लायन्स क्लब अफ थानकोटले कोरोना भाइरसको महामारीका कारण समस्यामा परेका सर्वसाधारणलाई राहत वितरण गरेको छ।
कोरोना भाइरसका कारण हातमुख जोड्न समस्या भएका चन्द्रागिरि नगरपालिकाका ३० घरपरिवारलाई क्लबले शनिबार राहत वितरण गरेको हो। कार्यक्रममा लायन्स क्लब अफ बालाजुले सहयाेग गरेकाे थियाे।
क्लबले कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि भन्दै यसअघि चन्द्रागिरीका विभिन्न स्थानहरूमा करिब १२ हजार मास्क नि:शुल्क वितरण गरेको थियो।
क्लबले सामाजिक सेवास्वरुप रक्तदान, स्वास्थ्य शिविर, औषधी वितरण तथा खेलकुदका कार्यक्रम आयोजना गर्दै आएको छ।
चन्द्रागिरि नगरपालिकाको ७ नम्बरमा रहेको क्लबले श्री प्रभात माध्यमिक विद्यालयमा पुस्तकालयको स्थापना गरी विपन्न परिवारका विद्यार्थीलाई कक्षा ६ देखि १० सम्म छात्रवृत्ति तथा अपाङ्ग, अशक्त विद्यार्थीलाई लुगा तथा खाद्यान्न सहयोग गर्दै आएको छ।
लायन्स क्लब २०६२ सालमा २२ जनाको युवाको अगुवाइमा स्थापना भएको थियो।
प्रकाशित मिति: आइतबार, असार २१, २०७७