दुई साता भयो, संघीय राजधानी काठमाडौंको चिसो र राजनीतिको तातो छाडेर मधेस झरेको छु। राजधानीको जस्तो चिसो छैन यहाँ। शिशिरको.शीत सकिँदैछ, बसन्त बहारको मौसम छ। फागुनमा बोटबिरुवाले नयाँ पालुवा फेर्देछन्, नागरिक दैनिकीमा व्यस्त छन्, यस वर्षको शीतलहर खप्न परेन। जाडो सकिँदै गएको र विस्तारै गर्मी चढ्दै गएको मौसम आफैंमा सुखद छ, चैते हावाहुरी सुरु भइसकेको छैन।
यहाँ राजधानीको जस्तो सडक राजनीति छैन। शक्ति प्रदर्शनका होडबाजी भन्दा टाढा छ समाज। तर, काठमाडौंमा कमरेडहरूको शक्ति प्रदर्शनमा यहाँका नागरिक बस चढेर गए, नेताको प्रयोजनमा उपयोग भएर घर फर्किए। माधव–पुष्पकमल र प्रधानमन्त्री केपी शर्मा ओली दुवैका शक्ति प्रदर्शनमा सशरीर उपस्थित भएकाहरू काठमाडौंको बयान गरिरहेका भेटिन्छन्, चिया चौतारी र चोकहरूमा। सर्वोच्च अदालतले यसो गर्नुपर्ने हो, उसो गर्नुपर्ने हो। उनीहरुका तर्क र विश्लेषणबाट अनुमान गर्नुपर्ने हुन्छ, हामीकहाँ राजनीति गर्नेहरू जस्तै न्यायाधीश र वकिलको भूमिका निर्वाह गर्नेहरूको संख्या ठूलो छ।
संसद विघटनको मुद्दामा माधव–पुष्पकमल र ओली कित्ता जसरी केन्द्रमा विभाजन छ, त्यँसको जरा गाउँ–गाउँ फैलिएको देखिन्छ। चार वर्षअघि नेकपा एकीकृत हुँदा नेकपा र त्यसका नेताहरूको आलोचना गर्दा जाइलाग्न खोज्ने जुझारु कमरेडहरू अहिले कसैको बचाउ गर्नसक्ने अवस्थामा छैनन्। आलोचना सहनु उनीहरूको बाध्यता हो, विभाजनको दोष आफैं नेताहरूलाई दिन तयार उनीहरू खासमा खुलेर बोल्न सकिरहेका छैनन्।
नेकपा एकीकृत भएकै थियो भने पनि हालत पतला थियो, विभाजनको मूल्य कति महँगो पर्ने हो? कमरेडहरूलाई ज्ञात हुने नै छ, समयक्रममा।
राजनीतिक र सामाजिक जीवन काठमाडौंभन्दा फरक छ। कोरोनाको भय छैन यहाँ। मास्क लगाउनेहरू सायदै भेटिन्छन्, हाटबजार र चोक चौबाटामा। सार्वजनिक यातायातमा खचाखच यात्रा गरिरहेका हुन्छन्। सरकारी कार्यालयमा पनि मास्क स्यानिटाइजर प्रयोग देखिन्नँ। बैंकहरूमा अनिवार्य मास्कको सूचना देखिन्छ।
कोरोनामुक्त जिल्लाको सूचीमा पर्दा रहेछन् प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाही। पश्चिमका बारा र पर्सामामात्र केही संक्रमित रहेको बताइन्छ। हजाराैं कार्यकर्ता काठमाडौं पुगेर मुलुकभरका कार्यकर्तासँगै नाराजुलुस गर्दा कतै कोरोना त ल्याएनन् शंका व्याप्त छ।
स्थानीय तह, जनताका सेवक बन्न सकेका छैनन्। ठूलो अपेक्षा र जिम्मेवारीसाथ पदमा आसिन जननिर्वाचितहरूमध्ये अधिकांशको हैसियत स्खलित हुने क्रममा छ। नेताहरूलाई कामभन्दा दामको चासो हुने गरेको भुक्तभोगी बताउँछन्। बाटो बनाउने विकासले तीव्रता लिएको देखिन्छ, जताततै। बाटोमा पैसा बगेको छ विकासका नाममा।
संघीय सरकारले दाबी गरेजस्तै विकासका गफमा मग्न देखिन्छन् नेताहरू। तर, धरातलीय वास्तविकता फरक छ। अर्को स्थानीय चुनावमा अहिलेका पदाधिकारी उम्मेदवार भए भने के होला?
