त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले सबै परीक्षा केन्द्रहरूलाई चैत्र २० गतेभित्र परीक्षा सञ्चालन कक्ष भित्र अनिवार्य सिसि क्यामेरा जडान गर्न निर्देशन दिएको छ।
पनिकाले देशभरका सबै परीक्ष केन्द्रहरूलाई परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका सिलबन्दी गनेए कक्ष र प्रवेशद्धारको सम्पूर्ण दृश्य आउने गरी कम्तीमा डेढ महिना सम्म रेकर्ड गर्न मिल्ने क्यामेरा जडान गर्न निर्देश दिएको हो।
त्यस्तै जडान गरेपश्चात सो को अनुगमन सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयलाई सूचना दिन भनिएको छ।
यसअनुसार व्यवस्थापन नगर्ने परीक्षा केन्द्रलाई आगामी परीक्षाको लागि केन्द्रबाट वञ्चित गर्ने जानकारी परीक्षा नियन्त्रकले दिए।
प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७