‘सूर्य दाइ’ को पोखरेली मानक

स्व. सूर्यबहादुर केसी

आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


सूर्यबहादुर केसीलाई म बाल्यकालदेखि नै चिन्छु। सानै उमेरदेखि उहाँ चल्तापुर्जा र उर्जावान देखिनुहुन्थ्यो। हामी त्यतिबेला अहिलेको विमानस्थल रहेको तत्कालीन वसपार्क क्षेत्रमा बस्थ्यौं, सूर्य दाइको घरचाहिं पारिपट्टि रामबजारमा थियो। हाम्रो भेटघाट भइरहने नै हो। आफ्नै ठाउँको भाइकेटोका रुपमा मलाई उहाँले हरेक चोटी स्नेह दर्शाउनुहुन्थ्यो।

विसं २०३८ सालमा पिएन क्याम्पनमा आइए पढ्न भर्ना भएपछि म नेपाल विद्यार्थी संघमा सक्रिय भएँ। त्यतिबेलैदेखि सूर्यदाइको कांग्रेसमा सक्रियता र योगदान रहेको हो। राजनीतिक विचारधारा मिल्दा हामी झन् नजिकियौं।

सूर्य दाइ अचम्मैको नेतृत्वकला भएको मानिस। उहाँले पोखराको प्रधानपन्च उठ्ने इच्छा राख्नुभयो। हामी सबै उहाँलाई स्वीकारेर चुनावमा होमियौं। उहाँले नजित्ने कुरै थिएन। दाइको प्रचार अभियानमा हामी यसरी होमियौं कि दाइले अब मलगायतका सहयोगी साथीभाइलाई जीवनपर्यन्तका लागि पत्याउनुभयो।

फेरि कतिसम्म स्तरीय मिजासको मानिस भने, म अहिले पनि सम्झन्छु, प्रधानपञ्च जितेपछि हामीले वसपार्कमा स्वागत कार्यक्रम राख्यौं। सम्मानमा उहाँलाई हामीले फेटा गुथाइदियौं। तत्काल त्यो फेटा ल केटा हो यो जित तिमीहरुकै हो भनेर हामीलाई नै गुथाइदिनुभयो। उहाँ आफू सधैं शान्त रही अरुको विषयमा जति पनि हित चिताइरहने असल मानिस हो भन्ने यस्ता कयौं घटना, व्यवहारले पुष्टि गर्छ।

वसन्त थकाली

उहाँ स्वभावले खरो हुनुहुन्थ्यो, तर असाध्यै गुनिलो र ठूलो ह्रदयको। सारा व्यापार, कामकाज भ्याएर पनि आफू भनेर आउने, सम्झनेलाई तत्काल कुनै पनि मुनासिव सहयोग, सल्लाह दिइहाल्ने उहाँको स्वभाव थियो। थोरै बोल्ने, बोलेको कुरा औषधि नै दिएजस्तो। म केही परिहाले दाइका पुग्थें, उहाँले अनुभवी डाक्टरले औषधि लेखिदिएको शैलीमा यसो यसो गर भन्नुहुन्थ्यो, ठयाक्कै काम बनिहाल्ने। म त भन्छु, मेरा लागि उहाँ त्यतिबेलै एउटा सामाजिक तवरको अभिभावक रहनु भएको हो।

सूर्य दाइले पोखराका हरेक संघसंस्थालाई सहयोग गर्नु भएको छ। र, त्यो सहयोगको सत् सबैलाई लागेको छ। पोखरामा खुलेका सबैजसो संघसंस्था सफल छन्। टोलसुधार समिति, युवा क्लव, आमा समूहदेखि ठूला ठूला संघसंस्थासम्म। म आफू आफ्नो अनुभव भन्नसक्छु, अरु सबैको पनि त्यस्तै अनुभव होला। मपछि सहारा क्लवका जे जति अध्यक्ष भए, ती सबै उहाँसँग उत्तिकै नजिक र सहायोगग्राही रहे। त्यो नै सबैभन्दा ठूलो कुरा हो।

सूर्य दाइ अत्यन्तै प्रतिभाशाली व्यक्ति हो। उहाँले उद्योगव्यापार क्षेत्रमा पाएको अपार सफलता हेरौं। धनदौलतले उहाँ भरिपूर्ण हुनुभयो, आफ्नै क्षमताले। त्यो पनि नैतिकताका सबै कसीमा रहेर। र, कमाइसँगै समानान्तर रहने गरी समाजका लागि खर्च गरिरहनु पनि भयो। यो गुण चाहिं म कमै धनिमानी, सफल मानिसहरुमा देख्छु।

