कोकाकोलाको ‘अन-ग्राउन्ड एक्टिभेसन’ सम्पन्न


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


काठमाडौं – कोकाकोलाले कोभिड महामारीको समयमा फ्रन्टलाइनमा रहेर काम गर्ने सम्पूर्ण कर्मचारीहरुप्रति विशेष रुपमा समर्पित अन–ग्राउन्ड एक्टिभेसन सम्पन्न गरेको छ।

आफ्नो नजिकको मान्छेहरु र विशेषगरि महामारीको समयमा अनवरत सेवामा खटिने कर्मचारीहरुप्रति कृतज्ञता ज्ञापन गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन गरिएको एक्टिभेसन कार्यक्रम कोकाकोलाको दसैं क्याम्पेन अन्तर्गत धन्यवाद शीर्षकको एक हिस्सा थियो।

उक्त अन–ग्राउन्ड एक्टिभेसन कार्यक्रमको दौरानमा कोकाकोलाले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), स्टार अस्पताल (काठमाडौं) र ह्याम्स अस्पताल (काठमाडौं) लगायत नेपालको प्रमुख ५ कोभिड अस्पतालहरुसँग सहकार्य गरेको थियो।

यसैगरि एम्बुलेन्स सेवा प्रदायक नेपाल एम्बुलेन्स सेवा, वुमन फर ह्युमन राइट्स र क्रिएशन इनको सञ्जालअन्तर्गत फोहोर व्यवस्थापनमा संलग्न कामदारलगायत महामारीको समयमा उल्लेखनीय योगदान पुर्याउने अन्य १३ गैरसरकारी संस्थाहरुसँग पनि कोकाकोलाले सहकार्य गरेको थियो।

यो क्याम्पेनको दौरानमा कोकाकोलाले अग्रपंक्तिमा रहेर काम गर्ने सेवा प्रदायकलाई उपहारको रुपमा उनीहरुको नाम छापिएको कोक बोटल र कोकाकोला कन्टोर ग्लास भएको पर्सनलाइज्ड धन्यवाद गिफ्ट बक्स प्रदान गरेको छ।

ह्याम्स अस्पतालको कोभिड वार्डमा निरन्तर कार्यरत नर्स ज्योति अधिकारीले भनिन्, ‘यस्तो संकटसँग जुध्दै गर्दा कोकाकोलाजस्तो प्रतिष्ठित ब्रान्डले हाम्रो कामको प्रशंसा गरिदिँदा हामी उत्साहित भएका छौं र यसले हामीलाई अझै राम्रो सेवा गर्ने प्रोत्साहित गरेको छ।’

अभियानको बारेमा बोल्दै कोकाकोला नेपालको कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने, ‘यो वर्षको दसैंमा हामीले सम्पूर्ण फ्रन्टलाइन हिरोहरुलाई हृदयदेखि नै आभार व्यक्त गर्ने एउटा सानो प्रयास स्वरुप कार्यक्रम सञ्चालन गरेका थियौं। यो महामारीको समयमा पनि हामी र हाम्रो समुदायको सुरक्षाको लागि निःस्वार्थ प्रतिवद्धताका साथ वहाँहरुले गर्नुभएको अनवरत परिश्रमलाई हामी सम्मान गर्दछौं।’

आफ्नो कठिन समयमा साथ दिने साथी/नातेदारलाई ‘धन्यवाद’ लेखिएको कोकको बोटलको साथमा आभार व्यक्त गर्न आफ्नो उपभोक्तालाई हौसला र प्रोत्साहन दिने उद्देश्यको साथ कोकाकोलाले गत सेप्टेम्बरमा धन्यवाद शीर्षक दसैं क्याम्पेन ल्याएको थियो। आमा, बुवा, दाजु, भाई, दिदी, बहिनी, साथी र सेवाकर्मी गरी ८ वटा सम्बन्धहरुको लागि ‘धन्यवाद’ लेखिएको नयाँ कोक बोटल बजारमा आएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मीन विश्वकर्माद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आसन्न महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमहामन्त्री

कांग्रेसका ब्यानरले ढपक्कै ढाक्यो भृकुटीमण्डप (तस्बिरसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुन लागेको हो। उद्घाटनका लागि

कांग्रेस महाधिवेशन : शेखरले मागे पौडेलको साथ

नेपाली कांग्रेसको संस्थापइतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहयोग मागेका छन्। बिहीबार पौडेल निवास पुगेर कोइरालाले उनीसँग

सभापतिको दौडबाट कुनै पनि हालतमा पछि हट्दिनँ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन्। काठमाडौंको बानेश्वरमा नेता कृष्णप्रसाद भट्टराईको