कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघले २०७८ वैशाख २८ बाट सूचना प्रविधिसम्बन्धी मेला ‘क्यान इन्फोटेक’ आयोजना गर्ने भएको छ।
क्यान महासंघले यो वर्षको इन्फोटेक राजधानीको भृकुटीमण्डपमा आगामी वैशाख २८ बाट जेठ २ सम्म आयोजना हुने जानकारी दिएको छ। यो इन्फोटेकको २७औं संस्करण हो।
कोरोना भाइरस महामारीका कारण यो वर्षको इन्फोटेक तीन महिना पछाडि धकेलिएको क्यान महासंघले जनाएको छ। कोरोना भाइरस सक्रमण जोखिम नहटिसकेकाकाले स्वास्थ्य सतर्कताका सबै मापदण्ड पालना गरिने महासंघको भनाइ छ।
क्यान महासंघका अनुसार यसपालि ३ लाख दर्शकले इन्फोटेक आयोजनम गर्ने अनुमान छ। यसपालि प्रवेश टिकट पेपरलेस गरिने छ। सरकारी एवं सामुदायिक शिक्षण संस्थामा आबद्धलाई संस्थाका पत्रका आधारमा प्रवेश निःशुल्क दिइने छ भने विद्यार्थीलाई ५० र सर्वसाधारणलाई १ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ।
प्रकाशित मिति: सोमबार, चैत २, २०७७