भारतीय कमेडियन तथा ‘द कपिल शर्मा सो’ का सञ्चालक कपिल शर्माले भारतीय फोटोग्राफरमाथि अभद्र व्यवहार गरेका छन्। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनले एयरपोर्टबाट बाहिर निस्कने क्रममा तस्बिर लिइरहेका फोटोग्राफरलाई अशिष्ट शब्दसमेत प्रयोग गरेका छन्। उनले फोटोग्राफरलाई ‘उल्लुके पठ्ठे’ समेत भने।
एयरपोर्टबाट ह्विलचेयरमा बसेर निस्किरहेका कपिललाई फोटोग्राफरले तस्बिर लिँदै हालखबर सोधेपछि उनी जंगिएका थिए। सो क्रममा कपिलले भनेका थिए, ‘ओए, तिमीहरु सबैजना पछाडि हट...उल्लुका पठ्ठाहरु (उल्लुके पठ्ठे)...। यति भनिसकेपछि फोटोग्राफरहरुले थ्याङ्क यु सर भन्दै भिडियो रेकर्ड भैसकेको बताएका थिए। जवाफमा कपिलले रेकर्ड गरेपनि केही फरक नपर्ने भन्दै फोटोग्राफरलाई ‘तिमीहरु अभद्र व्यवहार देखाउँछौं’ भनेका थिए।
सधैं फ्यान तथा अरुसँग मिलनसार देखिने कपिल एक्कासी त्यसरी प्रस्तुत हुँदा सबै आश्चर्यमा परेका छन्। उनी ह्विलचेयरमा किन बसेका हुन् भन्ने पनि खुलिसकेको छैन। उनका फ्यानहरुले यसमा जिज्ञासा प्रस्तुत गरिरहेका छन्।
भिडियो स्रोत - हिन्दुस्तान टाइम्स
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७