‘सारेगमप लिटिल च्याम्प्स’ मा काठमाडौंका एकमात्र प्रतिस्पर्धी प्रयुष


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


काठमाडौं-

बालबालिकाहरूको गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ का शीर्ष १३ प्रतियोगीबीच कडा प्रतिस्पर्धा भइरहेको छ। यो शोमा काठमाडौंबाट प्रतिनिधित्व गर्ने एकमात्र प्रतिस्पर्धी हुन् प्रयुष गौतम।

ग्यालेक्सी४के टेलिभिजनमा प्रशारण भइरहेको सारेगमप लिटिल च्याम्प्समा हजारौं सहभागीलाई पछाडि पार्दै उत्कृष्ट १३ भित्र पर्न सफल प्रयुष काठमाडौं चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकापका स्थायी बासिन्दा हुन्। सानो उमेरबाटै गीत गाउन थालेका प्रयुष अहिले १० वर्षका भए।

कुनै पनि व्यावसायिक संगीत गुरुबाट प्रशिक्षण नलिएका प्रयुष आफ्नै बुबा सरोजलाई संगीतको गुरु मान्ने गरेको बताउँछन्। त्यसमा आमा अप्सराको प्रोत्साहनले थप हौसला मिलेको उनी बताउँछन्।

‘धेरै मिहिनेत गरेर शीर्ष १३ जनाभित्र पर्न सफल भएको छु,’ प्रयुषले भने, ‘एक राम्रो गायक बन्ने मेरो सपना साकार पार्ने जिम्मा सबै दर्शक तथा स्रोताको हातमा छ। मलाई धेरैभन्दा धेरै भोट दिनुहुन सबैलाई अनुरोध गर्दछु।’

प्रयुषलाई भोट हाल्न मोबाइलको मेसेज बक्समा गएर SGMP<space>11 टाइप गरी 33001 पठाउन सकिन्छ भने अनलाइन भोट हाल्न voting.momoappnepal.com मा गएर भोट दिन सकिन्छ।

‘प्रयुष सानै उमेरदेखि गीत गाउन मन गर्थ्यो,’ उनका बुबा सरोजले भने, ‘सारेगमप लिटिल च्याम्प्समा गएर हजारौंलाई पछाडि पार्दै शीर्ष १३ भित्र पर्छ भन्ने चाहिँ हामीले कल्पना पनि गरेका थिएनौं। आज छोराको मिहिनेतले रङ देखाइरहेको छ। हामी औधी खुसी छौं। सबैजनालाई बढिभन्दा बढी भोट प्रयुषलाई दिन आग्रह गर्छौं।’

सारेगमप लिटिल च्याम्प्समा वरिष्ठ संगीतकार न्ह्यु बज्राचार्य, गायिका इन्दिरा जोशी र गायक तथा संगीतकार कालिप्रसाद बास्कोटा जज रहेका छन् भने १५ गायक तथा संगीतकारहरूकाे ग्रान्ड जुरी रहेको छ।

प्रतिस्पर्धीले निर्णायकहरूबाट ५० र दर्शक तथा स्रोताको भोटका आधारमा ५० अंक जोडेर कूल अंक पाउने गर्छन्। प्रत्येक साता सबैभन्दा कम भोट पाउने प्रतियोगी शोबाट बाहिरिने गर्छन्। यो शो प्रत्येक शुक्रबार र शनिबार राति ९ बजे ग्यालेक्सी४के टेलिभिजनमा प्रशारण हुँदै आएको छ।

आफूलाई मनपरेका प्रतियोगीलाई शुक्रबार राति ९ बजेबाट सोमबार मध्याह्न १२ बजेसम्म भोट हाल्न पाइन्छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मीन विश्वकर्माद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आसन्न महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमहामन्त्री

कांग्रेसका ब्यानरले ढपक्कै ढाक्यो भृकुटीमण्डप (तस्बिरसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुन लागेको हो। उद्घाटनका लागि

कांग्रेस महाधिवेशन : शेखरले मागे पौडेलको साथ

नेपाली कांग्रेसको संस्थापइतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहयोग मागेका छन्। बिहीबार पौडेल निवास पुगेर कोइरालाले उनीसँग

सभापतिको दौडबाट कुनै पनि हालतमा पछि हट्दिनँ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन्। काठमाडौंको बानेश्वरमा नेता कृष्णप्रसाद भट्टराईको