सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँ बढेको छ। सोमबार स्थिर रहेको सुनको मूल्यमा एक हजारभन्दा बढीले सुधार आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ८९ हजार ९०० रुपैयाँमा कारोवार भएको छापावाल सुन आज भने तोलामा ९० हजार १०० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।
यस्तै तेजाबी सुन सोमबार तोलामा रु ८८ हजार ५५० मा कारोवार भएकामा मंगलबारका लागि भने रु ८९ हजार ६५० मा कारोवार भएको छ । तेजाबी सुनसमेत तोलामा रु एक हजार १०० ले उकालो लागेको हो ।
चाँदीको मूल्यमा समेत २५ रुपैयाँले वृद्धि भएको छ। तोलामा रु एक हजार ३३५ मा सोमबार कारोवार भएको चाँदी मंगलबार भने रु एक हजार ३६० मूल्य कायम भएको छ।
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७