एनसेल ‘सहयात्री सिम’ ग्लोबल आइएमई बैंकका ग्राहकलाई


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


काठमाडौं-

ग्लोबल आइएमई बैंकका ग्राहकले अब एनसेलको ‘सहयात्री सिम’ र यस सिममा पाइने विभिन्न सेवा, सुविधाको लाभ लिनसक्ने भएका छन्।

ग्राहकले ग्लोबल बैंकमा ‘ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता’ खोले हरेक रिचार्जमा बोनस, अन्तर्राष्ट्रिय कलमा छुट र ग्लोबल बैंकको मोबाइल बैंकिङका लागि निःशुल्क डेटा सुविधा रहेको एनसेलको सिम कार्ड निःशुल्क पाउने एनसेलले जनाएको छ।

एनसेल आजियाटा लिमिटेड र ग्लोबल आइएमई बैंकबीच ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोल्ने ग्राहकका लागि निःशुल्क सहयात्री सिम उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ। ग्लोबल सहयात्री रेमिटेन्स बचत खाता वैदेशिक रोजगारीमा जाने कामदार, उनीहरूका परिवार र रेमिट्यान्स आम्दानी भएका व्यक्तिका लागि विशेष बचत खाता हो। यो योजनाअन्तर्गत खाता खोल्ने ग्राहकले आकर्षक योजनासहित एनसेल सिम कार्ड र बैंकका विभिन्न सुविधा लिनसक्छन्।

सम्झौताअनुसार ग्लोबल बैंकमा खाता खोल्ने ग्राहकले एक वर्षसम्म हरेक महिना ग्लोबल बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्न २ सय ५० एमबी डेटा प्राप्त गर्दछन्। त्यस्तै उक्त सिमकार्डमा ग्राहकले २० रुपैयाँको मेन ब्यालेन्स, सात दिनको समयसिमा रहेको २० मिनेट अन नेट टक टाइम, २० वटा अन नेट एसएमएस र २ सय एमबी डेटा पनि प्राप्त गर्नेछन्।

त्यसैगरी सिम सुचारु भएको पहिलो दुई दिनमा भएको १ सय रुपैयाँ वा त्यसभन्दा बढीको रिचार्जमा ग्राहकले १ सय मिनेट अन नेट टक टाइम र १ सय एमबी डेटा प्राप्त गर्दछन्। प्राप्त सेवा, सुविधा सात दिनका लागि मान्य रहने छ।

यसका साथै ग्राहकले एक वर्षसम्म हरेक रिचार्जमा १० प्रतिशत रिचार्ज बोनसको फाइदा लिन सक्छन् भने भारत, मलेसिया तथा खाडी मुलुकमा कल गर्ने शुल्कमा छुटको फाइदा पनि लिन सक्ने एनसेलको भनाइ छ।

सहयात्री सिममा ग्राहकका लागि एनसेल जब सपमा एक महिनाको निःशुल्क पहुँच र मासिक योजनामा ५० प्रतिशत छुट पनि दिइएको छ। यसका साथै ग्राहकले कल आयो पैसा पायो, बिप सेवा तथा निश्चित स्थानमा निःशुल्क रोमिङजस्ता सेवाको फाइदा लिनसक्ने छन्।

इच्छुक विद्यमान सहयात्री सिमका ग्राहकले पनि यस योजनाका लागि योग्य भए ग्लोबल बैंकको बैंकिङ सेवा लिनसक्छन्। योजनाबाट फाइदा लिन ग्राहकले आफ्नो नजिकैको ग्लोबल आइएमईको शाखा गई ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोलेर निःशुल्क सहयात्री सिम लिनुपर्दछ।

१८ वर्ष वा त्यसभन्दा माथिका वैदेशिक रोजगारीमा जान इच्छुक कामदार वा रेमिट्यान्स आम्दानीको स्रोत रहेका नेपाली यो योजनाको लागि योग्य छन्। ग्राहकले कुनै पनि रकम जम्मा नगरी निःशुल्क ग्लोबल सहयात्री रेमिटेन्स बचत खाता खोल्न सक्छन्। योजानाअन्तर्गत खातामा ग्राहकले डेबिट कार्ड, एक वर्ष निःशुल्क इन्टरनेट वा मोबाइल बैंकिङ सुविधा, निःशुल्क एबिबिएस लगायत विभिन्न सेवाको लाभ पनि लिन सक्छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मीन विश्वकर्माद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आसन्न महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमहामन्त्री

कांग्रेसका ब्यानरले ढपक्कै ढाक्यो भृकुटीमण्डप (तस्बिरसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुन लागेको हो। उद्घाटनका लागि

कांग्रेस महाधिवेशन : शेखरले मागे पौडेलको साथ

नेपाली कांग्रेसको संस्थापइतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहयोग मागेका छन्। बिहीबार पौडेल निवास पुगेर कोइरालाले उनीसँग

सभापतिको दौडबाट कुनै पनि हालतमा पछि हट्दिनँ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन्। काठमाडौंको बानेश्वरमा नेता कृष्णप्रसाद भट्टराईको