मासु भन्ने वित्तिकै अहिले ब्रोइलर कुखुराको मासु सम्झिन्छौं हामी। अरुको तुलनामा सस्तो र सजिलै पाइन्छ पनि यो। अहिले मान्छेमा केही नयाँ टेस्ट गरौं, नयाँ ठाउँ घुमौं भन्ने सोच पलाएको छ। त्यस्तै कुखुरा र खसीको मासुबाहेक कालिजको मासु खाने ट्रेण्ड चलेको छ अहिले। काठमाडौंका रेष्टुरेन्ट, होटलमा कालिजको मासु पाइनुका साथै जिउँदै ल्याएर देखाएर राख्ने चलन पनि छ।
काठमाडौंमा सामान्य भएतापनि भक्तपुरमा भने कालिजको मासु पाइँदैन। कसैलाई खान इच्छा छ भने पनि काठमाडौं नै धाउनुपर्ने अवस्था छ। यही अवस्थालाई ध्यानमा राखेर भक्तपुरको सुर्यविनायक नगरपालिका-५ चुनदेवीमा जे.एस. चिकेन सप्लायर्सले कालिजको मासु होलसेल तथा खुद्रा मुल्यमा बिक्री गर्न सुरु गरेको छ।
जे. एस. चिकेन सप्लायर्सका संचालक जगदिश उपाध्यायले ब्रोइलर कुखुरा, हाँसको मासु, बट्टाईको मासु, ससेज, अण्डाको साथसाथै कालिजको मासु बिक्री भइरहेको जानकारी गराए। 'भक्तपुरमा कालिजको मासु बिक्री गर्ने हामी पहिलोजस्तो लाग्छ', संचालक उपाध्ययले भने। उनले कालिजको मासुका लागि काठमाडौंसम्म धाउन नपर्ने गरी उपभोक्ताको आवश्कतापूर्ति गर्ने सोचका साथ कोल्ड स्टोर संचालन गरेको बताए। 'सुलभ मूल्यको साथसाथै स्वस्थ मासु उपभोक्ताले पाओस् भन्ने हाम्रो इच्छा हो', उनले भने।
मूख्य गरी होलसेलका लागि पसल सञ्चालन गरिएपनि खुद्रा पनि पाइने उनले जानकारी गराए। साथै हाललाई हप्तामा एकपटक खसीको मासु पनि गाउँंघरमाजस्तो भाग लगाएर बेच्ने गरेको उनी सुनाउँछन्। उनले अरु बिक्रेताहरु भन्दा खुद्रा बिक्रीमा पनि चलेको मुल्य भन्दा १०–१५ प्रतिशत कम मूल्यमा बिक्री गर्ने गरेको सुनाए।
कहाँ छ?
भक्तपुरको सुर्यविनायक चोकबाट आउँदा चुनदेवी आकाशे पुल भन्दा एक सय मिटर काठमाडौंतिर यसको कार्यालय रहेको छ। साथै भक्तपुरको तिनकुने सल्लाघारीबाट आउँदा यो दायाँ पर्छ।
बिहान ६ बजेदेखि साढे ९ बजेसम्म पसल सञ्चालनमा आउने गरेको उनले बताए। २१ आना जग्गामा भक्तपुरकै चाँंगुमा कोल्डस्टोर संचालन गर्दै आएकोे उनी सुनाउँछन्। साथै उनले होम डेलिभरीको पनि व्यवस्था भएको बताए।
होलसेलका लागि डेलिभरी गाडी २ वटा, मोटरसाइकल ५ वटा र डीपफ्रिज गाडी र अरु गाडी ४ वटा रहेको उपाध्ययले जानकारी गराए।
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७