लकडाउनभरि खेतबारीमै रमाए भक्तपुरे किसान


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


लकडाउनमा पनि भक्तपुरकी ५२ वर्षीया सुनमाया कर्माचार्य खुसी छन्। सुनमाया खुसी हुनुको कारण यो वर्ष असार नआउँदै रोपाइँ सक्नाले हो। गत वर्ष असार सकिन लाग्दा पनि रोपाइँ नसिध्याएको उनी सम्झन्छन्। उनी भन्छिन्, ‘यो वर्ष पानी पनि पर्यो। त्यसमाथि लकडाउनका कारण सबै परिवारको सदस्य घरमै हुँदा रोपाइँ चाँडै सकियो।’ 

अरु बेलामा भए सबै आ–आफ्नो काममा व्यस्त हुन्थे। घरको काममा ध्यान दिन पाउँदैनथे। उनी थप्छिन्, ‘अरु बेलामा सबै आ–आफ्नो काममा व्यस्त हुने भएकाले रोपाइँ पनि लम्बिन्थ्यो।’ 

एक हप्तासम्म धान रोप्नुपर्ने काम यसपालि दुई दिनमै सकेको उनी धक फुकाएर सुनाउँछिन्। उनको ४ रोपनी धान रोप्ने जग्गा छ।

त्यस्तै भक्तपुरका शिव खाताखोले रोपाइँ सिध्याएको बताए। यसपालि परिवारको साथसाथै भान्जाभान्जी पनि रोपाइँ गर्न आएकाले ख्यालख्यालमै सकेको अनुभव उनले सुनाए। लकडाउनका कारण अरु काम पनि छैन। त्यसैले खेतको काम समयमै सबै सकियो। ‘धानको बीउ समयमै आएको भए झन् सबैको नै रोपाइँ सकिथ्यो होला,’ उनको बुझाइ छ, ‘अहिले धान रोप्न बाँकी धेरैको बीउ सानो भएकाले हो।’

रोपाइँको काम सकिएर एकातिर एकाथरि किसान खुसी छन् भने अर्काेतिरका किसान दुःखी छन्। त्यसो हुनुको कारण हो यसपटक लकडाउनका कारण तरकारीको भाउ नपाउनु। खेतमा लगाएका बन्दाकोबी (बन्दा) त्यसै कुहाएर पठाउनुपर्दा किसान निरास छन्। त्यस्तै बन्दाको खेती गरेका श्याम खाइतु पनि दुःखी छन्। यसपालि लकडाउनका कारण बन्दाको मूल्य नै नभएको खाइतु बताउँछन्। अरु बेला केजीको ३०–४० रुपैयाँ पर्ने बन्दा यसपालि एक रुपैयाँमा पनि नबिकेको उनी बताउँछन्। उनले भने, ‘यसपालि बन्दाहरू सबै छिमेकीलाई बोलाएर दिनुपरेको छ।’ 

‘अरु बेलामा व्यापारीहरू बन्दा छ भनेर खेत खेतसम्म पुगेर सोध्न आउँथे,’ उनले थपे, ‘तर यसपालि व्यापारीलाई लिन आउनुहुन्छ भनेर सोध्नुपरेको छ।’ लकडाउनका कारण बन्दा सबै कुहाएर पठाउनुपर्ने अवस्था आएको हो। खाइतु भन्छन्, ‘लकडाउनका कारण अहिले बन्दा खाने मान्छे नै छैन, सबै गाउँ गए।’ 

बन्दाकोबी त होटल, रेष्टुरेन्ट र खाजा घरहरूमा जाने हो। अहिले ती सबै बन्द छन्। यसपालिको बन्दा अलि–अलि छिमेकी र बाँकी सबै खेतमा नै मलका रूपमा कुहाउनुपरेको उनले सुनाए। 

भक्तपुरका अधिकांश किसानले अहिले लकडाउनका कारण आफूलाई दैनिक उपभोग गर्नुपर्ने तरकारी आफ्नै बारीमा रोप्न थालेका छन्। एउटै खेतमा पहिला जस्तो एकथरि तरकारी मात्र रोपेनन् उनीहरूले। उनीहरूले अहिले एउटै खेतमा विभिन्न मौसमी खेती गर्न थालेका छन्।

लकडाउनका कारण मौसमी खेती गर्न थालेका सुन्दर सुवाल भन्छन्, ‘लकडाउनका कारण काम पनि छैन, पैसा नि। त्यसैले आफ्नै जग्गा तरकारी फलाउन थालेको।’ अहिले उनको खेतमा सिमी, बोडी, खुर्सानी, भान्टा, काँक्रो र कर्कलो लगाइएको छ।

