धवलशमशेरको साथ लिएर राजेन्द्र लिङ्गदेनले गरे अध्यक्ष पदमा उम्मेदवारी घोषणा


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता राजेन्द्र लिङ्गदेनले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। नेपालगञ्जका मेयर धवलशमशेर राणाको साथ लिएर लिङ्गदेनले बिहीबार काठमाडौंबाट अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

अहिलेका अध्यक्षत्रयबाट राप्रपा चल्न नसक्ने भएकाले आफूले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेको लिङ्गदेनले बताए।

नयाँ नेतृत्वबाटमात्र पार्टी अगाडि बढ्नसक्ने आमकार्यकर्ताको बुझाइ आग्रहअनुसार अध्यक्ष पदमा उम्मेदवारी दिएको उनको भनाइ थियो। नेतृत्व परिवर्तनका लागि आफूहरूले पुस्तान्तरणको अभियान सुरू गरेको लिङ्गदेनले जिकिर गरे।

‘नेतृत्व परिवर्तन हुनुपर्छ र नयाँ नेतृत्वले नै पार्टी अगाडि बढ्नसक्ने आमकार्यकर्ताको बुझाइ छ,’ उनले भने, ‘हामीले उहाँहरूविरूद्ध उम्मेदवारी दिएको होइन। समयले परिवर्तन खोजेको छ।’

उनले अध्यक्षहरूले पद छोड्न नमानेपछि अहिले विद्रोहको अवस्था आएको उल्लेख गरे।

पार्टी स्थापना भएको ३१ वर्षमा राप्रपाका कार्यकर्ता खुसी हुन नपाएको लिङ्गदेनले दाबी गरे। ‘३१ वर्षमा राप्रपाका कार्यकर्ता खुसी हुन पाएका छैनन्, पार्टी खिइँदै, दुब्लाउँदै गएको छ,’ उनले भने, ‘पार्टी एकीकरण भएको दुई वर्षसम्म नेतात्रय निष्क्रिय हुनुहुन्छ। उहाँहरूले पार्टीलाई बन्धक बनाउनु भएको छ।’

एउटा व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने गरी विधानमा व्यवस्था गर्ने आफ्नो सोच उनले सुनाए।

लिङ्गदेनले पार्टीका तीनैजना अध्यक्षलाई अभिभावकको भूमिकामा बस्न आग्रह गरे।

महाधिवेशनपछि राप्रपालाई सशक्त दलको रूपमा स्थापना गर्ने उनले दाबी गरेका छन्। राजसंस्था र हिन्दुपक्षधरलाई समेटेर वृहत्त शक्ति निर्माण गरिने लिङ्गदेनले बताए।

राणाले अहिले नेतृत्व परिवर्तन गर्न नसकिए फेरि अर्को महाधिवेशन कुर्नुपर्ने बताए। ‘मै हुँ नेता’ भन्ने प्रवृत्तिको अन्त्य गर्न पनि नेतृत्व परिवर्तन आवश्यक रहेको उनले बताए।

‘अहिले नेतृत्व परिवर्तन गर्न नसके पार्टी अगाडि बढ्न सक्ने अवस्था छैन,’ उनले भने,‘व्यक्तिको मुख हेर्ने होइन। पार्टी र देशको भविष्यका लागि नेतृत्व परिवर्तन जरूरी छ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मीन विश्वकर्माद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आसन्न महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमहामन्त्री

कांग्रेसका ब्यानरले ढपक्कै ढाक्यो भृकुटीमण्डप (तस्बिरसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुन लागेको हो। उद्घाटनका लागि

कांग्रेस महाधिवेशन : शेखरले मागे पौडेलको साथ

नेपाली कांग्रेसको संस्थापइतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहयोग मागेका छन्। बिहीबार पौडेल निवास पुगेर कोइरालाले उनीसँग

सभापतिको दौडबाट कुनै पनि हालतमा पछि हट्दिनँ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन्। काठमाडौंको बानेश्वरमा नेता कृष्णप्रसाद भट्टराईको