ स्वीकृत गरेको महानगरले रोजगारी गुमाएका करीब १० हजार श्रमिकलाई काम दिएर पारिश्रमिक उपलब्ध गराउने तयारी गरेको हो।

महानगर, सहरी सुव्यवस्था विभाग तथा स्वास्थ्य विभाग प्रमुख हरि कुँवरले महामारीका कारण जीवन निर्वाहमा समस्या भोगिरहेका सर्वसाधारणलाई वैकल्पिक व्यवस्था नहुन्जेलसम्मका लागि हप्ताको दुई दिनका दरले रोजगारी दिइने बताए।

‘महामारीले हजारौंको रोजगारी गुम्दा खुला स्थानमा बसी खाना पर्खनु परेको छ, काम गरी खाने वातावरण सिर्जना गर्न महानगरले रोजगारी दिने निर्णय गरेको हो,’ कुँवरले आयोमेलसँग भने।

महानगरले रोजगारीका लागि केही शर्त राखेको छ। जसमा सर्वसाधारणले रोजगारी गुमेको प्रमाणित गर्नुपर्ने, दर्ता फाराम भर्नुपर्ने र यसअघि काम गरेको सम्पूर्ण विवरण खुलाउनु पर्नेछ।

रोजगारीका लागि काम गर्न सक्ने सर्वसाधारणले आफू बसेको वडा कार्यालयमा सम्पर्क गर्नुपर्ने छ भने असहाय, काम गर्न नसक्ने अशक्त तथा  शारिरीक रूपमा कमजोर सर्वसाधारणले सीधै मानव सेवा आश्रममा सम्पर्क गर्न सक्ने कुँवरले बताए।

महानगरका प्रत्येक वडाले आफ्नो क्षेत्रमा बसोबास गर्ने रोजगारी गुमाएका सर्वसाधारणको तथ्यांक संकलन गरी राख्नुपर्ने र उनीहरूलाई सीप र दक्षता अनुसारको रोजगारी उपलब्ध गराउनुपर्ने कार्यविधिमा उल्लेख छ।

उनीहरूलाई काठमाडौं जिल्लाले तोकेको दैनिक ६ सय ९० रुपैयाँका दरले भुक्तानी गरिने कुँवरले बताए।

रोजगारी गुमाएका सर्वसाधारणलाई रोजगार उपलब्ध गराउदा लाग्ने खर्चको व्यवस्था महानगरले गर्ने भने पनि रकम भने छुट्याएको छैन।

महानगरले आवश्यक बजेट वडालाई विनियोजन गर्नेछ। सोही आधारमा वडा कार्यालयबाट कार्यक्रम सञ्चालन हुनेछ।

महानगरका प्रवक्ता इश्वरमान डंगोलले महामारीका कारण रोजगारी गुमाएका सर्वसाधारण धेरै हुनसक्ने भएकाले काम गरी खाने वातावरण बनाउन विकास निर्माणका विभिन्न काममा लगाउने योजना रहेको बताए।

‘महामारी अहिल्यै सकिन्छ भनेर भन्न सकिदैन। रोजगारी गुमाएका सर्वसाधारणको वैकल्पिक व्यवस्था नभएसम्म काम दिनेछौं,’ डंगोलले भने।

उनले महानगरभित्र करिब १० हजार सर्वसाधारण (अनौपचारिक क्षेत्रका श्रमिक) ले रोजगारी गुमाएको र उनीहरूलाई महानगरले रोजगारी उपलब्ध गराउने जानकारी दिए।

उनका अनुसार महानगरले कोरोना नियन्त्रणका लागि छुट्टयाएको ४० करोडबाट रोजगारी सिर्जनाका लागि व्यवस्था गरिनेछ।

के छ कार्यविधिमा?

१.सर्वसाधारणको क्षमता दक्षताका आधारमा सामाजिक दूरीसहित दैनिक आठ घण्टा काममा लगाइने

२.प्रति परिवार एकजनालाई काम दिइने

३.इन्जिनियर, सचिव र वडाध्यक्षले हाजिर प्रमाणित गर्नुपर्ने

४.दोहोरो पर्नेगरी काममा नलगाइने

कुन क्षेत्रमा पाइन्छ काम

१. सार्वजनिक पूर्वाधार विकास

२.सार्वजनिक पूर्वाधार मर्मत सम्भार

३.ढल निकास तथा फुटपात व्यवस्थापन

४.सम्पदा संरक्षण र सौन्द्रर्यकरण

५.सार्वजनिक पार्क संरक्षण र हरियाली विकास

६.स्वास्थ्य सरसफाई र फोहोरमैला व्यवस्थापन

७.महानगरपालिका र वडाले तोकेका अन्य काम

महानगरले मंसिर २ गतेबाट खुला स्थानमा खाना वितरण गर्न नपाइने यसअघिको सहमति कार्यान्वयन गर्न भनेको छ।  यद्यपिव,  स्वास्थ्य मापदण्ड अपनाएर खुलास्थान बाहेक बन्द संरचनाभित्र खाना खुवाउन सकिने महानगरले सूचनामार्फत जानकारी दिएको छ। त्यसका लागि महानगरपालिकासँग समन्वय गर्नुपर्नेछ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
विराटनगरमा ट्रकले कारलाई ठक्कर दिँदा एकको मृत्यु, ४ घाइते

विराटनगर – विराटनगरको कञ्चनवारीमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा थप चारजना घाइते भएका छन्। विराटनगरबाट इटहरीतर्फ गइरहेको

प्रधानमन्त्री देउवा शुक्रबार बेलायत जाँदै, यस्ताे छ भ्रमण तालिका

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत जाने भएका छन्। कात्तिक १५ र १६ मा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन

अस्पतालमा बढ्दै मौसमी फ्लूका बिरामीकाे चाप

काठमाडाैं – वर्षायाम सकिएर हिउँदयाम सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी बढ्दै गएका छन्। चिकित्सकका अनुसार पछिल्ला दिनमा उपचारका लागि

राष्ट्रिय महिला क्रिकेट खेलाडी छनोट

काठमाडौं – रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले बुधबार मुख्य