भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्री पद्मा अर्यालका लागि गाडी खरिद अघि नबढाइएको बताएको छ।
मन्त्रालयका प्रवक्ता जनकराज जोशीले बिहीबार विज्ञप्ति जारी गरी आयोमेलमा समाचार आएअनुसार सवारी खरिद अगाडि नबढाइएको बताएका हुन्।
‘अर्थ मन्त्रालयबाट सहमति प्राप्त पनि कोभिड-१९ को कारण देशमा देखा परेको विषम परिस्थितिमा यस मन्त्रालयद्वारा सो समाचारमा उल्लेख भएबमोजिम गाडी खरिद गर्ने कुनै पनि कार्य अघि नबढाइएको व्यवहोरा जानकारी गराइन्छ।’
मन्त्री अर्यालका लागि डेढ करोडको गाडी किन्न मन्त्रालयले प्रक्रिया अघि बढाइरहेको र सो का लागि अर्थ मन्त्रालयले स्वीकृति दिएको समाचार आयोमेलमा छापिएको थियो।

र यो पनि,
रकमान्तर गरेरै भूमिसुधार मन्त्री पद्मा अर्याललाई डेढ करोडको गाडी
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७