अफगानिस्तान : तालिबानको १०० दिन र अनगिन्ती चुनौतीहरू


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


कुनै पनि देशको अवस्था हेर्दा सय दिन धेरै होइन, तर अफगानिस्तानका लागि पछिल्लो सय दिन निकै विशेष रह्यो। यस अवधिमा अफगानिस्तानमा धेरै परिवर्तन भएको छ। राष्ट्रपति असरफ घानीको नेतृत्वमा रहेको सरकारलाई अन्तरिम तालिबान सरकारले प्रतिस्थापन गरेको छ।

यो सरकारलाई विश्वको कुनै पनि देशले मान्यता दिएको छैन। महिलाको काम र बालिका शिक्षामा लगाइएको प्रतिबन्धका कारण अमेरिकालगायत पश्चिमी मुलुकले अफगानिस्तानलाई सहयोग गर्न बन्द गरेका छन्।

संयुक्त राष्ट्रसंघले अफगानिस्तानका २ करोड २० लाखभन्दा बढी मानिसलाई भोकमरीबाट बचाउन विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले खाद्यान्नको आपूर्ति बढाउनु पर्ने चेतावनी दिएको छ। यदि विज्ञहरूले अनुमान गरेजस्तो अफगानिस्तानको अवस्था खराब भयो भने, अफगानिस्तानमा गम्भीर भोकमरीको खतरासँगै थप समस्या आउने निश्चित छ।

पश्चिमा मुलुकबाट सहयोग बन्द हुँदा अर्थतन्त्र धरासायी भएको छ। हजारौं अफगान नागरिकले देश छोडेका छन्। सुरक्षा मोर्चामा इस्लामिक स्टेटबाट निरन्तर चुनौती छ।

काबुल कब्जाको १०० दिन

तालिबानले १५ अगस्टमा काबुल कब्जा गरेको थियो। त्यस दिन अमेरिकी हतियारसहित तालिबान लडाकुहरू राष्ट्रपति भवनमा प्रवेश गरेका थिए। त्यसको केही समयअघि तत्कालीन राष्ट्रपति असरफ घानीले छोटो भाषण दिएर देशबाहिर गएका थिए।

तालिबानले काबुल कब्जा गरेपछि अमेरिकी र पश्चिमी सेना फिर्ता गर्ने कामले गति लियो। २० वर्षपछि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भयो। यो फिर्ता अगस्ट ३१ को निश्चित समय सीमाभित्र भयो।

यसपछि तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले घोषणा गरे, ‘तालिबान विश्वसँग राम्रो सम्बन्ध राख्न चाहन्छ।’

सय दिनमा तालिबानले कतिवटा वाचा पूरा गर्‍यो र अन्तर्राष्ट्रिय समुदायका कति माग पूरा गर्‍यो भन्ने धेरै प्रश्नहरू छन्। अफगानिस्तानलाई लिएर रुस, अमेरिका, चीन, भारत र पाकिस्तानजस्ता धेरै देशले नियमित बैठक गरिरहेका छन्। तालिबानका प्रतिनिधिहरूले चीन, रुस, कतार र पाकिस्तानको भ्रमण पनि गरिसकेका छन् तर अहिलेसम्म अपेक्षित सहयोग पाउन सकेको छैन।

इस्लामिक स्टेटलाई लिएर चिन्ता

तालिबानले सुरक्षासम्बन्धी महत्वपूर्ण वाचा गरेको छ। तर, स्थिति तालिबानको नियन्त्रणमा रहेको देखिँदैन। सबैभन्दा ठूलो चुनौती इस्लामिक स्टेटबाट आउँदैछ। हालै संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा लगभग जताततै इस्लामिक स्टेटको उपस्थिति रहेको जनाएको छ। अगस्टदेखि नै यसको संकेत मिलिरहेको छ।

तालिबानले काबुल कब्जा गरेपछि पहिलो ठूलो हमला काबुल एयरपोर्टमा भएको थियो। जसमा सयभन्दा बढीको ज्यान गएको थियो। मृत्यु हुनेमा अमेरिकी नागरिक पनि थिए। आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको थियो।

सुरक्षा मोर्चामा तालिबानसामु यो पहिलो ठूलो चुनौती थियो। यसपछि इस्लामिक स्टेटले कुन्दुज, कान्दाहार र काबुलमा आक्रमण गरेको थियो। यी आक्रमणहरूमा धेरै मानिसहरू मारिए। इस्लामिक स्टेटले तालिबान लडाकुलाई पनि आक्रमण गरेको थियो।

हालै तालिवानले पूर्वी अफगानिस्तानमा इस्लामिक स्टेटविरुद्ध अभियान सुरु गरेको जानकारी दिएको थियो। पूर्वसरकारविरुद्ध तालिबानले प्रयोग गरेको रणनीति, रिपोर्टहरू अनुसार, इस्लामिक स्टेट लडाकुहरूले उनीहरूको विरुद्धमा प्रयोग गरिरहेका छन्।

इस्लामिक स्टेटका लडाकुहरू, स्थानीय रूपमा ‘दएश’ भनेर चिनिन्छन्, उनीहरु हमला गरेर लुक्ने रणनीतिहरू प्रयोग गरिरहेका छन्। विगतमा, तालिबानले पनि अफगानिस्तानको पूर्वसरकारमाथि आक्रमण गर्न सडकको छेउमा बम राख्ने र गोप्य हत्याहरू गर्ने जस्ता यस्ता गोप्य हमला गर्दै आएको थियो।

इस्लामिक स्टेटले तालिबानलाई ‘विश्वासघाती’ भएको आरोप लगाउँछ किनभने यो इस्लामको बारेमा कट्टरपन्थी छैन, जबकि तालिबानले आइएसलाई धर्मद्रोही र चरमपन्थी भएको आरोप लगाउँछ।

