थला परेको जनकपुर बजार


Dhairyakant Dutta
हेर्नुछ अब राणा साहेबको हविगत!

सर्वोच्च अदालतमा विश्वनाथ उपाध्याय देखि हाल बहालवाल बाहेक २१ जना

Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको


बजार खुलेको छ। चहलपहल पनि बढेको छ। बिहान सूर्य उदाएसँगै सडकमा मानिस, गाडीहरुको ओहोर–दोहोर पनि बाक्लिएको छ। 

साँझ बजारमा भिलिमिली बत्ती बल्दा नयाँ ठाउँमा आइपुगेको अनुभूति हुन्छ। झण्डै साढे दुई महिनापछि बजार खुलेका छ।  

पसलहरुमा सञ्चालकहरु पनि बसिरहेका हुन्छन्। तर, सामान खरिद गर्ने मानिसहरु देखिँदैनन्।

यस्तै देखिएको छ, अहिले जनकपुरको बजार क्षेत्र। जनक चोकदेखि भानु चोक र जानकी चोकलाई जनकपुरको मुख्य बजार मानिन्छ। 

नुनदेखि कपडासम्म र टेलिभिजनदेखि फ्रिज खरिद गर्नुपरे उपभोक्ता यतै पुग्ने गरेका छन्। पसलहरुमा व्यवसायी पुगेपनि उपभोक्ता पुगेका छैनन्। बजारमा चहलपहल बढेपनि पसलहरु अझै सुनसानै छ।

झण्डै साढे दुई महिनाको लडकाउनपछि बजारलाई खुकुलो बनाउने निर्णयहुँदा व्यपारीहरुमा छाएको खुशी बिस्तारै हराउँदै गएको छ। लकडाउन लम्बिँदैजाँदा कोठाभाडादेखि बैंकको ब्याज तिर्नुपर्ने उनीहरुको पीर पसल खुलेपनि ज्यूँकात्यूँ छ।

सुरुमा कोरोना महामारीपछि लागु भएको लकडाउनको मार झेल्दै आइरहेका यहाँका व्यवसायीहरुलाई बैंकको ब्याज र कोठा भाडा तिर्नपनि धौ धौ परेको बताउँछन् जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जीतेन्द्रप्रसाद साह। कोठा भाडा र ब्याजमा सहुलियत नपाइए व्यवसाय गर्ने वातावारण तुहिने उनको भनाइ छ।

‘६ महिनाको मधेश आन्दोलनपछि जुरमुराउन थालेको व्यवसायलाई सडक विस्तार कार्यले तुहायो, सडक बनिसकेपछि सम्हाल्नै लागेका व्यवसायीहरुलाई लकडाउनले बर्बाद बनाइसकेको छ,’ वरिष्ठ उपाध्यक्ष साह भन्छन्, ‘बैंकलाई ब्याज तिर्नै पर्ने छ, घरधनीले कोठाभाडा मागेका छन् व्यापार व्यवसाय केही छैन्, कहाँबाट तिर्ने समस्या परेको छ।’

मधेश आन्दोलन र सडक विस्तारको क्रममा व्यापार व्यवसाय ठप्प भएपछि जनकपुरका कतिपय व्यवसायीहरु पलायन भइसकेको वृत्तान्त सुनाउँदै उनी भन्छन्, ‘मधेश आन्दोलनपछि दर्जनौं व्यवसायीहरु यहाँबाट पलायन भइसकेका छन्। तर, अहिलेको अवस्थामा पलायन हुने विकल्पपनि खुला छैन्। सबैतिर कोरोना महामारीको सन्त्रास छ।’

लकडाउन भएदेखि जनकपुर बजारमा करौडौंको क्षति पुगेको उद्योग वाणिज्य संघको अनुमान छ। झण्डै साढे दुई महिना बजार ठप्प भएपछि दैनिक उपभोग्य सामग्रीको कारोबार गर्नेहरुलाई खासै समस्या नपरेपनि अन्य व्यवसायीहरु ठूलो मार्कामा परेको वाणिज्य संघका पदाधिकारीहरु बताउँछन्।

