‘छोरो साउदीमै झुन्डिएर मर्‍याे भन्छन्, हामीले लास पनि नपाउने?’


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


हातमा सीप थियो। घर बनाउने काममा नाम चलेका मिस्त्री थिए, गणेश। 

ठेकेदारहरू सडकदेखि घर बनाउने कामका लागि उसलाई खोज्न घरमै आउने गरेका थिए। त्यसैले विदेश जानुभन्दा यही काम गरेर बस भनेका थिए, छोरा गणेशलाई बुवाआमाले। तर ऋणै-ऋणमा फसेर भएको घरबास नै बिक्री गरेका उनलाई विदेश गएर कमाउने र ऋण तिरेर नयाँ घर बनाउने सपना देखेका थिए। 

त्यही सपना पूरा गर्नका लागि १० वर्षदेखि विदेश जाने र आउने गरिरहेका थिए गणेश। 

तर कमाउन सकेका थिएनन्। विदेश जादा लागेको ऋणकै कारण भएको घरबाससमेत बेच्नुपरेको थियो। भएको घरबास बेचेर उनको परिवार केही वर्षदेखि बहिनीको घरमा बस्दै आएको छ। 

बहिनीको घरमा बस्दै आएको परिवारलाई छिट्टै आफूले पैसा कमाएर नयाँ ठाउँमा जग्गा किन्ने र घर बनाउने सपना उनकाे थियो। 

त्यही सपना पूरा गर्नका लागि १० वर्षदेखि साउदी अरबको अल होटी स्टेन्जर कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए। 

काम पनि गाह्रो नभएको र पैसा पनि ठिकै भएका कारण घरपरिवारलाई नआत्तिन आग्रह गरिरहन्थे उनी। 

लामोसमयदेखि त्यही कम्पनीमा कार्यरत गणेश गत असोज महिना घर आएका थिए। 

घरमा आएका गणेश दसैंतिहार मनाएर मंसिरमा विदेश फर्किएका थिए। विदेश जाँदा आमाबुबा, श्रीमती, दिदीबहिनीलाई लागेको ऋण तिर्ने र सानो भए पनि घर बनाउने सपना सुनाएका थिए। 

तर उनले देखेको घर बनाउने सपना विदेश गएको चार महिनामै चकनाचुर भयो। फागुन २ गते साँझ ९ बजे श्रीमतीसँग अन्तिम पटक कुरा गरेका गणेश त्यसपछि सम्पर्कविहीन भएका थिए। 

काममा व्यस्त हुँदा पहिले पनि एक दुई दिन हराउने भएकाले श्रीमतीले फोन गरिनन्। तर अनलाइनमा आउनुहुन्छ कि भनेर हेरिहन्थिन्। 

तर ३/४ दिनसम्मै अनलाइन पनि नआउने र फोन अफ भएपछि घरमा छट्पटी हुन थाल्यो। घरबाट उनका साथीहरूलाई सम्पर्क गर्दा फागुन ५ गते खबर आयो गणेशले आफू कार्यरत कम्पनीमै झुन्डिएर आत्महत्या गरे भन्ने। 

त्यो खबर सुनेपछि सुरुमा श्रीमतीलाई पत्यार नै लागेन। तर, नपत्याइ धरै थिएन।

खबर पाएदेखि उनका आँखा ओभाएका छैनन्। बाथरोगका कारण बिरामी परेका ८६ वर्षीय बुवा र ७० वर्षीय आमा छिनछिनमा भक्कानिन्छन्। 

‘छोरो विदेशमै मरेको खबर पाएका छौं, चार महिना बितिसक्यो अझै शव आउन सकेको छैन,’ ८६ वर्षीय बुवा जयबहादुर तामाङले भने,‘गरिब परिवारको शव भनेपछि सरकारले पनि हेप्ने रहेछ।’ 

छोरा जिउँदो फर्किएर नआउने भएपनि उनको अन्तिम अनुहार हेर्ने ७० वर्षीय आमा रुजी तामाङको मन छ। तर छोराको शव आउने नआउने अत्तोपत्तो छैन। 

घटनाको सत्यतथ्य छानबिन गरी शव नेपाल झिकाइदिन पटक पटक जिल्ला प्रशासन कार्यालय,परराष्ट्र मन्त्रालयसँगै साउदी अरबमा रहेको दूतावासमा सम्पर्क गर्दा समेत भरपर्दाे जवाफ पाएका छैनौँ श्रीमती जानुका घर्तीले बताइन्। 

