बलिउडका एक अर्का अभिनेताले पनि आत्महत्या गरेका छन्। केहि महिनाअघि आत्महत्या गरेका फिल्म धोनीका प्रमुख कलाकार सुशान्तसिंह राजपुतको घटना सेलाउन नपाउँदै सोही फिल्मका अर्का कलाकार सन्दीप नाहरले पनि आत्महत्या गरेका छन्।
सन्दीपले आत्महत्या गर्नुअघि फेसबुकमा आफ्नो हालत र पत्नीसँगको सम्बन्धका बारेमा भावुक भएर कुरा राखेका थिए। त्यसको केही समयपछि नै उनले आत्महत्या गरे। पारिवारिक कारणलाई लिएर उनी केही समययता तनावमा रहेका बताइएको छ। यो कुरा उनले पोष्ट गरेको भिडियोमा पनि प्रष्ट छ।
यता, प्रहरीको अनुमान आत्महत्या नै भएपनि पोस्टमार्टम रिपोर्टपछि सबै कुरा थाहा हुने उसले बताएको छ। घटनाबारे प्रहरीले अनुसन्धान पनि सुरु गरिसकेको जानकारी दिएको छ।
सन्दीपले बलिउडसहित केही भोजपुरी फिल्ममा पनि काम गरेका छन्।
प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७