संघीय सरकारले दाबी गरेजस्तै विकासका गफमा मग्न देखिन्छन् नेताहरू। तर, धरातलीय वास्तविकता फरक छ। अर्को स्थानीय चुनावमा अहिलेका पदाधिकारी उम्मेदवार भए भने के होला? सप्तरीका एक पाका नेताको उत्तर थियो– ‘अर्को चुनावमा यिनीहरू नै उम्मेदवार बने भने १० जनामा सायद एकजना मात्र चुनिने स्थिति छ। प्रधानमन्त्री ओलीले गफ गरेजस्तो विकास अनुभव गर्न पाएका छैनन, जनताले।’
नेकपा एकीकृत भएकै थियो भने पनि हालत पतला थियो, विभाजनको मूल्य कति महँगो पर्ने हो? कमरेडहरूलाई ज्ञात हुने नै छ, समयक्रममा। स्पष्ट बहुमत दिएर पठाइएकाहरूले जनतालाई राजनीतिक अस्थिरताको उपहार दिएको अनुभव हुँदैछ। कमरेडहरूलाई जवाफ दिने तयारीमा छन् जनता।
प्रशासन कसरी चल्दैछ त संघीय राजनीतिक प्रणालीमा? प्रदेश सरकार छ भन्ने अनभुव गर्न पाएका छैनन् ‘देहाती’ ले। संघीय सरकारका गफबाट वाक्कदिक्क जनता स्थानीय तहसमेत आफ्नो बन्न नसकेको तीतो पोखिरहेका भेटिन्छन्।
केही दिनअघि गृहनगर कञ्चनरूप नगरपालिका स्थित मालपोत र नापी कार्यालयको परिसरमा एउटा दृश्य देखियो। दुवै कार्यालय एकअर्काबीच टाँसिएका छन्। नापीका निमित्त हाकिम र लेखनदास संघका अध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टन्ट टोली’ ले पक्रिएको रहेछ। चारैतिरबाट घेरा हालेका थिए प्रहरीले।
अख्तियारका कर्मचारीहरू बयान लिँदै थिए र आरोपित बसेको कुर्सी नजिकै छरपष्ट थियो, १५ हजार रुपैयाँ। लाग्थ्यो, आरोपित खुङ्खार अपराधी हो र उसलाई सबैका सामु नङ्ग्याइँदै छ। आफ्नै प्रतिनिधिले बनाएको अर्थात् जनताले बनाएको संविधानका धनी नेपाली अहिले पनि मत्स्य न्याय प्रणालीकै अनुयायी त बनिरहेका छैनौं? पहरा दिइरहेका पुलिस र बयान लिने कर्मचारी कसैको अनुहार सङ्लो अनुभव भएन। एउटा अपराधी अर्थात भष्ट्रचारीले अर्को कर्मचारीलाई भष्ट्रचारी साबित गराउने उद्यम भइरहेको देखियो।
लोकमानसिंह कार्की, दीप बस्न्यातजस्ता बदनाम अनुहारले नेतृत्व गरेको अख्तियार अरूमाथि भ्रष्टाचारको कारबाही चलाउन कति काबिल हुन सक्ला? गम्भीर र गहिरो चिन्तन गर्ने बेला हो।
नेपालको प्रशासन यन्त्र भष्ट्रचारले ग्रसित छ, यो नयाँ कुरा होइन र एक–दुईजनालाई नियोजित किसिमले पक्राउ गर्ने स्टन्ट खासमा कारबाही होइन, दादागिरी हो। अख्तियारको दादागिरी प्रदर्शनबीच बजारमा प्रर्दशित भइरहेका बेला एउटा प्रश्न मानसपटलमा तरङ्गित भयो– ‘हाम्रो प्रशासनले भष्ट्रचारीलाई कारबाही गर्न योग्य कर्मचारी दिन सक्ला?’ प्रशासनबाटै अख्तियारमा सरुवा भएर जाने प्रशासनिक नियम छन्। अख्तियारमा गएपछि सबैथोक सङ्लिने भन्ने हुँदैन।
