अबैध सञ्चालित २४ क्रसर बन्द


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


बाँकेमा अवैधरुपमा सञ्चालित २४ वटा क्रसर उद्योग बन्द गरिएका छन्। जिल्ला समन्वय समिति बाँकेले जिल्लामा रहेका मापदण्ड विपरितका २४ वटा क्रसर उद्योग आइतबारबाट लागु हुने गरी बन्द गरेको हो। 

बाँकेका प्रमुख जिल्ला अधिका रामबहादुर कुरुम्वाङका अनुसार अवैद्यरुपमा सञ्चालित ती क्रसरलाई सधैका लागि बन्द गरिएको हो। 

यसअघि क्रसर उद्योगको अनुगमनका लागि बाँकेका सहायक सिडिओ दीर्घराज उपाध्यायको टोली खटिएको थियो। सो टोलीले प्रजिअ कुरुम्वाङ्ग समक्ष रिपोर्ट बुझाउँदा २७ वटा क्रसर उद्योग मध्ये २४ वटा अवैध ठहरिएका थिए। सोही रिपोर्टका आधारमा उद्योग बन्द गरिएको प्रशासनले जनाएको छ।

कानून विपरितका हरेका जिल्लाका सबै गतिविधिलाई कानुनी दायरामा ल्याएने प्रजिअ कुरुम्वाङ्गले बताए। नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ अनुसार साविकमा दर्ता भएर सञ्चालनमा रहेका उद्योगहरूले पनि स्थानीय निकायको पुर्नसंरचना मै कायम भएका स्थानीय तहमा कार्यविधि स्वीकृत भएको मितिले ६ महिनाभित्र सूचिकृत भई सञ्चालनको अनुमति लिनुपर्ने प्रावधान छ ।

उद्योगको क्षमता अनुसार पहाडी क्षेत्रमा न्यूनतम् १० रोपनी र तराई तथा भित्री मधेशमा कम्तीमा एक विगाहा जग्गा उद्योगको स्वामित्व, लिज वा भाडामा रहेको हुनुपर्ने ब्यवस्था छ। तर, यहाँ सञ्चालित क्रसर उद्योगहरु ३ वटा बाहेक कुनै पनि मापदण्डभित्र परेका छैनन्।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार बाँके जिल्लामा मात्रै १६ वटा क्रसर उद्योग र ५ वटा बालुवा प्रशोधन उद्योग दर्ता छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
६ महिनापछि खुल्यो नयाँ लाइसेन्सको अनलाइन आवेदन

यातायात व्यवस्था विभागले आजबाट ६ महिनादेखि रोकिएको नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन खुला गरेको छ। विभागले

बढ्यो सुनको मूल्य, चाँदी स्थिर

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले उकालो लागेको छ। स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु

आजको मौसम : बदली र वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको

प्रधानन्यायाधीश र न्यायाधीशहरू छलफलमा जुटे

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र सर्वोच्च अदालतका न्यायाधीशहरूबीच छलफल सुरू भएको छ। सर्वोच्च अदालतमा पछिल्लो समय देखिएको विवादबारे प्रधानन्यायाधीश राणा र