दूध बिक्दैन, भैंसी किनेको ऋण कसरी तिर्नु? 


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


बाँकेको ग्रामीण क्षेत्र राप्तीपारि दूध बेच्नलाई कुनै बिक्री केन्द्र नहुँदा किसानहरू मर्कामा परेका छन्। पशुपालनमा आधारित रहेर घरपरिवार चलाउँदै आएका किसानको लगानीसमेत घाटामा गइरहेको छ। 

बाटोघाटो, शिक्षा तथा स्वास्थ्यमा समेत पछाडि परेको उक्त क्षेत्रमा लगानीअनुसार नाफा नहुनु र सम्बन्धित क्षेत्रले आफूहरूको समस्याबारे ध्यान नदिँदा पशुपालन व्यवसाय पनि धराशायी हुँदै गएको किसानको गुनासो छ। 

पशुपालन नै जीविकोपार्जनको मुख्य आधार भए पनि त्यसबाट उत्पादित दूध, दही र अन्य परिकारको बिक्री वितरण गर्ने ठाउँ नभएपछि गुजारा चलाउन समस्या परेको नरैनापुर गाँउपालिका–५ मटेहियाका किसान महाजन यादव बताउँछन्।

दुःखजिलो गरी भैंसी पालेको भए पनि दूध बिक्री गर्न बजार नपाउँदा आफ्नो श्रम खेर गइरहेको यादवको दुखेसो छ।

नेपालगन्जमा ६० देखि १०० रुपैयाँ प्रतिलिटरमा बिक्री हुने दूध नरैनापुरमा भने ४० रुपैयाँ प्रतिलिटरमात्र बिक्री गर्नुपर्ने बाध्यता रहेको कृषक यादव बताँउछन्।

‘नेपालगन्ज गाउँदेखि ३८ किलोमिटर टाढा रहेको र बाटोको सुविधा नभएकाले समयमा दूध पुयाउन सकिँदैन। सीमापारि भारतको ककरदरीमा लगेर २०–२५ भारुमै दूध बेच्नुपर्छ,’ महाजन यादवले समस्या सुनाए, ‘खरिद गर्ने व्यक्तिले भनेको समयअनुसार पु¥याउन नसकिए दूध नै फर्काएर घरमै ल्याउनुपर्छ अनि त्यत्तिकै बिग्रेर जान्छ।’

नजिकमा डेरी नभएका कारण भारतीय बजारमा लैजानुपर्ने बाध्यता रहेको बताउने यादव मटेहियादेखि नेपालगन्जको दूरी धेरै टाढा रहेकाले स्वदेशमै दूध बिक्री गर्न नपाएकोमा पछुतो मान्छन्।  

बाँकेको अति दुर्गम मानिने नरैनापुर गाउँपालिकाको मटेहियादेखि नेपालगन्जसम्म दूध पुर्‍याउन यातायात र बाटोघाटोको अभावका कारण महँगो शुल्क तिरेर पशुपालन गरे पनि नाफा पाउन नकिएको यादवले भनाइ छ।

छरछिमेकबाट ऋण लिएर भैंसी र गाई पालेका उनी नजिकमा रहेको सामुदायिक बनमा पशुका लागि गौचरन नछुट्याइएकाले महँगोमा दाना किन्छन्। महँगोमा धानको भुस, तोरीको पिनालगायत दाना किन्नुपरेकाले बजार अभावका कारण लगानीअनुसार प्रतिफल नपाउँदा उनी चिन्तित छन्।

अर्का किसान रमेश यादवको पीडा पनि उस्तै छ। अन्य कुनै व्यवसाय नभएर पशुपालनबाटै आयआर्जन गरी घर खर्च चलाउन कर्जा लिएर उनले ७० हजारमा भैंसी किने। तर दूधको बजार नहुँदा ऋण समेत तिर्न नसकेको उनी गुनासो गर्छन्। 