लोकमानसिंह कार्की, दीप बस्न्यातजस्ता बदनाम अनुहारले नेतृत्व गरेको अख्तियार अरूमाथि भ्रष्टाचारको कारबाही चलाउन कति काबिल हुन सक्ला? गम्भीर र गहिरो चिन्तन गर्ने बेला हो। अधिनायकवादीहरूले विरोधी साँध्न प्रयोग गर्ने अख्तियारजस्ता हतियार प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र सबै राजनीतिक प्रणालीमा प्रोत्साहित हुँदै गएको छ। अख्तियारले आफ्नो अधिकार क्षेत्रको कुन हदसम्म दुरुपयोग गर्दे आएको छ, त्यसको विवेचना आवश्यक ठानिँदैन नेपालमा।
स्थापनाकादेखि नै अख्तियार खासमा आतंक बनेर छाएको छ। राजा वीेरेन्द्रले पञ्चायती व्यवस्थाभित्रैका केही चलाख राजनीतिक, प्रशासकलाई तह लगाउन सिर्जना गरेको अख्तियार रूपान्तरण हुँदै अहिलेको स्वरूपमा विराजमान छ। खासमा जनताबाट चुनिने संसदीय राजनीतिमा त्यस्ता हतियार राखिँदैनन्। जनताबाट चुनिएका प्रतिनिधि जनताप्रति उत्तरदायी हुन्छन् र उनीहरूलाई कारबाही वा पुरस्कृत के गर्ने हो, जनताले नै गर्ने हो। तर, हामीकहाँ संसदीय राजनीति प्रणालीको मर्ममा प्रहार हुने गर्दछ। नेताहरूले राजनीतिक व्यवस्थाअनुसार चल्न चाहँदैनन्, अख्तियारजस्ता निकाय हतियार बनेका छन्। सबै सामान्यजस्तै बनेको छ नेपालमा।
अख्तियारको संवैधानिक औचित्य र आवश्यकताबारे चर्चा हुँदै गर्ला। यता कञ्चनपुर नापीका कर्मचारी कामका लागि फिल्डमा जान मान्दैनन्। हाकिमबाट सदर र निर्णय हुनुपर्ने कुनै पनि काम हुन सकेका छैनन्। दुई सातादेखि निमित्त पनि कारबाहीमा परेपछि नापी विभागले अर्को व्यवस्था गरेको छैन। जनताका दैनिक काममा व्यवधान आएको सुनिन्छ, उनीहरूको आवाज काठमाडौंसम्म पुग्न सक्दैन, पुगेको छैन।
मंसिर मसान्तको दिन विराटनगरबाट सप्तरी रूपनगर फर्किंदै थिए। साँझपखको बस थियो, विराटनगरबाट गाईघाटसम्म जाने। विराटनगरबाट छुटेको बस सुनसरीको भन्टाबारी आएपछि निकै बेर रोकियो। भारतीय सीमा नाका भन्टाबारीमा महिलाहरूले करिब ३० देखि ४० किलो बजनमा बोरा लोड गरे। गोधुली साँझमा महिलाहरू हतारिएका थिए र हतास थिए। आडैमा भन्सार कार्यालय ठिङ्ग उभिए झैं लाग्थ्यो। नजिकैको सशस्त्र प्रहरीको क्म्याम्प पनि मौन थियो, बर्दीधारी सडक किनाराबाट पहरा गरिरहेका त देखिन्थे, धमाधम बोराका बोरा लोड भाइरहेको सायद देखिरहेका थिएनन्। बसको छतमा, बस भित्र प्यासेजमा चिनी र दालका बोरा लोड भए। करिब आधा घन्टापछि बस अगाडि बढ्यो। यति बेलासम्म पाँच–सात महिना पसिना पुछ्दै बसमा चढे। उनीहरू आफैंले ल्याएका पोकामाथि बसे।
