एमाले महाधिवेशनको तयारी अन्तिम चरणमा, ५ लाखभन्दा बढी सहभागी हुने


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) को १० औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। शुक्रबारदेखि चितवनमा सुरू हुनलागेको महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एमालेले जनाएको हो।

महाधिवेशनको पूर्वसन्ध्यामा बिहीबार नारायणी किनारमा पत्रकार सम्मेलनको आयोजना गरेर एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले तयारीको सयतप्रतिशत नजिक पुगिसकेको जानकारी दिए।

‘सबै तयारी पूरा भइसकेका छन्, हामी तयारीको सय प्रतिशत नजिक पुगिसकेका छौं,’ उनले भने,‘अब फिनिसिङ्ग गर्ने काम बाँकी छ। रातभरमा त्यो पनि सकिन्छ।’

भट्टराईले महाधिवेशनमा पार्टीका प्रतिनिधि, कार्यकर्ता, समर्थक, शुभेच्छुक गरी देशभरबाट ५ लाखभन्दा बढीको सहभागिता रहने दाबी गरे।

उनले महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाका राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुने जानकारी दिए। यद्यपि कोभिडका कारण चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधि सहभागी नभए पनि भिडियो सन्देश आफूहरूलाई प्राप्त भएको भट्टराईले बताए।

यसका साथै नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरू उद्घाटन कार्यक्रममा सहभागी हुने उनले जानकारी दिए।

उनले भूगोल, जनसंगठन, विभाग, सम्पर्क र प्रवास कमिटी गरी २ हजार १७५ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने बताएका छन्।

प्रतिनिधिहरूका लागि शुक्रबार १२ बजेको उद्घाटन सत्रपछि सौराहामा आवास र रातिको खानाको व्यवस्थापन गरिएको छ।
शनिबार बिहान ८ बजेदेखि सुरू हुने बन्द सत्रलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीका साथै विदेशी पाहुनाले सम्बोधन गर्ने कार्यक्रम रहेको भट्टराईले बताए।

उनले बन्द सत्रपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने र ६ बजे उम्मेदवारको अन्तिम सूची प्रकाशित गरिने जानकारी दिएका छन्।
आइतबार बिहान ८ बजेबाट इलोक्ट्रोनिक भोटिङ मेसिन (इभिएम) बाट मतदान गरी साँझ मत परिणाम सार्वजनिक गर्ने तयारी एमालेले गरेको छ। सोमबार चितवन घोषणापत्र सार्वजनिक गर्दै एमालेको १० औं महाधिवेशन सकिनेछ।

भारतीय जनता पार्टीका दुई नेता आउँदै

नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन कार्यक्रममा भाग लिन भारतीय जनता पार्टी (भाजपा) का दुई नेता आउने भएका छन्।

उद्घाटन सत्रमा भाजपाका पूर्वकेन्द्रीय मन्त्री डा.हर्षवर्धन र भाजपाका राष्ट्रिय सचिव हरिश द्विवेदी नेपाल आउन लागेको एमालेले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लमजुङमा विद्यार्थी बोकेको जिप दुर्घटना, तीनजनाको मृत्यु

गणेश माध्यमिक विद्यालय सिमपानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले

नुवाकोटमा स्टार अस्पतालको ५० बेडको ‘स्टार नुवाकोट’ सञ्चालनमा

ललितपुर सानेपास्थित स्टार अस्पतालले नुवाकोटमा ‘स्टार नुवाकोट अस्पताल’ सञ्चालनमा ल्याएको छ। उपत्यकाबाहिर बसोबास गर्ने नागरिकलाई पनि विशेषज्ञ सेवामा पहुँच विस्तार

फाइल तस्बिर।
महाधिवेशनपछि देउवा निवर्तमान सभापति : मीनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता एवं रक्षामन्त्री मीनेन्द्र रिजालले १४ औं महाधिवेशनपछि शेरबहादुर देउवा निवर्तमान सभापति बन्ने बताएका छन्। वर्तमान कार्यसमितिको अन्तिम

मीन विश्वकर्माद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आसन्न महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमहामन्त्री