कांग्रेस महाधिवेशन : काठमाडौंमा द्विपक्षीय भीडन्त


आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि

Amrit Dahal
अब कांग्रेस इतिहास सिरानी हालेरमात्र बस्दैन

हामी पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको


काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा नेताहरूको आन्तरिक गठबन्धन बन्ने क्रम सुरू भएको छ।

काठमाडौं जिल्ला अधिवेशनका लागि नेताहरूबीच तीब्र ध्रुवीकरण देखिएको हो।

नेपाली कांग्रेसको महाधिवेशन तालिकाअनुसार एकभन्दा बढी निर्वाचन क्षेत्र भएका काठमाडौंसहितका जिल्लामा शुक्रबार जिल्ला अधिवेशन हुँदैछ।

यद्यपि, प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशन हुन नसकेका जिल्लाहरूमा भने पछि अधिवेशन हुनेछ।

काठमाडौं जिल्ला अधिवेशनका लागि सभापति शेरबहादुर देउवा र तेस्रो धारको नेतृत्व गर्दै आइरहेका कृष्णप्रसाद सिटौलाबीच गठबन्धन बनेको छ।

देउवा–सिटौला समूहले पूर्वमन्त्री भिमसेनदास प्रधान नजिकका उपेन्द्र कार्कीलाई जिल्ला सभापतिको उम्मेदवारमा अघि सारेको छ।
कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले समूहको तर्फबाट कार्कीलाई सभापतिको उम्मेदवार घोषणा गरेका छन्।

महतले बिहीबार पत्रकार सम्मेलनमार्फत कार्कीलाई काठमाडौं जिल्ला सभापतिको उम्मेदवार घोषणा गरेका हुन्।

‘देउवा टिमबाट उपेन्द्र कार्की सभापतिमा उठ्नुहुनेछ,’ उम्मेदवारी घोषणा कार्यक्रममा महतले भने,‘पार्टी जीवनमा आन्तरिक प्रतिस्पर्धा सामान्य विषय हो।’

यता, संस्थापइतरविरूद्ध नेता प्रकाशमान सिंह र गगन थापाबीच गठबन्धन बनेको छ। प्रकाशमान–गगन समूहले काठमाडौं जिल्ला सभापतिमा कृष्णसबजु बानियाँलाई अघि सारेको छ।

बानियाँ बहालवाला सभापतिसमेत हुन्। प्रकाशमाननिकट उनी सभापतिमा दोहोरिन चाहेको बताइएको छ।

कांग्रेसको विभिन्न तहको अधिवेशनमा प्रकाशमान–गगन समूहको बलियो पकड देखिएको छ। वडा, पालिका, प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा प्रकाशमान–गगन समूहले अधिकांश स्थानमा जित हात पारेको छ।

वडा तहको अधिवेशनदेखि सहकार्य गर्दै आइरहेको प्रकाशमान–गगन समूहले काठमाडौंको १० निर्वाचन क्षेत्रमध्ये ८ मा क्षेत्रीय सभापति जितेको छ भने देउवा–सिटौला समूह दुई निर्वाचन क्षेत्रमामात्र जित हात पारेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मीन विश्वकर्माद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आसन्न महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सहमहामन्त्री

कांग्रेसका ब्यानरले ढपक्कै ढाक्यो भृकुटीमण्डप (तस्बिरसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुन लागेको हो। उद्घाटनका लागि

कांग्रेस महाधिवेशन : शेखरले मागे पौडेलको साथ

नेपाली कांग्रेसको संस्थापइतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहयोग मागेका छन्। बिहीबार पौडेल निवास पुगेर कोइरालाले उनीसँग

सभापतिको दौडबाट कुनै पनि हालतमा पछि हट्दिनँ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन्। काठमाडौंको बानेश्वरमा नेता कृष्णप्रसाद भट्टराईको