निडर, निस्पक्ष, प्रष्ट रहिकन, विना चाप्लुसी कसैले यस्तो तरक्की गर्छ, समाजलाई सदाबहार हिसावले हेरिराख्छ भने त्यसको प्रशंसा नगरे कसको गर्ने? पूरा पोखराले सूर्यदाइको तारिफ गर्छ नै।

मानिस पिएचडी गर्दैमा वुद्धिमान होइन। सूर्य दाइको दिमाग गजव र गतिशील थियो। जहाँ हात हाल्यो, त्यहाँ सफल। उहाँलाई ‘गड गिफ्टेड पसर्नालिटी’ भन्छु म। उहाँले खाद्य उद्योग, निर्माण, शिक्षा, बैंकिङ, उर्जालगायतका क्षेत्रमा स्थापना गरेका मानकहरु आज दुनियाँसामु छर्लङ छन्। त्यसैको लाभांश पोखरेलीहरुले पाएका हुन्। अहिले उहाँ नहुँदा धेरै कुरा खटकन्छ। पोखरामा एउटा सर्वमान्य अभिभावक खटकिरहेको छ।

तर खुसीको कुरा, उहाँले आफ्नो परिवारमा पनि त्यो संस्कार विकास गर्नु भएको रहेछ। आज उहाँको परिवार, पुत्रत्रयले गरिरहेको कार्य एउटै लाइनमा छ। हिजो मात्रै उहाँका छोराहरुले सहारा एकेडेमीका अनाथ वच्चाहरुको लालनपालननिम्ति वार्षिक १५ लाख रुपियाँका दरले १० वर्षसम्म सहयोग गर्ने सम्झौता गर्नुभयो। हो, यही नै हो सूर्यदाइको लिगेसी।

सूर्य दाइको आज पुण्यतिथि। एउटा प्रसंग छुटाउन चाहन्न। सहारा क्लवले २०५७ सालमा क्याराभान गोल्डकप गर्‌यो। दोस्रो संस्करण गर्न स्पोन्सरले हात झिकिदियो। म नयाँ स्पोन्सर खोज्न काठमाडौं डुल्न थालें। त्यो कुरा सूर्यदाइले थाहा पाउनुभयो। तुरुन्तै मलाई पोखरा बोलाएर १० वर्षे सम्झौता गरिदिनुभयो। आज आहा गोल्डकपले मुलुकको फुटबलमा एउटा अलग पहिचान बनाएको छ, पोखराकै शान बनेको छ।

सहाराको मात्र नभएर समग्र पोखराकै उहाँ र उहाँको परिवारसँगको सहकार्य एकअर्काको परिपूरकसरह भएको म ठोकुवाका साथ भन्नसक्छु। म उहाँलाई पोखराकै समाजमुखी जुन चरित्र छ, त्यसको मूल उत्प्रेरकका रुपमा श्रेय दिन चाहन्छु। नेपालभरमै पोखराको आफ्नै पहिचान छ, प्राकृतिक सौन्दर्य र पर्यटनका कारण। त्यसबाहेक पोखराको जुन सामाजिक पन छ, त्योचाहिं सूर्य दाइजस्तै असल मानिसहरुको सत्प्रयासपूर्ण जीवनका कारण सम्भव भएको हो।

(लेखक पोखराको लोकप्रिय सहारा क्लबका संस्थापक अध्यक्ष हुन्।)


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मीन विश्वकर्माद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आसन्न महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमहामन्त्री

कांग्रेसका ब्यानरले ढपक्कै ढाक्यो भृकुटीमण्डप (तस्बिरसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुन लागेको हो। उद्घाटनका लागि

कांग्रेस महाधिवेशन : शेखरले मागे पौडेलको साथ

नेपाली कांग्रेसको संस्थापइतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहयोग मागेका छन्। बिहीबार पौडेल निवास पुगेर कोइरालाले उनीसँग

सभापतिको दौडबाट कुनै पनि हालतमा पछि हट्दिनँ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन्। काठमाडौंको बानेश्वरमा नेता कृष्णप्रसाद भट्टराईको