अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


यतिबेला विभिन्न तहका अधिवेशनमार्फत् हाम्रो पार्टी १४ औं महाधिवेशनको महाअभियानमा होभिएको छ। आज मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र निर्वाचन क्षेत्र भएका जिल्ला अधिवेशनसमेत हुँदैछ। सबै अग्रज र साथीहरुलाई उत्साहका साथ अधिवेशन प्रक्रियामा सहभागी भई पार्टीका सबै तहको अधिवेशनलाई सपल बनाउन हार्दिक अनुरोध गर्दछु।

नेपाली कांग्रेस केवल एउर्टा पार्टीमात्र होइन, राजनीतिक, सामाजिक र वैचाररिक आन्दोलन पनि हो। सात दशकदेखि नेपाली राजनीतिको हरेक मञ्चमा हाम्रो पार्टीले सदा केन्द्रीय भूमिका निर्वाह गर्दै आएकोमा हामीलाई गर्व छ। तर इतिहासलाई सिरानी हालेरमात्र हाम्रो श्रेष्ठता कायम रहन सक्दैन। परिवर्तनको वेगलाई ठम्याएर समयानुकूल पाइला चाल्न सकियो भनेमात्र हाम्रो श्रेष्ठता प्रमाणित हुँदै जानेछ। हामीसँग बहुलवादी लोकतन्त्रको वैचारिक श्रेष्ठता छ, संघर्ष, जेलनेल, त्याग र तपस्याले खारिएको ठूलो पाको र अनुभवी पुस्ता छ । उदात्त ध्येय र गम्भीर समर्पणका साथ समाज परिवर्तन गर्न क्रियाशील असंख्या पार्टीहरु हुनुहुन्छ। देशभित्र र बहिर त्यस्तो तन्नेरी पुस्ता छ, जो स्वाभिमान र स्वतन्त्रतायुक्त उदार नेपालको संकल्प गरिरहेको छ। सँगैसँगै हामीसँग नेपाली कांग्रेसको उन्नतिप्रति उत्तिकै सचेत र सहानुभूतिशील देशभित्र र संसारभरि छरिएका शुभेच्छुक नेपालीको ठूलो पंक्ति छ।

सबै नेपाली कांग्रेस पार्टीको नीति र नेतृत्व मा गतिशीलता, सामयिकता र नयाँपनको खोजीमा हुनुहुन्छ। वीपी कोइरालाले भनेजस्तै, ‘पार्टी एउटा वृहत कुटुम्ब हो। त्यसका सदस्यहरुबीच कुटुम्बको घनिष्टता, स्नेह र आत्मीयता हुनुपर्छ। एउटाको दुःख सबैको दुःख हो, एउटाको अपमान सबैको अपमान हो, एउटाको प्रतिष्ठा सबैको प्रतिष्ठा हो भन्ने धारणा सबैमा हुनुपर्छ ।’ यो महाधिवेशनबाट हामीले त्यस्ते पार्टी बनाउनुछ, जसमा सबै सदस्यले आत्मसम्मान र अपनत्वको अनुभूति गरुन्, जसमाथि आमजनताले भरोसा र विश्वास गरुन्।

नेपाली कांग्रेस पार्टीको जीवनमा महाधिवेशन आवधिक रुपमा नेतृत्व छनोट गर्ने प्रक्रियामात्रै होइन, हामीले कस्तो कांग्रेस बनाउन चाहन्छौं भनेर निर्णय गर्ने अवसर पनि हो। निःसन्देश हामी सबै कांग्रेसमा रुपान्तरण चाहन्छौं। तर जब त्यो रुपान्तरिक कांग्रेसका लागि आफ्नो तहमा निर्णय गर्नेसमय आउँछ, हामी अलमलिएर पार्टीलाई दिशानिर्देशक गने अवसर खेर जाने गरेको छ।

