कोकाकोलाको लेमन(लाइम पेय स्प्राइटले ‘रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स’ अभियान सुरु गरेको छ। अभियानको उद्देश्य उपभोक्तालाई घरमा स्मार्ट फोनको स्क्रिन अगाडि बिताउने समय सरल तरिकाले पूर्णरूपमा रिफ्रेस रहन प्रेरित गर्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार स्मार्टफोनमा नोटिफिकेसन पपअपका साथ मोबाइलमा गुञ्जने साथीहरू र परिवारका म्यासेज, इमेल, अपडेटहरू वा विभिन्न सामाजिक एपबाट अनियमित सूचना हुन सक्छन्। यो अभियानले स्क्रिन सयमा अवरोधबाट दिकदार नभई स्प्राइटको चिसो, क्रिस्प र लेमन(लाइम स्वादले अधिकतम रिफ्रेसमेन्ट लिन र तनाव मुक्त हुनसक्ने उद्देश्य लिएको छ।
‘नयाँ स्प्राइट अभियानले हामी स्क्रिनमा बिताउने समयमा हाम्रा वरिपरि आउने अनावश्यक अवरोधका कारण आराम गर्न सक्दैनौं भन्ने सबैको साझा समस्यालाई प्रकाश पार्दछ,’ कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, ‘हामी हाम्रा उपभोक्तालाई स्प्राइटका साथ पूर्णरूपले रिफ्रेस हुन र घरमा आरामले रोजाइअनुसार स्क्रिनमा समय बिताउँदा कुनै अवरोध झेल्नु नपरोस् भन्ने सन्देश दिन चाहन्छौं।’
कम्पनीका अनुसार यो विज्ञापन थुप्रै नोटिफिकेसनसहित मोबाइल बजिरहेको अवस्थामा सुरु हुन्छ। यो विज्ञापनले मोबाइल टाइममा दुई कुरा– कि रिफ्रेस वा तनाव हुन सक्छ भन्ने बताएको छ। त्यसपछि अभिनेताले सर्दै चिसो स्प्राइटको बोतल फ्रिजबाट निकालेर पप गरी बिर्को खोल्दै आइस क्युब र लाइम भएको गिलासमा खनाउँछ।
‘हामी यो दुई कुरा (तनाव वा रिफ्रेस) मा नअड्कौं र एउटै कुरामा अडिग रहौं, त्यो हो स्प्राइटमार्फत रिफ्रेसमेन्ट,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा छ, ‘हामी उपभोक्तालाई अधिकतम रिफ्रेस रहन र घरमै स्क्रिनको समयमा आराम गर्न प्रोत्साहित गर्दछौं।’
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७