तालिबानको अन्तरिम सरकारलाई छैन मान्यता

तालिबानले सेप्टेम्बरमा अन्तरिम सरकार गठनको घोषणा गरे पनि यो सरकारलाई अहिलेसम्म कुनै पनि देशले मान्यता दिएको छैन। अमेरिकालगायत अन्य देशहरूले तालिबानसँग समावेशी सरकार गठनको माग गर्दै आएका थिए तर सेप्टेम्बरमा तालिबानले अन्तरिम सरकार गठनको घोषणा गर्दा जुन तस्बिर उभिएको थियो, त्यो तालिबानसँग छलफल गर्ने देशहरूको अपेक्षाअनुसार थिएन। तालिबानको अन्तरिम सरकारमा यस्ता धेरै अनुहार थिए जो अमेरिकी एजेन्सी एफबिआइको ‘वान्टेड आतंकवादी’ सूचीमा थिए। अन्तरिम सरकारमा महिलालाई समावेश पनि गरिएको छैन।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भने, ‘तालिबानले उनीहरूले लिएको निर्णयका आधारमा मूल्यांकन गरिने छ।’ तालिबानका सबै प्रयास र अपिलका बाबजुद पनि विश्वको कुनै पनि देशले अन्तरिम सरकारलाई मान्यता दिएको छैन।

विश्वका धेरै देशले तालिबानले समावेशी सरकार नबनाउँदासम्म, महिलालाई काम गर्न र केटीहरूलाई पढ्न नदिएसम्म तालिबान सरकारलाई मान्यता नदिने बताएका छन्। तालिबानले काबुल कब्जा गरेपछि अधिकांश महिला कामदारहरू घरमै थुनिएका छन्। काबुलमा महिलाहरूले प्रदर्शन जारी राखेका छन्, तर स्थिति खासै परिवर्तन भएको छैन। महिला पत्रकारले पनि काम गर्न पाउँदैनन्। स्वास्थ्य क्षेत्रमा कार्यरत महिलासहित केही महिलाले मात्रै काम गर्न पाएका छन्। यसबीच तालिबानलाई पनि सबै देशले आफ्नो भूमि आतंकवादी गतिविधिका लागि प्रयोग गर्न नदिन आग्रह गरेका छन्।

भोक र गरिबी

तालिबानले काबुल कब्जा गरेपछि अफगानिस्तानको अगाडि भोकमरीको समस्या पनि खडा भएको छ। देशको अर्थतन्त्र नराम्ररी धराशायी भएको छ। पश्चिमा राष्ट्रहरूले अफगानिस्तानलाई दिँदै आएको सहयोग रोकेका छन्। संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा लाखौं मानिस भोकमरीको जोखिममा रहेको चेतावनी दिएको छ। जाडो मौसममा जनताको चुनौती झनै बढ्न सक्छ। संयुक्त राष्ट्रसंघले विश्वलाई अफगानिस्तानबाट पछि नहट्न र समस्यामा परेकाहरूलाई सहयोग गर्न अपील गरेको छ।

हालै अफगानिस्तानको भ्रमण गरेका डब्लुएफपीका कार्यकारी निर्देशक डेभिड बिस्लेले भने, ‘यहाँको अवस्था तपाईंले कल्पना गरको भन्दा पनि खराब छ। वास्तवमा, हामी अहिले संसारले अनुभव गरेको सबैभन्दा खराब मानवीय संकट बन्ने जोखिममा छौं।’ उनका अनुसार, अफगानिस्तानमा ९५ प्रतिशत जनतासँग पर्याप्त खानेकुरा छैन। त्यहाँका २ करोड ३० लाख जनता भोकमरीमा डुबेको देखिएको छ। आगामी ६ महिना देशका लागि विनाशकारी हुनेछ। यो देश पृथ्वीमा मानवीय नरक बन्न लागेको उनले बताए।

अगस्टमा अफगानिस्तानमा तालिबान सत्तामा आउनुअघि, राष्ट्रपति असरफ घानीको सरकारले अन्तर्राष्ट्रिय समुदायको सहयोगमा यस्ता समस्याबाट पार पाउने अपेक्षा गरिएको थियो। तर, उनको सरकार ढलेपछि सहयोग पाउने विश्वास पनि हराएको छ।

पश्चिमा राष्ट्रहरूले अफगानिस्तानलाई दिँदै आएको सहयोग रोकेका छन्। केटीहरूलाई शिक्षा पाउनबाट रोक्ने र देशमा सरिया कानुन पुन: लागू गर्ने शासनलाई उनीहरू सहयोग गर्न चाहँदैनन्। संयुक्त राष्ट्र संघ र यससँग सम्बद्ध संस्थाहरूले अफगानिस्तानलाई तुरुन्तै सहयोग गर्न विश्वका सबै देश र धनी देशका अर्बपतिहरूलाई अपील गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मीन विश्वकर्माद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आसन्न महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमहामन्त्री

कांग्रेसका ब्यानरले ढपक्कै ढाक्यो भृकुटीमण्डप (तस्बिरसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुन लागेको हो। उद्घाटनका लागि

कांग्रेस महाधिवेशन : शेखरले मागे पौडेलको साथ

नेपाली कांग्रेसको संस्थापइतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहयोग मागेका छन्। बिहीबार पौडेल निवास पुगेर कोइरालाले उनीसँग

सभापतिको दौडबाट कुनै पनि हालतमा पछि हट्दिनँ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन्। काठमाडौंको बानेश्वरमा नेता कृष्णप्रसाद भट्टराईको