नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रोपटक संसदीय दलका नेतामा चयन भएका छन्।
सिंहदरबारस्थित संसद सचिवालयमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेतामा चयन गरेको हो।
संसदीय दलको बैठकलाई अध्यक्ष प्रचण्डलाई दलको नेतामा चयन गरेको राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले जानकारी दिएका छन्।
सांसद बिडारीका अनुसार दलको बैठकमा १११ जना उपस्थित थिए र अन्य चार जनाले निर्णयमा हस्ताक्षर गर्ने सहमति जनाएका छन्।
नेकपाको प्रतिनिधिसभामा १७२ र राष्ट्रियसभामा ४९ जना सांसद छन्।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेलगत्तै नेकपाको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो।
दोस्रोपटक संसदीय दलको नेता चयन भएपछि प्रचण्डले आफ्नो पक्षमा स्पष्ट बहुमत रहेको भन्दै ओली समूहमा रहेका सांसदहरूलाई पनि आफ्नो दलमा आउन आग्रह गरेका छन्।
प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७