यसपटकको महाधिवेशनमा लिइने निर्णयको प्रभाव अझ दुरुगामीहुनेछ। हामीले गर्ने निर्णयले यो कांग्रेस पार्टीको जीवनमा मात्र होइन, लगत्तै हुने स्थानीय तह, प्रदेश र संघीय निर्वाचन अनि राष्ट्रिय राजनीतिलाई समेत प्रभावित गर्नेछ। तसर्थ तपार्इंलाई क्षेत्रीय प्रतिनिधिको रुपमा आफ्नो मत र विश्वास प्रदान गरेका आम कांग्रेसजनले मात्र होइन, नेपालभित्र र बाहिर रहेका कांग्रेसप्रति शुभेच्छा राख्ने र यो देशको उन्नतिको कामना गर्ने सबैले यो पटक हामीले कस्तो निर्णय गर्छौं व्यग्रताका साथ हेरिरहनुभएको छ। त्यसैले हाम्रो पार्टीलाई जीवन्त, गतिशील तथा देश र जनताप्रति निरन्तर समर्पित र राखिरहन मन, वचन र कर्मले प्रतिबद्ध तपाईंहरु सबैसँग आ–आफ्नो ठाउँबाट त्यो महान अभिभाराको बोध गरी विवेकपूर्ण निर्णय गर्नका लागि यसै पत्रमार्फत् विनम्रतापूर्वक अपिल गर्दछु।

यो महाधिवेशनपछि हामीले नवीन आत्मविश्वासका साथ भन्न सकौं कि–अब कांग्रेसले इतिहासलाई सिरानी हालेरमात्रै बस्दैन, परिवर्तनको वेगलाई ठम्याएर अगाडि बढ्छ, योग्यता र परिकल्पनाको प्रतिस्पर्धालाई उत्प्रेरित गर्छ, आफूले पाएको अवसरलाई सही सदुपयोग गर्दै जनताको समस्याप्रति सदैव समानुभूतिशील रहन्छ र सधैं जनताको भरोसा र विश्वास पाइरन्छ, सदाचारमा विश्वास गर्छ र भ्रष्टाचार–कुशासनका विरुद्ध उभिन्छ।’ हामी चाहन्छौं–कांग्रेस पार्टी अझ उन्नत र गतिशील बनोस् र मुलुकलाई समुन्नतिको गन्तव्यमा पुर्‍याओस्।

हाम्रो संविधानले समुन्नत नेपालको प्रष्ट गन्तव्यसहित अगाडि जाने बाटो देखाइदिएको छ। यो महाधिवेशनले पार्टीलाई विवेकपूर्ण ढंगले संविधान निर्दिष्ट बाटोलाई फराकिलो पार्दै गन्तव्यसम्म पु¥याउने जिम्मेवारी बहन गर्न सक्षम बनायोभनेमात्र हाम्रो संघर्षका प्राप्तिहरु दीगो हुनेछन्।
महाधिवेशनमा हामी गुट वा समूहको, पद र प्रतिष्ठाको प्रतिस्पर्धामा मात्रै अल्मलियौं भने पार्टीलाई समुन्नत नेपालको निर्माणको नेतृत्वका लागि सक्षम बनाउने एउटा ठूलो अवसर हामीले गुमाउनेछौं। तर मलाई विश्वास छ, हामी त्यो अवसरलाई गुम्न दिनेछैनौं। त्यसैले लाखौं क्रियाशील सदस्यहरुले विश्वास गरेर पठाएका प्रतिनिधिको रुपमा एकचोटि कठोर आत्मसमीक्षाका साथ फेरि आफूले हिँडेको राजनीतिको बाटोको पुनरावलोकन गर्ने साहसका साथ म आव्हान गर्छु।

