चाक्सीबारीको ‘गोलचक्कर’ मा फसेको संस्थापनइतरको साझा उम्मेदवारी


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतरले भदौ १७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर १४ औं महाधिवेशनमा साझा उम्मेदवार दिने घोषणा गर्‍यो।

संस्थापनइतरका नेता रामचन्द्र पौडेलले सभापतिका आकांक्षीहरू बढी देखिए पनि महाधिवेशनमा समूहका तर्फबाट एकमात्र उम्मेदवार हुने दाबी गरे।

पत्रकार सम्मेलनमा संस्थापनइतरबाट सभापतिका लागि दाबेदारी प्रस्तुत गरिरहेका महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला पनि उपस्थित थिए।

कांग्रेस संस्थापनइतरले त्यो पत्रकार सम्मेलन १४ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन सुरू हुने अघिल्लो दिन गरेको थियो। त्यतिबेला साझा उम्मेदवार तय गर्न नसके पनि ‘एकजुट’ रहेको सन्देश दिने प्रमुख उद्देश्यका साथ त्यो पत्रकार सम्मेलन गरिएको थियो।

पत्रकार सम्मेलन गरेर साझा उम्मेदवार दिने घोषणा गरेको चार महिना बितिसक्दासमेत संस्थापनइतरमा सभापतिहरूको संख्या चारबाट तीनमा झर्न सकेको छैन।

देशभरका अधिकांश संघीय प्रतिनिधिसभा क्षेत्रमा सोमबार अधिवेशन सुरू भएको छ। क्षेत्रीय अधिवेशन अगाडि नै साझा उम्मेदवार तय गर्ने संस्थापनइतरको प्रयास सफल हुन सकेको छैन। बरू नेताहरूबीच असहमति बढ्दो छ।

संस्थापनइतरबाट सभापतिका लागि दाबेदारी गर्नेहरूमध्ये सबैभन्दा बढी दौडधुपमा छन् पूर्वमहामन्त्री सिंह र नेता शेखर। सिंह र शेखरबाहेक वरिष्ठ नेता पौडेल तथा महामन्त्री कोइराला पनि आफ्नो अडानबाट पछि नहट्ने प्रष्ट संकेत दिइसकेका छन्।

सभापतिमा साझा उम्मेदवार नदिए शेरबहादुर देउवाले पुनःबाजी मार्नेमा चारैजना आकांक्षीहरू एकमत छन्। त्यसैले समूहबाट एकजनामात्र उम्मेदवार हुनुपर्ने उनीहरूको जोड छ। तर नेतृत्वको अडानबाट पछि हट्न कोही तयार छैनन्।

महाधिवेशन नजिकिँदै गर्दा संस्थापनइतरबाट सभापतिका आकांक्षीहरूको चाक्सीबारी दौडधुप बाक्लिएको छ। सभापतिको तयारीमा अगाडि बढिसकेका सिंहलाई ‘फकाउन’ चाक्सीबारीमा नेताहरूको दौडधुप बढेको हो।

चाक्सीबारी पुगेर वरिष्ठ नेता पौडेलका साथै सभापतिका अन्य दुई आकांक्षी महामन्त्री कोइराला र नेता शेखर लगातार सिंहसँग वार्ता गरेका छन्।

बिहीबार वरिष्ठ नेता पौडेल चाक्सीबार पुगेका थिए। त्यसको भोलिपल्ट नेता शेखर पनि सिंहलाई भेट्न चाक्सीबारी पुगे। महामन्त्री कोइराला पनि चाक्सीबारी पुगेर उनीसँग भेट गरिसकेका छन्।

सबै नेताहरूले सिंहलाई सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन्।

‘टसमस’ हुन तयार नरहेका सिंह भने उल्टै सभापतिमा आफूलाई सहयोग गर्न अनुरोध गरे। ‘गणेशमानको परिवारलेमात्रै सँधै त्याग गर्नुपर्ने?’, पछिल्लो समय सिंहले सार्वजनिक मञ्चबाटै उठाउने प्रश्न यो हो।

सिंहलाई फकाउन सके साझा उम्मेदवार बन्न सहज हुने बुझाइ समूहका अन्य नेताहरूको छ। तर, अहिलेसम्मको विकसित परिदृष्यअनुसार सिंह भने ‘फकिन’ तयार देखिएका छैनन्।

सभापतिमा दाबी गरिरहेका सबै नेताहरूको आ–आफ्नै तर्क छ। समूहमा सबैभन्दा वरिष्ठ रहेकोले सभापतिमा लड्ने मौका पाउनुपर्ने तर्क पौडेलको छ।

सबैको आ–आफ्नै तर्क

महामन्त्री कोइराला सभापति देउवालाई आफूले मात्रै पराजित गर्नसक्ने दाबी गर्छन्। सिंह आफू महामन्त्री र उपसभापति दुवै भइसकेको तथा अघिल्लो अधिवेशनमा वरिष्ठ नेता पौडेलका लागि त्याग गरेकोले यसपटक पछि नहट्ने बताउँछन्।

अर्का दाबेदार शेखर देशभरका कार्यकर्तालाई भेटेको र आफ्नो पक्षमा माहोल रहेको तर्क गर्दै आइरहेका छन्।

सभापतिका चारैजना आकांक्षीहरू आ–आफ्नो अडानमा कायम रहेकाले संस्थापनइतरमा साझा उम्मेदवार दिन सहमति जुट्न सकेको छैन। यद्यपि संस्थापनइतरका एक नेताले साझा उम्मेदवार दिनबारे एक मत रहे पनि संवाद बल्ल सुरू भएको बताए।

‘साझा उम्मेदवार बनाएर लड्नुपर्नेमा हामी सबैजना एकमत नै छौं, आम कार्यकार्ताको चाहना पनि यही हो,’ ती नेताले भने,‘संवाद सुरू भएको छ। अन्तिम समयसम्म प्रयास जारी रहन्छ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मीन विश्वकर्माद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आसन्न महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमहामन्त्री

कांग्रेसका ब्यानरले ढपक्कै ढाक्यो भृकुटीमण्डप (तस्बिरसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुन लागेको हो। उद्घाटनका लागि

कांग्रेस महाधिवेशन : शेखरले मागे पौडेलको साथ

नेपाली कांग्रेसको संस्थापइतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहयोग मागेका छन्। बिहीबार पौडेल निवास पुगेर कोइरालाले उनीसँग

सभापतिको दौडबाट कुनै पनि हालतमा पछि हट्दिनँ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन्। काठमाडौंको बानेश्वरमा नेता कृष्णप्रसाद भट्टराईको