मादक पदार्थ सेवन गरेका व्यक्त्तिले चलाएको एउटा कारले काठमाडौं कीर्तिपुरमा दर्जनभन्दा बढी मोटरसाइकल, स्कुटर तथा गाडीलाई ठक्कर दिएको छ। कीर्तिपुर प्रहरीका अनुसार शुक्रबार राति ९ बजेतिर कीर्तिपुर-१० नयाँबजारको एकतर्फी सडकमा बा. १६ च १३३४ नम्बरको कारले सडक किनारमा राेकिराखेका ती सवारीलाई ठक्कर दिएर भागेको थियो।
ठक्कर दिने कारलाई प्रहरीले कलंकीबाट नियन्त्रणमा लिएको छ।





प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७