यादवले वर्षभरि गाउँकै जमिन्दारको घरमा काम गर्ने शर्तमा २० हजार ऋण लिएका थिए। त्यसपछि भैंसी किने। तर, दूध उचित मूल्यमा बिक्री गर्न नपाउँदा लगानी खेर गएको अनुभव उनलाई भइरहेको छ।

उनीहरूलाई कृषि र पशुपालनका लागि सरकारी स्तरबाट ऋणको व्यवस्था भएको सुनिए पनि कहाँ र कसरी पाउने भन्ने थाहा छैन। त्यही थाहा नभएकाले आफूहरूको व्यवसाय ओझेलमा पर्दै गइरहेको रमेश यादव बताउँछन्।

छरछिमेकमा मागेअनुसार ऋण नमिल्ने, धितो राख्ने जग्गा र वस्तुभाउ नहुँदा व्यवसायमा चाहे जति लगानी गर्न नसकिएको उनको भोगाइ छ। 

सदरमुकाम केन्द्रित बैंकहरूले जग्गा भएका किसानलाई पनि धितो लिई कर्जा लगानी गर्न नमान्ने गरेकाले किसानहरूले चाहेअनुसार व्यवसाय गर्न नसकिरहेको स्थानीय बुद्धिजीवी भोलानाथ पाठकले बताए। उनका अनुसार सदरमुकामका बैंकहरूमा कर्जाका लागि आफ्नो जग्गाको लालपुर्जालगायतका कागजात लिएर जाँदा राप्ती क्षेत्र विकट भएको भन्दै ऋण दिन अस्वीकार गरेर बैंकहरूले फिर्ता पठाउने गरेको यथार्थता छ।

बाँकेको नरैनापुर गाँउपालिकाका गंगापुर, मटेहिया, नरैनापुर, कालाफाँटा, लक्ष्मणपुर, कटकुर्इंया र राप्तीसुनारी गाँउपालिकाका फत्तेपुर, बैजापुर र

भिनौनालगायतका वडाहरू सदरमुकामदेखि धेरै टाढा छन्। उक्त क्षेत्रमा दूध संकलन, प्रशोधन र बिक्री केन्द्र नरहेकाले झन्डै ५० हजार किसानले पशुपालनबाट हुने लाभ लिन पाइरहेका छैनन्।

सरकारले पनि त्यस क्षेत्रमा किसानका लागि पशुपालनमा कुनै सहयोग नगरेका कारण नोक्सानी पुगेको उनीहरूको गुनासो छ। 

त्यस क्षेत्रमा दुग्ध संकलन केन्द्रको व्यवस्था गर्न सके किसानको आयआर्जन हुनुका साथै सरकारलाई पनि लाखौं राजस्व उठ्ने मटेहियाका स्थानीय ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता सब्बीर खान बताउँछन्।

राप्तीपारिका नामले चिनिएका ती वडाहरूलक्षित गरी मटेहियामा केही समयअगाडि महालक्ष्मी डेरी उद्योग कपिलवस्तुले शाखा विस्तार गरेको छ। महालक्ष्मीको शाखा मटेहिया दूध संकलन केन्द्रले पनि व्यवस्थित ढंगले सेवा सुचारु गर्न नसकेको र किसानहरू जानकारी अभावमा त्यस्तो सेवा सुविधाबाट वञ्चित हुने गरेको नरैनापुरका स्थानीय युवा तेजप्रकाश दीक्षितले बताए।  


प्रतिक्रिया दिनुहोस्
थप समाचार
धामी बनेर श्रीमती र छोरीको हत्या

इलाममा एक पुरुषले श्रीमती र छोरीको हत्या गरेका छन्। देउमाई नगरपालिका-५ का कमल भनिने ३४ वर्षीय पूर्णचन्द्र तामाङले ३५ वर्षीया

६ महिनापछि खुल्यो नयाँ लाइसेन्सको अनलाइन आवेदन

यातायात व्यवस्था विभागले आजबाट ६ महिनादेखि रोकिएको नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन खुला गरेको छ। विभागले

बढ्यो सुनको मूल्य, चाँदी स्थिर

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले उकालो लागेको छ। स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु

आजको मौसम : बदली र वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको