पानी पर्नासाथ झापामा बाढीको कहर


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


केही दिनदेखि परेको निरन्तर वर्षासँगै कनकाइ माइमा आएको बाढीले  झापा गाउँपालिकाका  चार वटा वडा जोखिममा परेका छन्।

जनताको तटबन्धन अन्तरगत माइ खोलामा बाँधिएको अस्थायी बाँध बाढीले   कटान सुरु  गरेपछि ति वडा जोखिममा परेका हुन्। झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले कटानका कारण स्थानीय त्रसित बनेको बताए।

पूर्णरूपमा  बाँध फुटेमा झापा गाउँपालिकाका १, २, ३ र ७ नम्बर वडा प्रभावित हुने साहले बताए । दुई वर्ष अघि बाँधिएको बाँधमा कटान सुरु भएको हो। पश्चिमतर्फबाट बगेको माइ धार परिवर्तन गरी पूर्वतर्फ बगेपछि बाँध कटान भएको हो।

दुई हजार २५० मिटर लामो टप्पु र जनता टोलमा रहेको अस्थायी बाँध मध्ये लगभग  ३ सय मिटर कटान भएको  जनताको तटबन्धन कार्यक्रम गैंडेका इन्जिनियर यादव बरालले बताए।

मौसमले साथ दिए  आपत्कालीन रोकथाम गर्न सकिने बरालले जानकारी दिए । बाढीले कटान गरेको ठाउँमा शुक्रबारदेखि नै स्काभेटरको प्रयोग गरेर रोकथामको कार्य शुरु गरिएको छ।

बाँधमा थप क्षति हुन नदिन स्थानीय, जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहभागितामा मर्मत सम्भार भइरहेको  छ।

यता बिर्तामोड भद्रपुर सडकको सैनिकमोड सडकखण्ड डुबानमा परेको छ। जमेको  पानीको निकास नहुँदा मेची आँखा अस्पताल छेउको निर्माणाधिन सडकमाथिबाट पानी बग्न थालेको हो। 

पानी  सडकमाथिबाट बग्न थालेपछि आसपासका घरहरु डुबानमा परेको सैनिकमोडका इन्द्रबाबु बुढाथोकीले बताए। मेची आँखा अस्पताल आसपासको पानीको निकास अबरुद्ध गरिदा समस्या भएको हो। 

बिर्तामोड—भद्रपुर सडक  समयमा निर्माण सम्पन्न नहुँदा यात्रुहलाई आवतजावतमा  कठिनाइ भएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानन्यायाधीश-न्यायाधीश विवाद : सर्वोच्चमा आज पनि भएन मुद्दाको सुनुवाइ

काठमाडौं – प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा कुनै पनि मुद्दाको सुनुवाइ हुन सकेन। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले

१५ न्यायाधीशको अडान- प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म सुनुवाइ गरिँदैन

काठमाडौं – सर्वोच्च अदालतका १५ न्यायाधीशहरुको छलफल सकिएको छ। उनीहरुले सर्वोच्च अदालत परिसरमा मंगलबार दिउँसो भएको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले

चीनमा फेरि लकडाउन, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आदेश

एजेन्सी – कोरोना संक्रमण फैलिएपछि चीनको गान्सु प्रान्तमा लकडाउन घोषणा गरिएको छ । ४० लाख मानिसहरुको बसोबास रहेको लान्जहोउ सहरमा

पहिलो त्रैमासिकमा १९ बैंकको निक्षेप बढ्दा ८ बैंकको भने घट्यो

काठमाडाैं – चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ वाणिज्य बैंकको निक्षेप बढेको छ। नेपाल बैंकर्स संघका अनुसार तरलता अभावका बाबजुद