प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा शान्ति प्रक्रियामा आइसकेपछि नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। सहमति पत्र हस्ताक्षर कार्यक्रममा उनले सहमतिको बुँदा छोटो भए पनि पर्याप्त रहेको बताए।
‘वार्ताको व्यहोरा छोटो छ, तीनवटा बुँदा’ उनले भने,‘तर, पर्याप्त छ। कुनै समस्या आइपरे छलफल र वार्ताबाट टुंग्याउँछौं। कुस्ती खेल्दैनौं।’
विप्लवको पार्टीले शान्तिपूर्ण ढंगले आफ्नो गतिविधि गर्ने र प्रक्रिया पुर्याएर कार्यकर्ताहरू रिहा हुने ओलीले बताए।
‘छुट्ने प्रक्रिया सुरू भइसकेको छ, धर्मेन्द्रजी छुटिसक्नु भएको छ,’ उनले भने,‘मुद्दा मामिला छ भने अरू पनि छुट्नु हुनेछ।’
पृथकतावादी आन्दोलन चलाएका सीके राउत मूलधारमा आइसकेको भन्दै उनले विप्वलहरू पनि मूलधारमा आउँदा नेपाल नयाँ युगमा प्रवेश गरेको जिकिर गरे।
प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७