सुदूरपश्चिममा थपिए २३३ संक्रमित


Dhairyakant Dutta
हेर्नुछ अब राणा साहेबको हविगत!

सर्वोच्च अदालतमा विश्वनाथ उपाध्याय देखि हाल बहालवाल बाहेक २१ जना

Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको


सुदूरपश्चिम प्रदेशमा आज दुई सय ३३ जनामा कोरोना पुष्टि भएको छ।  देशका बिभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा सुदूरपश्चिमका २ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।

मन्त्रालयले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, त्रिभुवन शिक्षण अस्पताल काठमाडौं, धनगढी प्रयोगशाला र विर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा गरि  दुई सय ३३ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ सय १० जना, त्रिभुवन शिक्षण अस्पतालमा ८२ जना, सेती प्रादेशीक अस्पताल प्रयोगशालामा ३५ जना र बिर अस्पतालमा ६ जना गरि जम्मा २ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज बाजुराका ८६ जना, डोटीका ६१ जना, कैलालीका २५ जना, बैतडीका २४, अछामका १३, डडेल्धुरा र बझाङका ८/८ र  कञ्चनपुरका तीन जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा डोटीका १५ महिला र ३१ पुरुष गरी ४६ जना, बैतडीका ६ महिला र १८ पुरुष गरी २४ जना, कैलालीका दुई महिला र ६ पुरुष गरी ८ जना, डडेल्धुराका दुई महिला र ६ पुरुष गरी ८ जना, बाजुराका एक महिला र तीन पुरुष गरी चार जना, कञ्चनपुरका तीन पुरुष, अछामका एक महिला र १२ पुरुष गरी १३ जना र बझाङका चार पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।

उनका अनुसार  शिक्षण अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा बाजुराका ३२ महिला र ५० पुरुष गरी ८२ जनामा कोरोना पुष्टि भएको छ भने विर अस्पतालको प्रयोगशालामा बझाङका एक महिला र तीन पुरुष गरी चार जनामा संक्रमण पुष्टि भएको छ। सोही प्रयोगशालामा डोटीका दुई पुरुषमा पनि कोरोना पुष्टि भएको छ। 

यता धनगढी प्रयोगशालामा भएको परीक्षणमा डोटीका २५ महिला, बैतडीका १ महिला र  १ पुरुष, कैलालीका ५ महिला र  १ पुरुष तथा कंचनपुरका  २  पुरुषमा कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ। योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या दुई हजार एक सय १९ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अस्पतालमा बढ्दै मौसमी फ्लूका बिरामीकाे चाप

काठमाडाैं – वर्षायाम सकिएर हिउँदयाम सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी बढ्दै गएका छन्। चिकित्सकका अनुसार पछिल्ला दिनमा उपचारका लागि

राष्ट्रिय महिला क्रिकेट खेलाडी छनोट

काठमाडौं – रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले बुधबार मुख्य

बैतडीमा डुंगा पल्टिँदा २ बेपत्ता

धनगढी – बैतडीमा डुंगा पल्टिँदा दुईजना बेपत्ता भएका छन् । शिवनाथ गाउँपालिका– १ खाँड घाटमा डुंगा पल्टिँदा दुई जना बेपत्ता

हेर्नुछ अब राणा साहेबको हविगत!

सर्वोच्च अदालतमा विश्वनाथ उपाध्याय देखि हाल बहालवाल बाहेक २१ जना प्रधान न्यायाधीशहरू भए। एकाध अपवाद बाहेक कुनैपनि पूर्व प्रधानन्यायाधीशहरूको बहिर्गमन