५ दलीय समन्वय समितिकाे निष्कर्ष- न्यायपालिकाको गरिमा कायम राख्न यथाशीघ्र निकास खोज्नुपर्छ

फाइल फाेटाे

आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


काठमाडौं – सत्तासाझेदार दलहरुकाे उच्चस्तरीय राजनीतिक समन्वय समितिले न्यायपालिकामा देखिएको समस्याको यथाशीघ्र निकास खोज्नुपर्ने निष्कर्ष निकालेकाे छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको समितिको बैठकले न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्न यथाशीघ्र निकास खोज्नुपर्ने निष्कर्ष निकालेकाे हाे।

बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। राज्यको महत्वपूर्ण अंगको रुपमा रहेको न्यायपालिकाको स्वतन्त्रता गरिमा, विश्वासनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्छ भन्ने हाम्रो धारणा छ।’

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाकाे राजीनामा माग्दै सर्वोच्च अदालतका न्यायाधीश तथा नेपाल बार एसाेसिएसनका पदाधिकारीहरुकाे आन्दोलन चर्किँदै गएपछि न्यायालयमा देखिएको गतिरोधप्रति मौन रहेका राजनीतिक दलले आज मुख खोलेका छन्।

बैठकमा प्रधानमन्त्री देउवा र समितिका संयाेजक रामचन्द्र पौडेलसहित पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, डा. बाबुराम भट्टराई, कृष्ण प्रसाद सिटौला, नारायणकाजी श्रेष्ठ, उपेन्द्र यादव, ज्ञानेन्द्र बहादुर कार्की, अशोक राई, चित्रबहादुर केसी, दुर्गा पौडेल र वेदुराम भुसालको उपस्थिति थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मीन विश्वकर्माद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आसन्न महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमहामन्त्री

कांग्रेसका ब्यानरले ढपक्कै ढाक्यो भृकुटीमण्डप (तस्बिरसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुन लागेको हो। उद्घाटनका लागि

कांग्रेस महाधिवेशन : शेखरले मागे पौडेलको साथ

नेपाली कांग्रेसको संस्थापइतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहयोग मागेका छन्। बिहीबार पौडेल निवास पुगेर कोइरालाले उनीसँग

सभापतिको दौडबाट कुनै पनि हालतमा पछि हट्दिनँ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन्। काठमाडौंको बानेश्वरमा नेता कृष्णप्रसाद भट्टराईको