डिला सङ्ग्रौलाद्वारा लिखित ‘कांग्रेसको अबको बाटो’ लोकार्पण


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. डिला सङ्ग्रौला ‘पन्त’ ले लेखेको पुस्तक ‘कांग्रेसको अबको बाटो’ लोकार्पण गरेका छन्।

नजिकिइरहेको नेपाली कांग्रेसको १४ औं महाधिवेशनलक्षित पुस्तकमा नेपाली कांग्रेसले आगामी दिनमा के-कस्ता रणनीति अपनाउनुपर्छ? भन्ने सन्दर्भमा विभिन्न ८ खण्डमा बहस गरिएको छ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमा पुस्तक लोकार्पण गर्दै कांग्रेस सभापतिसमेत रहेका देउवाले उक्त पुस्तक पार्टीका आम नेता तथा कार्यकर्ताका लागि मार्गदर्शन बन्ने बताए।

‘यो पुस्तकले महाधिवेशनमा कांग्रेस र यसलाई बुझ्न चाहने नयाँ पुस्ताका कार्यकर्ताहरूका लागि प्रेरणा बन्नसक्छ’ उनले भने।

सभापति देउवाले डा. सङ्ग्रौला पार्टीभित्र महिला अधिकारका लागि लड्ने सशक्त महिला भएको उल्लेख गर्दै पुस्तकको थप सफलताको शुभकामना व्यक्त गरे।

पुस्तककी लेखिका डा. सङ्ग्रौलाले १४ औं महाविधेशनमा पार्टीभित्र व्यापक बहस र छलफल जरुरी रहेको बताइन्। ‘पार्टी रुपान्तरण र महिला सशक्तिकरणका लागि पुस्तकमार्फत अठोट लिएको छु’, उनले भनिन्।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. प्रेमनारायण अर्यालले कांग्रेसका लागि आगामी बाटो चुनौतीपूर्ण रहेको भन्दै नेतृत्वले ती चुनौती चिर्दै अगाडि बढ्नुपर्ने बताए। कांग्रेस बलियो बने मुलुकको विकास हुने उनको भनाइ थियो।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. उद्धव खरेलले पुस्तकमार्फत इतिहासको जगमा भविष्यको कांग्रेस खोजी गरिएको बताए। ‘पुस्तकमा बिपीको चिन्तनअनुसार कांग्रेसको धरातल प्रस्तुत गरिएको छ’, उनले भने, ‘कांग्रेस जान्न र बुझ्न खोज्नेहरुका लागि पुस्तक उपयोगी हुनेछ।’

१३९ पृष्ठको यो पुस्तकमा नेपाली कांग्रेसको संक्षिप्त इतिहास, सैद्धान्तिक स्पष्टता, उपलब्धिहरु, अबको बाटो, राष्ट्रवादको कसीमा कांग्रेस, जनताले चाहेको कांग्रेस, अमूल्य योगदानका अग्रज र १४ औं महाधिवेशनका एजेन्डाहरु प्रस्तुत गरिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
फाइल तस्बिर।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : वरिष्ठ नेता पौडेलद्वारा बहिष्कार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित भएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको अन्तिम

लमजुङमा विद्यार्थी बोकेको जिप दुर्घटना, तीनजनाको मृत्यु

गणेश माध्यमिक विद्यालय सिमपानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले

नुवाकोटमा स्टार अस्पतालको ५० बेडको ‘स्टार नुवाकोट’ सञ्चालनमा

ललितपुर सानेपास्थित स्टार अस्पतालले नुवाकोटमा ‘स्टार नुवाकोट अस्पताल’ सञ्चालनमा ल्याएको छ। उपत्यकाबाहिर बसोबास गर्ने नागरिकलाई पनि विशेषज्ञ सेवामा पहुँच विस्तार

फाइल तस्बिर।
महाधिवेशनपछि देउवा निवर्तमान सभापति : मीनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता एवं रक्षामन्त्री मीनेन्द्र रिजालले १४ औं महाधिवेशनपछि शेरबहादुर देउवा निवर्तमान सभापति बन्ने बताएका छन्। वर्तमान कार्यसमितिको अन्तिम