आइएमई र अल अहलिया एक्सचेन्जवीच विद्युतिय माध्यमबाट रेमिट्यान्स सेवा विस्तार गर्ने सम्झौता भएको छ।
रेमिट्यान्स सेवा दिँदै आएको संयुक्त अरब इमिरेट्स (युएई) स्थित कम्पनी अल अहलिया एक्सचेन्ज र आइएमई तथा आइएमईको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच ‘पिटुपी’ मनी ट्रान्सफर सम्झौता भएको हो।
सम्झौताअनुसार आइएमईमार्फत रेमिट्यान्स गर्ने नेपालीले सिधै प्रापकको आइएमई पे वालेटमा रकम प्राप्त गर्न सक्नेछन्। अब अल अहलिया एक्सचेन्ज युएईबाट नेपालको आइएमई पेमा सिधै पैसा पठाउने पहिलो एक्सचेन्ज बनेको छ।
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७