केही समय पहिले प्रधानमन्त्री केपी शर्मा ओलीकाे अन्तर्वार्ता लिनासाथ भारतीय टेलिभिजन च्यानल जी टिभीका सम्पादक सुधिर चौधरी भ्रमणका लागि सर्वाेच्च शिखर सगरमाथाको फेदसम्म पुगे।
त्यहाँ पुगेर फर्किएका उनले सगरमाथाबारे विवादास्पद अभिव्यक्ति दिएका थिए। उनले सगरमाथामाथि भारतको पनि दाबी हुनुपर्ने तर्क गरेका थिए।
यो उनको पहिलो दाबी होइन। नेपालबारे भारतले यस्ता विवादित अभिव्यक्ति दिइरहन्छ।
उक्त अभिव्यक्तिपछि जनतामा भारतप्रतिको आक्रोस बढ्दै गइरहेको सन्दर्भमा आयोमेलले 'सगरमाथाको नाममाथि भारतको पनि दाबी हुनुपर्छ भन्ने भारतीय अभियानबारे के भन्नुहुन्छ?’ भनेर एउटा सर्वेक्षण गरेको थियो।
पाठकमाझ गरिएको यो सर्वेक्षणमा सहभागी धेरैजसोले 'भारतको हेपाहा प्रवृत्ति' ठानेका छन्।
सर्वेक्षणमा सहभागी करिब ५० प्रतिशतले ‘अभारतको हेपाहा प्रवृत्ति’ भन्ने मत दिएका छन्। त्यस्तै ३० प्रतिशत सहभागीले 'हाम्रै सरकार कमजोर भएर’, अनि २० प्रतिशतले 'स्वभाविकै हो’ भन्ने मत व्यक्त गरेका छन्।
राजनीतिक संकटको असर भन्ने विकल्पमा कुनै पनि मत जाहेर भएको छैन।
यसबाट भारतीय हेपाहा प्रवृत्तिप्रति जनता रुष्ट रहेको प्रष्ट हुन्छ।
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७