सिभिल बैंकको १०औं वार्षिक साधारणसभाले चुक्ता पुँजीको आठ प्रतिशत बोनस सेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लभांश दिने घोषणा गरेको छ।
बैंकका अनुसार आठ प्रतिशतले हुन आउने ६४ करोड २ लाख ७१ हजार १ सय ७३ रुपैया ९१ पैसा बराबरको बोनस शेयर तथा कर प्रयोजन र प्रतिशेयर शून्य दशमलव ४२ प्रतिशतका दरले हुन आउने ३ करोड ३६ लाख ९८ हजार ४ सय ८२ रुपैयाँ ८४ पैसा नगद लाभांश वितरण गरिने छ।
त्यस्तै साधारणसभाले सिभिल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एकापसमा मर्जर वा एक्विजिसन गर्ने, स्वदेशी वा विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता गर्नेलगायत प्रचलित नियम, कानुनअनुसार बैंकका तर्फबाट गर्नुपर्ने सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि गरेको छ।
हाल सिभिलले करिब ५ लाखभन्दा बढी ग्राहकलाई १ सय १४ शाखा, ६ एक्सटेन्सन काउन्टर तथा ८९ एटिएममार्पmत सेवा दिँदै आएको छ।
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७