हामी भ्रष्टाचारमुक्त प्रधानन्यायाधीशको खोजीमा छौं, आन्दाेलन राेकिँदैन : अध्यक्ष श्रेष्ठ


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


काठमाडौं – नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भ्रष्टाचारमुक्त प्रधानन्यायाधीशको खोजि रहेकाेले वास्तविक न्याय पाउने अवस्था नआउँदासम्म आन्दोलन नरोकिने बताएका छन्।

बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्मको न्याय मार्चपछि कोण सभालाई सम्बोधन गर्दै उनले वास्ताविक न्याय पाउनका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनलाई साथ दिन आग्रह गरे।

‘सर्वोच्च अदालतका १९ न्यायाधीश न्यायकाे पक्षमा उभिएका छन्। तर, न्यायको अन्तिम आशा मानिएको न्यायालयमा चोलेन्द्र बाधक बनेर बसिरहेका छन्। अहिले उनी प्रधानन्यायाधीशका रुपमा छैनन्,’ उनले भने, ‘हामी भ्रष्टाचारमुक्त प्रधानन्यायाधीशको खोजि गरिरहेका छौँ। स्वच्छ निर्भिक न्याय दिने प्रधानन्यायाधीश हामीलाई चाहिएको हो । हाम्रो आन्दोलन रोकिँदैन। सेवाग्राहीले वास्तविक न्याय पाउन आन्दोलनलाई साथ दिनुहोस्।’

प्रधानन्यायाधीश जस्तो सम्मानित पदमा बसेका व्यक्तिको कारण आज लज्जाको अबस्था आएको उनले बताए। न्यायालय मार्फत भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा त्यहीँ संस्थामा भ्रष्ट व्यक्ति नेतृत्वमा रहेकाले गरिवले न्याय पाउन नसकेको बताउँदै प्रधानन्यायाधीश जबरा न्यायालयमा उपस्थित हुन सक्षम नभएको पनि उनले बताए।

उनले अब नागरिक पनि आन्दोलित भइसकेको बताउँदै आफूहरुको आन्दोलनलाई वेवास्ता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चूनौतीसमेत दिए। उनले भने, ‘ प्रधानमन्त्रीज्यु टुलुटुलु हेरेर बस्ने काम सरकार र संसदको होइन। संरक्षण गर्न खोज्नुभएको होइन भने महाअभियोग लगाउने प्रकृया अगाडि बढाउनुहोस।गोलाप्रथाबाट पेसी तोकिएपछि फैसलाका लागि पैसा लिएका मुद्दा पनि प्रधानन्यायाधीशले अब फैसला गर्न पाउँदैनन्।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
फाइल तस्बिर।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : वरिष्ठ नेता पौडेलद्वारा बहिष्कार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित भएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको अन्तिम

लमजुङमा विद्यार्थी बोकेको जिप दुर्घटना, तीनजनाको मृत्यु

गणेश माध्यमिक विद्यालय सिमपानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले

नुवाकोटमा स्टार अस्पतालको ५० बेडको ‘स्टार नुवाकोट’ सञ्चालनमा

ललितपुर सानेपास्थित स्टार अस्पतालले नुवाकोटमा ‘स्टार नुवाकोट अस्पताल’ सञ्चालनमा ल्याएको छ। उपत्यकाबाहिर बसोबास गर्ने नागरिकलाई पनि विशेषज्ञ सेवामा पहुँच विस्तार

फाइल तस्बिर।
महाधिवेशनपछि देउवा निवर्तमान सभापति : मीनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता एवं रक्षामन्त्री मीनेन्द्र रिजालले १४ औं महाधिवेशनपछि शेरबहादुर देउवा निवर्तमान सभापति बन्ने बताएका छन्। वर्तमान कार्यसमितिको अन्तिम