लकडाउनका बीचमा यसपालि व्यावसायिक कृषि फर्मका किसानहरू पनि दुःखी छन्। रोपाइँका लागि पानी पर्दा धेरै किसान खुसी भएका बेला उनीहरू भने यही हप्ताको हावाहुरी र असिनापानीले लाखौंको आफ्नो बालीनालीमा क्षति पुगेपछि दुःखी भएका छन्। नगदेबालीको रूपमा गोलभेँडा खेती गरेका किसानहरू दुःखी छन्। पानी र हावाहुरी र असिनाले गोलभेँडा खेती नष्ट पारेको छ उनीहरूको।

भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा ३ झौखलेमा व्यावसायिक गोलभेँडा उत्पादन गरिरहेका पूर्णभक्त दुवालले आफ्नो मात्रै नभई धेरै किसानका गोलभेँडाका टनेल उडाएर थिच्नुपरेको सुनाए। उनले गोलभेँडा लाखौं रुपैयाँ बराबरको नष्ट भएको जानकारी गराए। ‘सधैं परम्परागत रूपमा धान र गहुँमै सीमित भएर भएन,’ उनले भने, ‘त्यही भएर तरकारी खेती गरेको थिएँ, डुबियो।’ नगदेबालीको पनि उत्थान गर्नुपर्यो भनेर त्यसतर्फ लागेको उनले बताए। 

लकडाउनका कारण भक्तपुरका किसानहरू खेतीपातीमा नै व्यस्त छन्। सामाजिक दूरी कायम गरी विशेषतः उनीहरू धान रोपाइँमा व्यस्त छन्। लकडाउनका कारण घरमा बस्दाबस्दै वाक्कदिक्क भएका उनीहरू एकातिर घर बाहिर निस्कन पाएर, अर्काेतिर काम फत्ते भएर अनि अर्काेतिर खेती गर्दा शारीरिक व्यायाम भएर मख्ख छन् यतिखेर। 

तथ्यांकअनुसार भक्तपुरको कुल उत्पादन योग्य जमिनमध्ये ४ हजार ६ सय ४८ हेक्टरमा धान रोपाइँ हुने गरेको छ। भक्तपुरमा प्रतिहेक्टर ६ दशमलब २ टन धान उत्पादन हुने गरेको तथ्यांक छ। समयमै पानी पर्ने हो र मौसमले साथ दिए भक्तपुरमा धान उत्पादनमा वृद्धि हुने अनुमान छ।

भक्तपुरमा चारवटा नगरपालिका छन्। यो गाविसविहीन जिल्ला हो। यहाँका चारमध्ये पुराना भक्तपुर र मध्यपुर थिमि नगरपालिका मानवबस्तीले भरिएकाले त्यहाँ खेतीयोग्य जमिन खासै छैन। तर नयाँ नगरपालिकाका रूपमा रहेको सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्रमा भने प्रसस्त मात्रामा खेतीयोग्य जमिन छन् र त्यहाँ धानबाली लगाइन्छ। 

देशभर जस्तै यहाँको मुख्य बाली पनि धान नै हो। यहाँका किसान अझै पनि मिहिनेतका साथ खेती किसानी गर्छन्। यहाँका कुनै पनि खेत बाँझो रहँदैन। किसानहरू आ–आफ्नो बाँकी रहेका एक दुई रोपनी खेतमा आफैं धानबाली लगाउँछन्।

यहाँका अधिकांस खेत आकासेपानीको भरमा छ। ढलको व्यवस्था नहुँंदा आकासबाट पानी परेकै बेला खेत पुगेर धान रोप्न यहाँंका किसान बाध्य छन्। भएको कति ठाउँका ढल पनि मासिएको छ। आवश्यक मर्मत सुधारका लागि पहल नहुँदा भएका ढल पनि अलपत्र छन्। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलो त्रैमासिकमा १९ बैंकको निक्षेप बढ्दा ८ बैंकको भने घट्यो

काठमाडाैं – चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ वाणिज्य बैंकको निक्षेप बढेको छ। नेपाल बैंकर्स संघका अनुसार तरलता अभावका बाबजुद

अब एमालेलाई लोकतान्त्रिक पार्टी बनाउनुपर्छ : ओली

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले अब एमालेलाई पूर्ण लोकतान्त्रिक पार्टी बनाउनुपर्नेमा जोड दिएका छन्। मंगलबार एकैपटक ७५३ वटै स्थानीय

केरुङमा सामान रोकेर सरकारलाई ‘तर्साउन खोज्दै’ चीन

हिमालयपार व्यापार वाणिज्य संघका अध्यक्ष श्रेष्ठका अनुसार चीन केरुङभन्दा तातोपानी नाकामा सकारात्मक छ। तातोपानीबाट दसैंअघि दैनिक १० गाडी पठाइएकोमा त्यसलाई

परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित थियो : केपी ओली

अदालतलाई तमासाको थलो नबनाएर जनताको विश्वासको थलो बनाउनुपर्नेमा उनले जोड दिए। परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित रहेको अहिले प्रमाणित