दोषी साबित गर्न हल्दीबारीका अध्यक्ष र उपाध्यक्षकाे दाेहाेरी


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


आआफ्नो गल्ती लुकाउन अहिले झापा हल्दीबारी गाउँपालिकामा दुई पक्षले विभिन्न प्रपन्च रचिरहेका छन्।

गाउँसभा चलिरहेको बेला बुधबार भएको झडपलाई लिएर दुवै पक्ष एकअर्कालाई दोषी साबित गर्न त्यस्तो प्रपन्चमा लागेका हुन्।

एकले अर्को पक्षलाई कारबाहीको माग गर्दै अध्यक्ष रवीन्द्रकुमार लिङ्देन र उपाध्यक्ष डम्बरबहादुर गिरी पक्षले बुधबार नै जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दिएका छन्।

अध्यक्ष लिङ्देन पक्ष प्रहरीमा घाउजाँच फारम भरेर चिकित्सकको सम्पर्कमा पुग्यो। उपाध्यक्ष गिरी पक्षले अभद्र व्यवहारमा कारबाहीको मागसहित निवेदन दिएको छ । दुवै पक्षले कुटपिट र मानहानिसम्बन्धी विषयलाई लिएर प्रहरीकहाँ आइपुगेको झापाका प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालाले बताए।

प्रहरी गुहारेर पनि चित्त नबुझाएका दुवै पक्ष पत्रकार सम्मेलन गरेर आ-आफ्नो कुरा प्रस्ट्याउन लागेका छन्। प्रहरीमा दिएको उजुरीमा खासै कारबाही नहुने राम्ररी बुझेका दुवै पक्षले नागरिक तहसम्म जाने बाटो रोजेका हुन्।

प्रहरी गुहारेर पनि चित्त नबुझाएका दुवै पक्ष पत्रकार सम्मेलन गरेर आ-आफ्नो कुरा प्रस्ट्याउन लागेका छन्। प्रहरीमा दिएको उजुरीमा खासै कारबाही नहुने राम्ररी बुझेका दुवै पक्षले नागरिक तहसम्म जाने बाटो रोजेका हुन्।

घटनाबारे बिहीबार अध्यक्ष लिङ्देनले पत्रकार सम्मेलन गरी उपाध्यक्ष गिरी पक्षमाथि दोष थोपरे। उनले गाउँसभामा भएको आक्रमण र तोडफोडको जिम्मेवारी  गिरीले लिनुपर्ने जिकिर गरे।

गिरीले बहुमतको बल देखाएर विपक्षीको आवाज दबाउन खोज्दा कार्यालय तोडफोड भएको दाबी लिङ्देन पक्षधरको छ । गिरीको नेतृत्वमा हल्दीबारी–१ का वडाध्यक्ष त्रिलोचन सापकोटा, वडा ४ का सदस्य महेशलाल मेचे,  कार्यपालिका सदस्य सागर पोर्तेलले गाउँसभा चलिरहेका बेला नेकपाको बहुमतको आडमा कानुन हातमा लिने काम भएको अध्यक्ष लिङ्देनको भनाइ छ।

उनले गाउँपालिकामा तोडफोड गर्ने काम उपाध्यक्षकै नेतृत्वमा भएकाले कानुनी कारबाहीका लागि प्रहरीमा उजुरीसमेत दिएको बताए। 

उनले गाउँसभा संचालन नियमावली २०७५ अनुसार अध्यक्ष हुँदाहुँदै आक्रमण गरेर सभास्थलबाट भगाई बजेट पास गराउने काम कानुनी राज्यमाथिको चुनौती भएको समेत प्रष्ट पारे।

उनले गाउँसभा संचालन नियमावली २०७५ अनुसार अध्यक्ष हुँदाहुँदै आक्रमण गरेर सभास्थलबाट भगाई बजेट पास गराउने काम कानुनी राज्यमाथिको चुनौती भएको समेत प्रष्ट पारे।

उपाध्यक्ष गिरी पक्षधरले आज शुक्रबार पत्रकार सम्मेलन गरेर अध्यक्ष लिङ्देनमाथि दोष थोपरेको छन्। उनले गाउँपालिकाको बहुमत सदस्यद्वारा पारित बजेट नीति तथा कार्यक्रम उल्टाउन अध्यक्ष लिङ्देनलाई चुनौती दिए। उनले स्थानीय सरकार सन्चालन ऐन २०७४ अनुसार बहुमत सदस्यद्वारा आफूले बजेट नीति तथा कार्यक्रम पारित गराएको दाबी गरे।

उपाध्यक्ष गिरीले अध्यक्षले बुधबार सुनियोजित ढंगले घटना गराएको दाबी गरे। घटना भएको दिन अध्यक्षले माइन्यूट नराख्नु, उपस्थितिमा आफूले सही नगर्नु र अरुलाई पनि गर्न नदिनु,  बाहिर अराजक भीड बोलाएर हुलहुज्जत गराउनु नियोजित भएको उनको दाबी छ।

अध्यक्ष लिङ्देनकै कारण हुलहुज्जत र तोडफोड भएकाले गाउँपालिकामा भएको सम्पूर्ण सार्वजनिक सम्पत्तिको क्षतिको जिम्मेवारी उनैले लिनुपर्ने गिरीले दाबी गरे। उनले  घटनामा संलग्नमाथि जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक मुद्दा दायर गरिसकेको जानकारी दिए।

बुधबार गाउँसभा चलिरहेका बेला सो घटनापछि अध्यक्ष लिङ्देन र उपाध्यक्ष गिरीबीच आरोप प्रत्यारोप बढ्दै गएको छ। घटनामा सातजना घाइते हुनुका साथै कार्यालयको सीसा, टेबलकुर्सीलगायत तोडफोड भएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
१५ न्यायाधीशको अडान- प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म सुनुवाइ गरिँदैन

काठमाडौं – सर्वोच्च अदालतका १५ न्यायाधीशहरुको छलफल सकिएको छ। उनीहरुले सर्वोच्च अदालत परिसरमा मंगलबार दिउँसो भएको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले

चीनमा फेरि लकडाउन, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आदेश

एजेन्सी – कोरोना संक्रमण फैलिएपछि चीनको गान्सु प्रान्तमा लकडाउन घोषणा गरिएको छ । ४० लाख मानिसहरुको बसोबास रहेको लान्जहोउ सहरमा

पहिलो त्रैमासिकमा १९ बैंकको निक्षेप बढ्दा ८ बैंकको भने घट्यो

काठमाडाैं – चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ वाणिज्य बैंकको निक्षेप बढेको छ। नेपाल बैंकर्स संघका अनुसार तरलता अभावका बाबजुद

अब एमालेलाई लोकतान्त्रिक पार्टी बनाउनुपर्छ : ओली

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले अब एमालेलाई पूर्ण लोकतान्त्रिक पार्टी बनाउनुपर्नेमा जोड दिएका छन्। मंगलबार एकैपटक ७५३ वटै स्थानीय