जनकपुर उद्योग वाणिज्य संघले व्यवसायीहरुको कोठा भाडा मिन्हाका साथै बैंकको ब्याजमा सहुलियतको लागि पहल गरिदिन प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकालाई ध्यानाकर्षणपनि गराएको छ।

तर, व्यवसायीहरुको पीरमार्काको सवालमा उपमहानगरपालिकाले केही नबोलको उनीहरुको गुनासो छ। वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष साहले समस्या सामाधानका लागि स्थानीय तहबाट अपेक्षा गरेपनि चासो नदेखाएको बताए। ‘व्यवसायीहरुले स्थानीय तहलाई करपनि बुझाइरहेका छन्, हरेक समस्यामा सहयोग गरेका छन्,’ उनी भन्छन्,‘तर, अहिले आफूहरु समस्यामा परेको बेला केही बोलिदिएको छैन्। भाडा छुट र ब्याज मिन्हाको लागि पहलसमेत गरेको छैन्।’

व्यवसायीहरु अहिले बैंकको ब्याज तिर्नसक्ने अवस्था नरहेको बताउँदै उनले सरकारले लकडाउनबाहेक अरु केही गर्न नसकेको जिकिर गरे। ‘व्यवसायीहरु ठूलो मार्कामा परेका छन्, बैंकले ब्याजको लागि तगेदा गरिरहेको छ, राजश्व कार्यालयले कर बुझाउन भनेको छ,’ उनी भन्छन्,‘व्यवसाय नै नभएपछि कसरी ब्याज तिर्ने र कहाँबाट कर बुझाउने? सरकारले यसबारे सोच्नै पर्ने हुुन्छ।’

नेपाल चेम्बर्स अफ कमर्स जनकपुरका वरिष्ठ उपाध्यक्ष सरोज मिश्रपनि व्यापारी व्यवसायीको हकमा कुनै सरकारले चासो नदेखाएको आरोप लगाउँछन्। सरकारले व्यवसायीहरुबाट कर असुल गर्नमात्र लकडाउनलाई खुकुलो बनाएर बजार खोल्न लगाएको उनको भनाइ छ।

‘लकडाउनहुँदा कमसेकम तकेदाको समस्या थिएन्, अहिले बाँकी बक्यौताको लागि व्यापक तकेदाहरु आउन थालेका छन्,’ मिश्र भन्छन्,‘व्यापार व्यवसाय ठप्प भएको छ, पैसा अभावमा उपभोक्ताको क्रय क्षमतामा ह्रास आएको छ। व्यपारीहरु ठूलो मार्कामा परेका छन्।’

व्यवसाय प्रभावितहुँदा व्यापारिक प्रतिष्ठानमा काम गर्नेहरु समेत समस्या परेका छन्। व्यवसाय नै नहुँदा यसअघि काम गर्दै आइरहेका अहिले जागरिबाट निकालिएका छन्। 
 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
हेर्नुछ अब राणा साहेबको हविगत!

सर्वोच्च अदालतमा विश्वनाथ उपाध्याय देखि हाल बहालवाल बाहेक २१ जना प्रधान न्यायाधीशहरू भए। एकाध अपवाद बाहेक कुनैपनि पूर्व प्रधानन्यायाधीशहरूको बहिर्गमन

फेरि सर्‍यो कांग्रेस महाधिवेशन, कात्तिक २७ देखि तल्लो तहका अधिवेशन

परिवर्तित कार्यतालिकाअनुसार अब केन्द्रीय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुने भएको छ। यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले मंसिर ९

अबदेखि चिकित्सकको लाइसेन्स परीक्षामा सीप परीक्षण हुने, यस्तो छ कार्यविधि

काठमाडाैं – नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षामा अबदेखि लिखित परीक्षापछि प्रयोगात्मक (सीप परीक्षण) परीक्षा समेत लिने भएको छ। काउन्सिलले

न्यायालय विवादबारे पूर्वन्यायाधीश भन्छन्- दलहरुले राज्य सञ्चालनमा सुशासन कायम नगर्दाकाे…

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीले अहिले न्यायालयमा देखिएको समस्याको समाधान आपसी समझदारीमा हल गरिनुपर्ने बताएका छन्। आफूले तत्काल