म्यानमारमा ट्वीटर र इन्स्टाग्राममा प्रतिबन्ध लगाइएको छ। म्यानमारको इन्टरनेट सेवा प्रदायक टेलिनरले अर्को सूचना नभएसम्मका लागि दुवै साइटमा रोक लगाउन आदेश भएको जनाएको छ।
यसअघि बिहीबार सैनिक प्रशासनले देशको स्थायीत्वका लागि भन्दै फेसबुकमा प्रतिबन्ध लगाएका थिए। फेसबुकमा प्रतिबन्धपछि बर्मेलीहरुले ट्वीटर र इन्स्टाग्राम प्रयोग गर्ने गरेका थिए।
म्यानमारमा सैनिक कू भएयता सुरु भएको नागरिक अवज्ञा आन्दोलन तीव्र हुन थालेको छ। यांगुनमा शुक्रबार भेला भएका विश्वविद्यालयका शिक्षक तथा विद्यार्थीहरुले नेतृ आङ सान सू चीलगायतका नेताको रिहाईको माग गर्दै नाराबाजी गरेका थिए।
सू चीलाई घरमै नजरबन्दमा राखिएको छ। प्रहरीले उनलाई गैरकानुनी रुपमा वाकीटकी राखेको आरोप लगाएको छ।
प्रकाशित मिति: शनिबार, माघ २४, २०७७