प्रधानमन्त्रीज्यू,
भारतसँग नझुकिकन नकाबन्दी सामना, चीनसँगको पारवाहन सन्धि र लिपुलेक-लिम्पियाधुरा-कालापानी समेतलाई समेटिएको नेपालको नयाँ नक्सा। यी तीन ऐतिहासिक कामको अगुवाइ गरी नेपाल र नेपालीको शान विश्व सामु उँचो बनाउन सफल हुनुभयो।
यो इतिहासले सदा सम्झाइरहने छ। अब एउटा चौथो महत्त्वपूर्ण काम छ- जो यो देशका थुप्रै पटकका प्रधानमन्त्रीहरूले तपाईंलाई नै कीर्तिमान राख्न छोडेका छन्। त्यो हो- यो देशको विभिन्न कालखण्डमा सम्माननीय, माननीय भएका, राजनीतिक नियुक्ति लिएका, कूटनीतिक ओहोदा सम्हालेका राष्ट्रसेवक, उद्योगी व्यापारी, सुरक्षा अधिकारी इत्यादिको भेषमा आजसम्म देशको ढुकुटी दोहन र भ्रष्टाचार गरी अकुत सम्पत्ति जोडनेहरूको अनुसन्धान गरी कानुनी कठघरामा ल्याउने काम।
यदि यो काम छ महिनाभित्र कम्तीमा पनि ५० प्रतिशतलाई मात्रै तह लगाउन सक्नुभयो भने बाचुन्जेलका लागि यो देशको प्रधानमन्त्रीमा जनताले तपाईंलाई सम्मानका साथमा स्वीकार्नेछन्।
यति गर्दा पार्टीभित्रका अवसरवादीहरू पनि कि त सुध्रिन्छन् कि त बाहिरिन्छन् र पार्टी सुदृढ हुन्छ।
त्यसपछि मात्र समाजवादको मार्ग प्रशस्त हुनेछ। अनि मात्र तपाईंको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराले सार्थकता पाउने छ। सुअवसरका लागि हार्दिक शुभकामना।
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७