टिप्पणी

ओलीको ‘सर्वसम्मत’ यात्रामा भीम रावलको ‘स्नेह’

रासस

आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


काठमाडौं
एमाले अध्यक्ष केपी ओलीले मंगलबार सम्पादकहरुसँगको अन्तरक्र्रिया भने–भीम रावलले मप्रति आदरसम्मान, मायास्नेह देखाउनु भएको छ, तपाईं बढी खट्नु भएको छ, थकाई लाग्यो कि, तपाईंले आराम गर्ने हो कि ? त्यसो भए म उठ्छु भन्नुभएको छ, उहाँले कुनै चुनौती भन्नु भएको छैन। उहाँको स्नेहपूर्ण सुझावबाट म प्रभावित छु। राम्रो हो। यो सुझाव एक खालको मानिसहरुले मन पराउने सुझाव हो। मैले अध्यक्षमा नउठेर विश्राम लिए हुन्थ्यो भन्ने पार्टीबाहिरका मानिसको पनि सुझाव छ।

उनले एमाले लोकतान्त्रिक पार्टी भएकाले यसमा कुनै पनि प्रकारको जोरजुलुम या दबाब नहुने पनि स्पष्ट पारे। ‘मेरोविरुद्ध जोकोहीले पनि म उठ्छु भन्न पाइन्छ, मैले आफू अध्यक्षमा उठ्ने टुंगो गरिसकेको छैन, मैले उठ्ने टुंगो गरें भने निर्विरोध छाड्न पनि पाइन्छ, चुनौती दिन पनि पाइन्छ, मलाई कसैले चुनौती दिएमा त्यसलाई मैले स्वागत गर्छु। लोकतन्त्रमा चुनौती स्वाभाविक मानिन्छ।’

ओली दशौं महाधिवेशनमा निर्विरोध अध्यक्ष हुने निश्चितजस्तै भइरहेका बेला एक्कासी नेता भीम रावलले अध्यक्षमा उठ्ने घोषणा गरे। यसलाई धेरैले ओलीको निर्विरोध यात्रामा अवरोधका रुपमा लिए। र, ओलीलाई चुनौती दिने साहस गरेको रुपमा व्याख्या गरे।

रावलले उम्मेदवारी घोषणा गर्दा उनले ‘ओलीले ७० वर्षको उमेरसम्म आइपुग्दा पार्टीको अध्यक्ष र प्रधानमन्त्री भइसकेको’ भन्दै अब नेतृत्व हस्तान्तरण हुनुपर्ने बताएका थिए। त्यसक्रममा उनले गुटगत गतिविधि भइरहेको भन्दै नेतृत्वको खुलेर आलोचना गरेका थिए।

मंगलबारको कार्यक्रममा ओलीले रावलको त्यही ‘चुनौती’ लाई सामान्यीकरण गरिदिए र व्यंगात्मक रुपमा रावलको सुझाव स्नेहपूर्ण भएको जवाफ दिए।

ओली दुई कुरामा रावलप्रति ढुक्क छन्–या त अन्तिम समयमा रावलले मनोनयन नै दर्ता गर्दैनन्, गरिहाले पनि फिर्ता लिन्छन्। चुनावै लडे पनि रावलको पक्षमा कार्यकर्ता पंक्ति छैन।

र, अरु कुनै नेताले अध्यक्षमा उम्मेदवारी देलान् भन्ने उनले कल्पना पनि गरेका छैनन्। उनको भित्रि मनसाय भने सर्वसम्मत अध्यक्ष नै बन्ने छ।

एमालेले गत कात्तिकको अन्तिम साता प्रतिनिधि चयन गर्दा सकेसम्म सर्वसम्मत विधि अपनाउन निर्देशन दिएको थियो। ओलीले भिडियो सन्देशमार्फत् समझदारीबाटै प्रतिनिधि चयन गर्न भनेका थिए। सोहीअनुसार केही स्थान छाडेर अधिकांश जिल्लामा सर्वसम्मत प्रतिनिधि चयन भएका छन्।

महाधिवेशनमा निर्वाचित, पदेन र मनोनीत गरी १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुनेछन्। त्यसमध्ये केन्द्रीय समितिले ५ प्रतिशत प्रतिनिधि मनोनित गर्न बाँकी छ। तर, हालसम्म जति प्रतिनिधि चयन भएका छन्, अधिकांश ओली पक्षधर छन्। विगतमा १० बुँदे सहमतिका पक्षधर भनिने र पूर्वमाओवादी समूह पक्षधरको उपस्थिति भने निकै पातलो छ। यस हिसाबले जसले चुनौती दिए पनि ओली नै अध्यक्षका एकमात्र निर्विकल्प हुन्।

