गुणको पोखरा–भरतपुर उडान सुरु


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


काठमाडौं-

निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले पोखराबाट भरतपुरका लागि नियमित व्यावसायिक उडान सुरु गरेको छ।

आन्तरिक पर्यटनमा योगदान दिने उद्देश्यसाथ सुरु गरिएको उडानको पहिलो दिनको यात्रु चापबाट उत्साहित भएको एयरलाइन्सले जनाएको छ।

त्यसैगरी गुणले आज बिहीबारबाट पोखरा–भैरहवा र भोलि शुक्रबारबाट पोखरा–नेपालगन्जका लागि दैनिक अन्तरप्रदेश उडान गर्ने भएको छ। यसबाट आन्तरिक पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने तथा प्रमुख सहरबीच पुलको काम गर्ने कम्पनीको भनाइ छ।

दुईथान ‘बिचक्राफ्ट’ र पाँचथान ‘जेटस्ट्रिम’ गरी सात जहाजबाट उडान सुरु गरेको गुणले हाल काठमाडौंबाट भरतपुर, पोखरा, तुम्लिङटार, भैरहवा, नेपालगन्ज, विराटनगर, सिमरा र जनकपुरका लागि नियमित सेवा दिइरहेको छ।

गुणका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले चाँडै नै सुर्खेत र भद्रपुरका लागि उडान सुरु गर्ने तयारी भइरहेको जानकारी दिए। यात्रुलाई सुरक्षित र भरपर्दो सेवा दिन कुनै कसर बाकी नराख्ने र सोहीअनुसार उडान थप्दै बजार हिस्सा बढाउँदै लगिने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मीन विश्वकर्माद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आसन्न महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमहामन्त्री

कांग्रेसका ब्यानरले ढपक्कै ढाक्यो भृकुटीमण्डप (तस्बिरसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुन लागेको हो। उद्घाटनका लागि

कांग्रेस महाधिवेशन : शेखरले मागे पौडेलको साथ

नेपाली कांग्रेसको संस्थापइतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहयोग मागेका छन्। बिहीबार पौडेल निवास पुगेर कोइरालाले उनीसँग

सभापतिको दौडबाट कुनै पनि हालतमा पछि हट्दिनँ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन्। काठमाडौंको बानेश्वरमा नेता कृष्णप्रसाद भट्टराईको