नेपाल उद्योग बाणिज्य महासंघले आफ्ना पूर्व अध्यक्षहरूलाई महासंघको विभिन्न जिम्मेवारी तोकेको छ।
महासंघका पूर्व अध्यक्ष भवानी राणालाई सदस्यता समिति, नेपाल–भारत व्यापार फोरम, महेशलाल प्रधानलाई सल्लाहकार समिति, पद्म ज्योतिलाई व्यावसायिक आचार संहिता फोरममा रहेर सहयोग गर्ने जिम्मेवारी दिइएको छ।
त्यसैगरी, प्रदीपकुमार श्रेष्ठलाई एसिया प्यासेफिक चेम्बर अफ कर्मस, रविभक्त श्रेष्ठ अनुशासन समिति, विनोद बहादुर श्रेष्ठ, नेपाल–चीन ब्यापारिक फोरम, कुशकुमार जोशीलाई विधान संशोधन समिति, र सुरज बैद्य अन्तर्राष्ट्रिय सम्बध फोरमको जिम्मेवारी दिएको छ।
प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७