एमालेका शीर्ष नेताहरु पदाधिकारी सर्वसम्मत गराउने र तल्ला तहलाई खुल्ला प्रतिस्पर्धा गर्न दिने मनस्थितिमा छन्। एमाले नेता सुरेन्द्र पाण्डेले एक अन्तर्वार्तामा भनेका छन्, ‘पदाधिकारी सर्वसम्मत हुँदा त्यसले एकताको सन्देश प्रवाहित गर्छ, सकभर सर्वसम्मत गर्ने प्रयास गर्छौं।’ उनले सकेसम्म पार्टीभित्रको लोकतान्त्रिक अभ्यास नखुम्चियोस् भन्नेमा सचेत रहे पनि प्यानल भएर जाने क्रमलाई निरुत्साहित गर्न सर्वसम्मतको प्रयास गरिने बताएका छन्।

तर, सचिव, वरिष्ठ उपाध्यक्षलगायत पदाधिकारीमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ। एमाले प्रदेश १ अध्यक्ष देवराज घिमिरे, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। यो पदमा इश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ आकांक्षी देखिएका छन्।

यस्तै, सचिवमा औपचारिक रुपमा महेश बस्नेतले उम्मेदवारी घोषणा गरे पनि अरु नेताले गरेका छैनन्। यद्यपि नयाँ पुस्ताबाट सचिवका आकांक्षी धेरै छन्।

एमालेमा खासगरी नेकपा विवाददेखि नै ओलीका पक्षमा रहेकाहरु, माधव नेपाल समूहलाई अन्तिम समयमा साथ दिने १० बुँदे पक्षधरहरु र पूर्वमाओवादी समूह गरी तीन पक्ष छन्। तर यो महाधिवेशनमा १० बुँदे पक्षधर भनिएकाहरु भीम रावल, योगेश भट्टराई, युवराज ज्ञवाली, रघुजी पन्त, सुरेन्द्र पाण्डे, अमृत बोहोरा, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल र गोकर्ण बिष्टको मनोबल त्यति उच्च रहने देखिँदैन, जति ओलीलाई पहिल्यैदेखि साथ दिँदै आएकाहरुको हुन्छ।

उनीहरु ओलीले आफूलाई सम्मानजनक पद दिने आशामा छन्। सकेसम्म पहिलेकै पदमा पाउनेमा विश्वस्त छन्। यसका लागि उनीहरुले ओलीकै बाटो हेरिरहेका छन्। अर्थात्, ओलीले दिएको पदमा चित्त बुझाउनुपर्ने अवस्थामा उनीहरु छन्। आफूहरुले अन्तिम समयमा ओलीलाई साथ दिएकाले एकतापक्षधरलाई समेट्नुपर्ने उनीहरुको माग छ। यद्यपि उनीहरु पक्षधर महाधिवेशन प्रतिनिधिको संख्या निकै झिनो छ।
यस्तै, प्रतिनिधि संख्याका हिसाबले पूर्वमाओवादी समूहको दायरा पनि खुम्चिएको अवस्था छ। उनीहरु सकेसम्म मनोनयनमा पनि पूर्वमाओवादी समेटिने आशामा छन्। यो समूहले वरिष्ठ उपाध्यक्ष, सचिवलगायतका पद दिइनुपर्ने बताउँदै आएको छ।

एमालेले असोजमा सम्पन्न विधान महाधिवेशनमार्फत् विचार, सिद्धान्त र नीतिको टुंगो लगाइसकेको छ। जे भए पनि एकता तथा सहमतिको ‘रटान’ का बीच चितवनमा गरिने महाधिवेशनले त्यस्तो नेतृत्व चयन गर्नेछ, जो केपी ओली चाहन्छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस महाधिवेशन : शेखरले मागे पौडेलको साथ

नेपाली कांग्रेसको संस्थापइतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहयोग मागेका छन्। बिहीबार पौडेल निवास पुगेर कोइरालाले उनीसँग

सभापतिको दौडबाट कुनै पनि हालतमा पछि हट्दिनँ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन्। काठमाडौंको बानेश्वरमा नेता कृष्णप्रसाद भट्टराईको

साझा उम्मेदवार तय गर्न कांग्रेस संस्थापनइतर समूहमा रस्साकस्सी

नेपाली कांग्रेस संस्थापनइतरका नेताहरू आसन्न महाधिवेशनमा सभापतिका साझा उम्मेदवार दिने कसरतमा बिहीबार पनि जुटेका छन्। इतर समूहका केन्द्रीय सदस्यसहितका नेताहरू

भारतीय जनरल रावत सवार हेलिकप्टर दुर्घटनाका यी प्रत्यक्षदर्शी

उनले भने, 'मेरो नाम कृष्णस्वामी हो। म नान्जप्पा साइथीराममा बस्छु। म घरका लागि काठ लिन निस्केको थिएँ। पाइप फुटेकोले घरमा