सामूहिक संकल्प गरौं–हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको जस्तो प्रगतिशील सोच भएको, २०४८ सालको जस्तो लोकप्रिय मत भएको अनि आउँदो युगको समय चेत बुझ्न सक्ने र आगामी पुस्ताले विश्वास र भरोसा गर्न लायक पार्टी बनाउनेछौं।’ पटक पटक प्रमाणित भएको सत्य के हो भने नेपाली कांग्रेसले सही बाटो समात्यो भनेमात्र देशले सही बाटो समात्छ, अन्यथा फेरि पनि राजनीतिक गोलचक्कर समाप्त हुनेछैन।

हाम्रो पार्टीमा क्षेत्रीय प्रतिनिधि पार्टीको सबैभन्दा आधारभूत तहको निर्णायक शक्ति हो। कांग्रेसजनको मत र भावनाको प्रतिनिधिको रुपमा कस्तो कांग्रेस बनाउने भन्ने जगमा तपाईं हुनुहुन्छ। जग कमजोर भयो भने जतिसुकै मिहिनेतले घर बनाउन खोजे पनि बलियो बन्न सक्दैन। लाखौं क्रियाशील सदस्यहरुले तपाईंजस्तै क्षेत्रीय प्रतिनिधि चुनेर पार्टीको नेतृत्व र नीति निर्धारण गर्ने महाधिवेशनका प्रतिनिधि छनोट गर्नका लागि पठाउनुभएको छ।

तपाईंको एउटा निर्णय र छनोटले पार्टी कस्तो बनाउने भन्ने कुरा तय गर्नेछ। तपाईंले आज छनोट गरेर पठाउने महाधिवेशन प्रतिनिधिले नै मंसिर २४ गतेदेखि हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पार्टीको नेतृत्व छनोट गर्नेछ। आज सही निर्णय गर्न सक्यौं भनेमात्र पार्टीले सही गति लिनेछ। पार्टीलाई नवजीवन दिने कामको आरम्भ तपाईंहरुबाट हुँदैछ। तपाईको निर्णय पार्टीको सर्वोत्तम हित र नवनिर्माणको लागि हुनेछ भन्ने कुरामा विश्वस्त छु। विगतमा हिंसा र निरंकुशताको जुहारी चलिहेका बेला, प्रतिबन्धित र कठोर संघर्षका बेला निष्ठा, त्याग र समर्पणका साथ देशको कुनाकन्दरामा रहेर अग्रज कांग्रेसजनले लोकतन्त्रका लागि गरेको बलिदानले नै आज हामीले सगौरव जय नेपाल भन्न पाएका छौं।

अब फेरि एकपटक पार्टी नवनिर्माणको लागि संकल्प गरौं र विवेकसम्म्त निर्णय गरौं ताकि भोलिको पुस्ताले पनि चीरकालसम्म जयनेपाल भन्दा गर्व गरिरहन पाओस्। यो महाधिवेशनले तपाईजस्ता निष्ठावान कांग्रेसजनलाई पार्टीमा रचनात्मक हस्तक्षेप गरी पार्टीमा नवजागरण ल्याउने अवसर दिएको छ।

मलाई विश्वास छ, पार्टीको पुनर्जागरण र नवनिर्माणका लागि हामीले सही निर्णय लिनेछौं। जय नेपाल

(कांग्रेस नेता गगन थापाले १४ औं महाधिवेशनका क्षेत्रीय प्रतिनिधिलाई गरेको अपिल)


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मीन विश्वकर्माद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आसन्न महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमहामन्त्री

कांग्रेसका ब्यानरले ढपक्कै ढाक्यो भृकुटीमण्डप (तस्बिरसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुन लागेको हो। उद्घाटनका लागि

कांग्रेस महाधिवेशन : शेखरले मागे पौडेलको साथ

नेपाली कांग्रेसको संस्थापइतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहयोग मागेका छन्। बिहीबार पौडेल निवास पुगेर कोइरालाले उनीसँग

सभापतिको दौडबाट कुनै पनि हालतमा पछि हट्दिनँ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन्। काठमाडौंको बानेश्वरमा नेता कृष्णप्रसाद भट्टराईको