पुरानै अवस्थामा सबैखाले सेवा दिँदै कोहलपुर मेडिकल कलेज


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले अब कोरोना अघिकै अवस्थामा बिरामीको उपचार गर्ने जनाएको छ। कोरोना महामारीका समयमा अधिकांश अस्पतालले सामान्य बिरामीको उपचार गर्न आनाकानी गरिरहेको गुनासो बढिरहेको समयमा नेपालगन्ज मेडिकल कलेजले भने उच्च सावधानी अपनाएर पुरानै अवस्थामा फर्किने जनाएको हो।

कोरोना कहरका बीच पनि कुनै भेदभाव बिना बिरामीको स्वास्थ्योपचार गरेको अस्पतालका प्रबन्ध निर्देशक डा. सुरेश कुमार कनोडियाले शुक्रबार सञ्चारकर्मीलाई बताए।

‘मध्य तथा सुदूर पश्चिमको रेफरल सेन्टरको रुपमा रहेको शिक्षण अस्पतालले यस क्षेत्रका अति विपन्न बिरामीको नेपाल सरकारले तोकेको मापदन्ड अनुसार विशेष छुट दिई स्वास्थ्य सेवा दिँदै आएका छौं,’ उनले भने।

डा. कनौडियाका अनुसार, कोरोना महामारीले मुलुक आक्रान्त भएको असहज अवस्थामा पनि शिक्षण अस्पतालले यस क्षेत्रका हजारौं बिरामीलाई सहज रुपमा स्वास्थ्य सेवा दिएको छ। 

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नेपाल सरकारले शिक्षण अस्पताल कोहलपुरलाई कोरोना संक्रमित बिरामीको शल्यक्रियासहित उपचार हुने सुबिधा सम्पन्न अर्थात लेभल–३ स्तरको अस्पतालको घोषणा गरेको डा. कनोडियाले बताए। सोही अनुसार  शिक्षण अस्पताल कोहलपुरले कोरोना संक्रमित मध्येका जटिल केशको सोही अनुसार उपचार गरेको उनले जानकारी दिए।

अस्पतालमा भर्ना भएका तीन कोरोना संक्रमितको शल्यक्रिया र उपचारपछि स्वास्थ्य लाभ गरेको उनले जानकारी दिए। अहिले उनीहरू तीनै जनालाई नर्मल वार्डमा राखिएको र अवस्था सामान्य रहेको उनको भनाई छ।

जिल्ला जनस्वास्थ्यको समन्वयमा भेरी अञ्चल अस्पतालले समयमा नै पिसिआर परिक्षण गरी सहयोग गरेकोमा उनले खुशी व्यक्त गरे। ‘विभिन्न समस्याका बाबजुद पनि हामी कोरोना संक्रमितको उपचार गर्न सफल भइरहेका छौं', अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठले भने।

संबेदनशिल अबस्थामा पनि शिक्षण अस्पताल कोहलपुरले सबै किसिमका बिरामीलाई गुणस्तरिय उपचार सेवा दिँदै आएको उनको भनाइ छ। यस्तो बेला उच्च मनोबलका साथ सबै खाले विरामीको उपचारका खटिएका स्वास्थ्यकर्मीप्रति अस्पताल प्रशासनले खुशी व्यक्त गरेको छ।

अस्पतालले असार १४ गते आइतबारबाट बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म पहिले जस्तै सबै सेवा दिने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
१५ न्यायाधीशको अडान- प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म सुनुवाइ गरिँदैन

काठमाडौं – सर्वोच्च अदालतका १५ न्यायाधीशहरुको छलफल सकिएको छ। उनीहरुले सर्वोच्च अदालत परिसरमा मंगलबार दिउँसो भएको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले

चीनमा फेरि लकडाउन, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आदेश

एजेन्सी – कोरोना संक्रमण फैलिएपछि चीनको गान्सु प्रान्तमा लकडाउन घोषणा गरिएको छ । ४० लाख मानिसहरुको बसोबास रहेको लान्जहोउ सहरमा

पहिलो त्रैमासिकमा १९ बैंकको निक्षेप बढ्दा ८ बैंकको भने घट्यो

काठमाडाैं – चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ वाणिज्य बैंकको निक्षेप बढेको छ। नेपाल बैंकर्स संघका अनुसार तरलता अभावका बाबजुद

अब एमालेलाई लोकतान्त्रिक पार्टी बनाउनुपर्छ : ओली

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले अब एमालेलाई पूर्ण लोकतान्त्रिक पार्टी बनाउनुपर्नेमा जोड दिएका छन्। मंगलबार एकैपटक ७५३ वटै स्थानीय