बस हिँडेको दुई मिनेट पनि भएको थिएन, कोशी ब्यारेज पूर्वी किनारामा तैनाथ सशस्त्रका जवानले रोके। तल सडकबाटै टर्च बालेर छतको निरीक्षण गरे, बसभित्र हेर्न आवश्यक ठानेनन्। आँखा चल्यो कुरो बुझ्यो भने झैं सबै कुरा भन्टाबारीमै सेट भइसकेको थियो। बस अघि बढ्यो, यो क्षेत्र प्रदेश १ को अन्तिम बिन्दु होे। बस कोशी ब्यारेज कटेर पश्चिम किनारा आइपुग्यो, त्यहाँ सशस्त्रको अर्को टोली थियो। बस रोकियो, महिलाहरू भयभित भए। के हुने हो कसो हुने हो? एक किसिमको हतासा देखिन्थ्यो उनीहरूमा। सशस्त्रको नाइकेले तल सडकबाट उर्दी गर्याे छतका बोरा ओराल्, बसभित्रका बोरा ओराल्–ओराल्। आफ्ना केटाहरूलाई यसरी उर्दी लगाउने नाइकेले न छत निरीक्षण गरेको थियो, न बसभित्र नियालेको थियो।
सशस्त्रको आतंक लामो समयसम्म रहेन। बसमै रहेका एक युवा, सायद उनी व्यापारी हुन्, बसबाट ओर्लिए र एक प्रहरीलाई अँगालो हाल्दै बसको पछाडि लगे, सायद ‘डिल’ भयो।
सशस्त्रको आतंक लामो समयसम्म रहेन। बसमै रहेका एक युवा, सायद उनी व्यापारी हुन्, बसबाट ओर्लिए र एक प्रहरीलाई अँगालो हाल्दै बसको पछाडि लगे, सायद ‘डिल’ भयो। ती युवा तुरुन्त बसमा फर्किए र प्रत्येक महिलाबाट ५० रुपैयाँका नोट असुल्दै फेरि बसबाट ओर्लिए, यतिबेलासम्म सबै सामान ओरोल्ने आदेश दिने बर्दिधारी मौन भएर एउटा कुनामा बसिरहेका थिए।
भारतसँगको सीमा केही दिन अघिमात्र खुलेको हो। बस अगाडि बढ्यो। युवा, महिला सबै खुसी देखिए। एक महिलासँग यस पंक्तिकारले सोधीखोजी गर्दा उनी भन्दै थिइन्–‘बिहान सबैरे भन्टाबारी आएकी थिएँ, त्यहाँबाट दिनभरिमा आठ–नौपटक भारतको भीमनगर जाँदै १५–२० किलो चिनी ल्याउँदै भन्टाबारीमा थुपार्दे गरेँ। भन्टाबारीमा हाम्रो मान्छे थियो, हामी सात–आठजनाको काम ओसार्ने हो।’ ती महिलाका अनुसार उनका ६ वटा पोका छन् बसमा।
मुलुकको सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र आफ्नो कर्तव्य कसरी निर्वाह गरिरहेको छ, त्यो देख्न पाइयो। पैसा असुल्ने जाल थापेर बसेको अनुभव भयो, चाहे त्यो कोशी पारि प्रदेश १ होस् वा कोशी वारि प्रदेश २। निश्चय पनि सीमानामा अपराध पनि हुन्छ भनिन्छ। प्रदेश १ र २ को नेपाल–भारत सीमामा बसेका बर्दीधारीहरू गोधुली साँझमा बन्दुकको बल्छी लिएर बसेका रहेछन्।
बस गुड्न थाल्यो। कन्डक्टरले महिलाहरूबाट उनीहरूको र पोकाको भाडा असुल्न थाल्यो। एक अर्धवैंशे महिलासँग कडिकडाउ गरेर २ सय रुपैयाँ असुल्ने कन्डक्टरले अर्की तरुनीबाट १ सय ८० मै चित्त बुझायो। दुवै महिला सप्तरीको वीरेन्द्रनगरमा ओर्लंदै थिए, दुवैका ६–६ वटा पोका थिए। १ सय ८० रुपैयाँमात्र दिने महिलाले वक्षस्थलबाट पैसा झिकेर दिएकी थिइन्, कन्डक्टरले कुनै प्रतिवाद गरेन, पैसा पुगेन भनेन।
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७