पोल गाडियो २०५० सालमा, बिजुली परीक्षण अहिले


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


झण्डै २५ वर्ष लामो पर्खाइपछि बााकेका नरैनापुरबासीको बिद्युत बाल्ने सपना पुरा हुने भएको छ। २०५० साल तिर पोल गाडिएको नरैनापुरमा व्यापक जनदवाब र त्यस क्षेत्रबाट निर्वाचित सांसदहरूको सक्रियताले बत्ती बाल्ने सपना साकार हुने भएको हो। 

नरैनापर क्षेत्रमा विद्युतीकरण विस्तार सकिएसँगै आइतबारदेखि विद्युत सेवा पनि प्रारम्भ भएको छ। संघीय सांसद महेश्वर गहतराज र प्रदेश सभा सदस्य कृष्णा केसीले प्राधिकरणमा गरेको दवावपछि एक महिनाअघि सुरु गरिएको विद्युत विस्तारीकरण सकिएसँगै आइतबारबाट परीक्षण थालिएको हो।

नरैनापर गाउँपालिकामा विद्युत सेवा नहुँदा कोरोना संक्रमितको बसाई, परीक्षण, उपचार लगायतमा समेत समस्या देखिएको थियो। त्यसपछि उक्त क्षेत्रका सांसदहरू विद्युत जडानका लागि सक्रिय बनेका थिए। 

दुबै जना सांसदले प्रदेश डिभीजन विद्युत प्राधिकरण नेपालगञ्ज, जिल्ला प्रशासन लगायतका सरोकारवाला निकायसँग विद्युत जडानका लागि पहल गरेका थिए। 

त्रिलोक रेणु कन्सट्रक्शनले कोरोना कहरकै बीच काम विस्तार थालेको थियो। प्रदेश सभा सदस्य केसीले विद्युतीकरण विस्तार र सहजीकरणको अग्रसता लिएकी थिइन्। सांसद केसीले सरोकारपक्षबीचको साझा धारणा बनाउने र थप जिम्मेवार बनाउने कामको अगुवाइ गरेकी थिइन्।

नरैनापुर-३ लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्तीसहित सेवा प्रवाह र क्वारेन्टाइनसम्म विद्युत पु-याउन ठोस पहल नभइरहेको अवस्थामा उनको पहलमा यो कार्य सम्भव भएको हो।

नेपालगञ्ज-फत्तेपुर हुँदै नरैनापुर-५ जमुनहासम्म विद्युत पुगे पनि नरैनापुर, लक्ष्मणपुर, कालाफाँटा र कटकुइयामा विद्युत पुग्न सकेको थिएन। 

विद्युत प्राधिकरण नेपालगञ्जका प्रमुख मुनीन्द्र ठाकुरले पछिल्लो चरणमा राप्ती सेनारी र नरैनापुर गाउँपालिकामा २५ सय विद्युत पोल गाडिएको बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानन्यायाधीश-न्यायाधीश विवाद : सर्वोच्चमा आज पनि बस्न सकेन इजलास

काठमाडौं – प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार ७ वटा

१५ न्यायाधीशको अडान- प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म सुनुवाइ गरिँदैन

काठमाडौं – सर्वोच्च अदालतका १५ न्यायाधीशहरुको छलफल सकिएको छ। उनीहरुले सर्वोच्च अदालत परिसरमा मंगलबार दिउँसो भएको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले

चीनमा फेरि लकडाउन, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आदेश

एजेन्सी – कोरोना संक्रमण फैलिएपछि चीनको गान्सु प्रान्तमा लकडाउन घोषणा गरिएको छ । ४० लाख मानिसहरुको बसोबास रहेको लान्जहोउ सहरमा

पहिलो त्रैमासिकमा १९ बैंकको निक्षेप बढ्दा ८ बैंकको भने घट्यो

काठमाडाैं – चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ वाणिज्य बैंकको निक्षेप बढेको छ। नेपाल बैंकर्स संघका अनुसार तरलता अभावका बाबजुद