‘आफू कार्यरत कम्पनीमै श्रीमानले झुण्डिएर आत्महत्या गरेकाले सिसिटिभीको फुटेज, हस्पिटलको रिपोर्ट र प्रहरी रिपोर्ट हेर्न पाउनुपर्छ भनेर हामीले दूतावासमा पटक पटक सम्पर्क गरिरहेका छाैं,’ उनले भनिन्, ‘तर दूतावासबाट सकारात्मक जवाफभन्दा पनि झर्किएर जवाफ दिने गरेका छन्।’

लकडाउनका कारण जिल्ला प्रशासन कार्यालय दाङमार्फत परराष्ट्र मन्त्रालयमा आग्रह गरे पनि चित्तबुझ्दो जवाफ नपाएको बताइन्। 

साउदीमा मृत्यु भएको शव नेपाल ल्याउनका लागि कतैबाट पहल नभएको मृतककी दिदी भागिरथी पुनले बताइन्। 

‘गत गुन २ गतेदेखि भाइ घरपरिवारसँग सम्पर्कविच्छेद भएपछि भाईको खोजीसँगै उद्धारका लागि गएको फागुन १४ गते परराष्ट्र मन्त्रालयदेखि राजदुतावाससम्म चिठी लेखेर पठाऔं’ दिदी भागिरथीले भनिन्, ‘चिठी पठाएपछि फागुनको १५ गते गणेशले आत्महत्या गरेको, सिसिटिभी फुटेजमा मृत्यु झुण्डिएको र आगो लागेको भन्ने जवाफ दिएको थियो। 

उक्त सिसिटिभी फुटेज हामीलाई हेर्न दिनुहोस भन्दा दिनु हुँदैन।’ मृतकको सिसिटिभी फुटेज,पुलिस र डक्टरी रिपोर्ट हेर्न पाउनुपर्छ भनेर आफूहरूले माग गर्दा भाइको शव अहिलेसम्म आउन नसकेको उनले बताइन्। 

‘घट्नाको विस्तृत वितरण माग्दा कम्पनी र राजदुतावासले शव नै दिन चाहेको छैन’–उनले भनिन्–‘सुरुमा राजदुतावासमा फोन घट्ना बारे पुलिसले छानविन गर्दैछन, मेडिकल रिर्पोट आएको छैन भन्ने जवाफ दिनुहुन्थ्यो, रिपोर्ट आएपछि तपाईहरुले हेर्न मिल्छ भन्नुहुन्थ्यो’–उनले भनिन्। तर अहिले रिपोर्ट हेर्न पाप भनेर फोन गर्दा हेर्न मिल्दैनन भनेर जवाफ पाउने गरेको समेत उनले बताइन। 

बुबाआमा,श्रीमतिसँगै तीन छोरी र दुई छोराको पालनपोषण गर्दै आएका गणेश वितेपछि परिवार समेत समस्या परेको छ। उनको मृत्यु भएपछि श्रीमतिसँगै छोराछोरी र वृद्ध आमाबुबाको आधार नै भत्किएको छ। 

भएको जग्गा समेत बेचिसकेकाले आफुहरुसँग छोरोको शव ल्याउनका लागि पैसा समेत नभएको दिदी भागीरथीले बताइन्। 

‘भएको सम्पती ऋण लाग्दा बेचेर अहिले बुबा,आमा,श्रीमती र छोराछोरीहरु बहिनीको बस्दै आएका छन्’–उनले भनिन्–‘परिवारको कमाउने मान्छे नै वितेपछि समस्या भएको छ। शव ल्याउनलाई पैसा चाहिने भएपछि पैसा समेत छैन।’ 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अब एमालेलाई लोकतान्त्रिक पार्टी बनाउनुपर्छ : ओली

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले अब एमालेलाई पूर्ण लोकतान्त्रिक पार्टी बनाउनुपर्नेमा जोड दिएका छन्। मंगलबार एकैपटक ७५३ वटै स्थानीय

केरुङमा सामान रोकेर सरकारलाई ‘तर्साउन खोज्दै’ चीन

हिमालयपार व्यापार वाणिज्य संघका अध्यक्ष श्रेष्ठका अनुसार चीन केरुङभन्दा तातोपानी नाकामा सकारात्मक छ। तातोपानीबाट दसैंअघि दैनिक १० गाडी पठाइएकोमा त्यसलाई

परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित थियो : केपी ओली

अदालतलाई तमासाको थलो नबनाएर जनताको विश्वासको थलो बनाउनुपर्नेमा उनले जोड दिए। परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित रहेको अहिले प्रमाणित

ओलीको प्रश्न : परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको…

‘परमादेश त पाँचै न्यायाधीशले जारी गर्नुभएको हो नि’, ओलीले भने, ‘तर, एकजनाको मात्रै किन राजीनामा माग्नुहुन्छ श्रीमान्?’ अदालतलाई मर्यादित, निर्विवाद,